सुध्रिंदै बालबालिकाको अवस्था
०७ मंसिर २०८०
•
७ मिनेट पाठ
सुध्रिंदै बालबालिकाको अवस्था
फाइल तस्वीर
बालबालिकाको पोषण, बालविवाह, बालबालिकाविरूद्धका विविध घटना लगायतका अवस्थामा सुधार देखिएको छ। राष्ट्रिय बालअधिकार परिषदले उपलब्ध गराएको तथ्याङ्क अनुसार ती क्षेत्रमा सुधार आएको हो।




संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको ३३ वर्ष पूरा भयो। २०४७ साल भदौ २९ गते (सेप्टेम्बर १४, १९९०) विनासर्त अनुमोदन गरी बालअधिकार सुनिश्चिताका लागि प्रतिबद्धता जनाएको थियो। सोही अनुरूप महासन्धिका ४२  धारा सबै कार्यान्वयनमा छन्।

नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरी बालबालिकाको सर्वोत्तम हितलाई राज्यको नीतिका रूपमा व्यवस्था गरेको छ। सो महासन्धिका प्रावधानअनुरूप नेपालले संविधान, कानुन, नीति, योजना, संस्थागत संयन्त्र र कार्यक्रममा सुधार गर्दै बालअधिकार सुनिश्चित गर्ने दिशातर्फ अग्रसर भइरहेको छ।

सरकारले बालबालिकाको बचावट, संरक्षण, विकास र सहभागिता जस्ता विषय सम्बोधन गर्दै आएको परिणामस्वरूप उक्त महासन्धिमा नेपालले अनुमोदन गरेको समयका तुलनामा आजको समयमा बालबालिका सम्बन्ध विभिन्न समष्टिगत सूचकमा उल्लेख्य सुधार आएको हो।
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र सम्वर्द्धनका लागि विशिष्टीकृत निकायका रूपमा राष्ट्रिय बालअधिकार परिषद् क्रियाशील छ।

परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले परिषद्लाई प्राप्त कार्यदेशबमोजिम बालबालिकासम्बन्धी कानुन, नीति र योजना निर्माणमा सहयोग तथा सहजीकरण एवं बालअधिकार संरक्षण र प्रवर्द्धनको सिलसिलामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

उनले बालबालिकाको सुधारको अवस्थालाई अझ सुदृढ तुल्याउन तीनै तहका सरकार, विकास साझेदार, गैरसरकारी क्षेत्र, नागरिक समाज लगायतका सबै सरोकारवालाको समन्वयात्मकता आवश्यक छ भने।

परिषदले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् १९९६ देखि २०२२ सम्मको तुलना गर्दा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरप्रति एक हजार जीवित जन्ममा एक सय १८ रहेकामा सोबाट घटेर ३३ मा झरेको छ भने नवजात शिशु मृत्युदर जीवित जन्ममा ५० बाट घटेर २१ र शिशु मृत्युदर ७८ बाट घटेर २८ पुगेको छ।

सन् २००१ देखि २०२२ सम्मको स्थिति हेर्दा ख्याउटेपन, कम तौल र पुड्कोपन भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशत क्रमशः ११, ४३ र ५७ प्रतिशत रहेकामा सन् २०२२ मा क्रमशः ८, १९ र २५ प्रतिशतमा झरेको छ।

स्वास्थ्य संस्थामा बच्चा जन्माउनेको प्रतिशत उल्लेख्य रूपमा बढेको छ। जुन सन् १९९६ मा आठ प्रतिशतबाट सन् २०२२ मा ७९ प्रतिशतसम्म बढेको छ र घरमा बच्चा जन्माउने ९१ प्रतिशतबाट १९ प्रतिशतमा घटेको छ।

नेपाल प्रहरी, प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपाल प्रहरीमा बालबालिकाविरूद्धका विविध घटनामा परेका उजुरीमध्ये बालबालिकाको बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा संख्या एक सय १९ रहेकामा आव २०७९/८० मा यस्ता मुद्दा सङ्ख्या ७५ छन्।
त्यस्तै आव २०७८/७९ मा जातीय छुवाछूत तथा घरेलु हिंसासम्बन्धी प्रहरीमा दर्ता भएका घटनामा कूल एक सय आठ जना बालबालिका पीडित भएकोमा आव २०७९/८० मा एक सय ४३ जना बालबालिका पीडित भएका मुद्दा दर्ता भएका छन्।

आव २०७८/७९ मा बालबालिकाविरूद्धको यौन हिंसा तथा दुव्र्यवहारबाट दुई हजार दुई सय १८ जना बालबालिका (बालक ३४ र बालिका दुई हजार एक सय ८४) पीडित भएको उजुरी दर्ता भएकामा आव २०७९/८० मा दुई हजार एक सय ४४ जना बालबालिका (बालक ३३ र बालिका दुई हजार एक सय ११) पीडित भएको उजुरी दर्ता भएको छ।

प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०७८/७९ मा बालविवाह विरूद्धका ५२ मुद्दा दर्ता भएकामा आव २०७९/८० मा यस्तो मुद्दा सङ्ख्या १८  दर्ता भएका छन्।

यसैगरी १८ स्थानमा सञ्चालनमा रहेका बाल हेल्पलाइन सेवा (१०९८) मार्फत आव २०७९/८० मा दुई सय ४० जना बालबालिका पीडित तथा प्रभावित भएका बालविवाहको घटना रोकथाम गरिएको छ।

विसं २०७९ असारसम्म आठ वटा बालसुधार गृहमा जम्मा १८ वर्षमुुनिका कानुनको विवादमा परेका बालबालिकाको सङ्ख्या सात सय ६४ जना (बालक सात सय ३३ र बालिका ३१) रहेकामा आव २०७९/८० को असार मसान्तसम्ममा यस्ता बालबालिकाको सङ्ख्या सात सय ४२ रहेको भए तापनि यी बालसुधारगृहमा १८ वर्षमाथिका समेत चार सय ४१ जना र उमेर नखुलेका चार जनासमेत गरी कूल एक हजार एक सय ८७ जना बालबालिका बालसुधारगृहमा आश्रित छन्।

त्यस्तै बालबालिका खोजतलास सेवा (१०४) ले आ.व २०७८/७९ मा दुई सय ९७ बेवारिस बालबालिकालाई उद्धार, संरक्षण र व्यवस्थापन गरेकोमा आ.व. २०७९/८० मा तीन सय ६२ जना बेवारिस बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको छ।परिषदबाट २०७३ साल वैशाख २७ गतेदेखि २०७९ असार मसान्तसम्म दुई हजार एक सय १४ जना सडक बालबालिकालाई उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको छ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार कूल ९८ लाख ६९ हजार पाँच सय ८३ बालबालिकामध्ये सबैभन्दा धेरै ७७ दशमलव नौ प्रतिशत बालबालिका आमाबाबु दुवैसँग बस्ने गरेका छन्।
परिषद्को अभिलेखअनुसार गत आव २०७८/७९ मा देशभर ४३ जिल्लामा सञ्चालित चार सय १७ बालगृहमा जम्मा १० हजार नौ सय पाँच (बालक पाँच हजार ८१ र बालिका पाँच हजार आठ सय २४) बालबालिका संरक्षित रहेका थिए भने आव २०७९/८० मा ५०  बालगृह बन्द भएका छन् भने नयाँ अभिलेखमा ५१  थप भई जम्मा ४५ जिल्लामा चार सय १८ वटा बालगृह सञ्चालन रहेको र सोमा ११ हजार दुई सय दुई (बालक पाँच हजार एक सय ४४ र बालिका छ हजार ५८) जना बालबालिका संरक्षणमा रहेका छन्।

बाल हेल्पलाइन सेवां (१०९८) मार्फत आव २०७८/७९ मा छ सय ८५ जना जोखिममा परेका बालबालिकाको उद्धार गरी आवश्यक सेवा प्रदान गरिएकामा आव २०७९/८० मा छ सय ५० जना (बालक तीन सय २३ र बालिका तीन सय २७) बालबालिकाको उद्धार गरी संरक्षण व्यवस्थापन गरिएको छ भने बाल हेल्पलाइन मार्फत उद्धार गरिएका, अन्य निकायबाट सिफारिस भई आएका र फोनकल लगायत अन्य माध्यमबाट सहयोगको आवश्यकता पहिचान भएका कूल नौ हजार चार सय १० बालबालिकालाई आव २०७९/८० मा सेवा प्रदान गरेको छ।

आव २०७९/८० मा परिषद्ले भारतस्थित नेपाली दूतावास, बालकल्याण समिति तथा विभिन्न सङ्घसंस्थासँगको समन्वय र सहयोगमा सीमानाका लगायत भारतको विभिन्न स्थानबाट ६४ जना बालबालिका (बालक ५१ र बालिका १३) उद्धार, स्वेदशफिर्ती तथा पारिवारिक पुनर्मिलन गरेको छ।

आव २०७९/८० मा सम्ममा एक उपमहानगरपालिका, १९ नगरपालिका र तीन  गाउँपालिका) गरी जम्मा २३  स्थानीय तह बालमैत्री घोषणा भएका छन्। आव २०७८/७९ को अन्त्यसम्म ७७ मध्ये ७० जिल्ला ‘पूर्ण खोपयुक्त’ घोषित भएका छन्।

सबै किसिमका खोप पाएका बालबालिकाको प्रतिशत आर्थिक वर्ष २०७७/२०७८ मा ७८ प्रतिशत रहेकोमा २०७८/७९ मा बढेर ९१ दशमलव दुई प्रतिशत पुगेको देखिन्छ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्कअनुसार १५-१९ वर्षका १४ प्रतिशत किशोरीले उमेर नपुगी गर्भधारण गरेको देखिन्छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रतिवेदन २०७९ अनुसार शैक्षिक सत्र २०७८ देखि २०७९ सम्मको एक वर्षको अन्तरमा सामुदायिक र संस्थागत प्रारम्भिक बालविकास केन्द्रको सङ्ख्या ३६ हजार चार सय ९८ बाट बढेर ४० हजार एक सय १८ पुगेको छ।
प्रतिवेदनअनुसार शैक्षिकसत्र २०७९ मा प्रारम्भिक बालविकास केन्द्रमा भर्ना भएका बालबालिकको भर्नादर ९४ दशमलव नौ प्रतिशत पुगेको छ भने यो प्रतिशत गत शैक्षिक सत्रमा ८९ दशमलव छ प्रतिशत रहेको थियो।

पाँच वर्षमुनिका कूल ३० लाख सात हजार छ सय ४८ जना बालबालिकामध्ये २२ लाख २६ हजार सात सय १५ जना (७४ प्रतिशत) बालबालिकाको जन्मदर्ता भएको देखिएको छ भने सोही उमेर समूहका सात लाख ८० हजार नौ सय ३३ जना बालबालिकाको जन्मदर्ता नभएको देखिएको छ। आव २०७९/८० मा विभिन्न किसिमका प्राकृतिक विपदबाट तीन हजार दुई सय ४४ जना बालबालिका पीडित तथा प्रभावित भएको देखिएको छ।

सो महासन्धिका ४२ धारा सबै कार्यान्वयनमा छन्। यसमा बालबालिकाको सर्वोत्तम हित, अधिकार कार्यान्वयन, जीवन, बचाउ र विकास, पहिचानको संरक्षण, बालबालिकाको विचार र भावनको कदर, अभिभावकको दायित्व, सामाजिक सुरक्षा, बालश्रम, बेचबिखन, ओसारपसार र अपहरण, बालमैत्री न्याय लगायतका प्रावधान रहेका छन्।

सबै अवस्थाका बालबालिकाको आधारभूत आवश्यकता तथा अधिकार परिपूर्तिका लागि संवैधानिक, कानुनी र नीतिगत व्यवस्था रहेका छन्। नेपालको संविधानको धारा ५१ मा राज्यको नीतिअन्तर्गत बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकताको रूपमा लिइएको छ। धारा ३९ मा बालबालिकाको हक सम्बन्धी व्यवस्था गरिएको छ। बालबालिकाको लागि विशिष्टीकृत ऐनको रूपमा बालबालिकासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा रहेको छ।

प्रयास र सुधार हुँदाहुँदै पनि सबै अवस्थाका बालबालिकाको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहज पहुँच पुर्‍याउनु, अपेक्षित रूपमा बालमैत्री वातावरणको विकास गर्नु, बालश्रम, सडक बालबालिका, बालविवाह, हिंसा, शोषण, यौनदुर्व्यवहार, बलात्कार, हत्या, अनधिकृत ओसारसपसार जस्ता सवाल अन्त्य गर्नु, असहाय, अनाथ तथा अपाङ्गता भएका बालबालिकाको संरक्षण तथा व्यवस्थापन सुनिश्चित गर्नु लगायतका चुनौती विद्यमान रहेका छन्।
यद्यपि, बालअधिकारको पूर्ण सुनिश्चितताका लागि नेपालले हासिल गरेका हालसम्मका उपलब्धी अझ पर्याप्त भइसकेका छैनन्। त्यसैले, बालअधिकारका क्षेत्रमा विगतमा भएका असल अभ्यासलाई निरन्तरता दिंदै बालसंरक्षण, विकास तथा अधिकार प्रवद्र्धनमा देखिएका समस्याको उचित सम्बोधनसहित आइपरेका नवीनतम् चुनौतीको सामना र उपलब्ध अवसरको सदुपयोग गर्दै सरकारी र गैरसरकारी क्षेत्रका सम्बद्ध सरोकारवाला अझ सशक्त रूपमा अगाडि बढ्न जरूरी छ। 
अर्को समाचार
मापदण्ड नपुगेका दुई बालगृह बन्द
१४ वैशाख २०८०
•
२ मिनेट पाठ
मापदण्ड नपुगेका दुई बालगृह बन्द
राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ।परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिए।




अघिल्लो आवमा ४७ बालगृह बन्द रहेकामा ४५ बालगृहले आफैँ बन्द गरेका र दुई बालगृह मापदण्डविपरीत बन्द गरिएको थियो, चालु आवका दुई बालगृह मापदण्ड पूरा गर्न नसकेर बन्द भएका  हुन्’, उनले भने । 

हाल नेपालका ४३ जिल्लामा चार सय १७ बालगृह सञ्चालनका छन्। त्यसमा १० हजार नौ सय पाँच बालबालिकाको संरक्षण र संवद्र्धन गरिँदै आएको छ। परिषद्ले बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्था बमोजिम सञ्चालनमा रहेका बालगृहलाई अनुमतिपत्र प्राप्त गर्न योग्यले निवेदन दिन सूचना प्रकाशन गरेको थियो।

सञ्चालनमा रहेका बालगृहलाई नयाँ कानुनको प्रावधानअनुसार परिषद्को अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ, परिषद्ले आवश्यकतानुसार स्थानीय तहको समन्वयमा बालगृहको मापदण्डअनुरुप सञ्चालनमा रहेका छन÷छैन भनी अनुगमन गर्ने गरेको छ’, उनले भने।

चालु आवदेखि चैत मसान्तसम्म १८ स्थानमा सञ्चालनमा रहेका बाल हेल्पलाइनबाट जोखिममा रहेका चार सय ४५ बालबालिकालाई उद्धार गरिएको परिषद्ले जनाएको छ। त्यसमा दुई सय २१ बालक र दुई सय २४ बालिका छन्।

जोखिममा रहेका बालबालिकालाई उद्धार गरी परिषद्ले संरक्षण व्यवस्थापनमा राहत मनोविमर्श, कानुनी परामर्श लगायतका छ हजार एक सय ४१ लाई सहयोग गरेको छ। त्यसमा दुई हजार पाँच सय ५१ बालक र तीन हजार आठ सय ९० बालिका छन्।

बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डमा बालगृहमा बालमैत्री भौतिक पूर्वाधार तथा संरचना हुनुपर्ने, बालगृहमा आवश्यक जनशक्तिको व्यवस्था हुनुपर्ने, बालगृह सञ्चालन गर्न आवश्यक हुने आर्थिक स्रोतको व्यवस्था हुनुपर्ने, बालगृहमा बालबालिकाको भर्ना प्रक्रिया, बालबालिकाको भोजन तथा पोषणसम्बन्धी व्यवस्था, बालबालिकाको स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्ने विषय, शिक्षा, तालिम र अतिरिक्त क्रियाकलापको व्यवस्था गर्नुपर्ने, बालगृहमा बाल क्लब गठन, सञ्चालन र बाल सहभागिताको प्रवद्र्धन गर्नुपर्ने लगायत अन्य मापदण्ड पूरा गर्नेपर्ने व्यवस्था छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस