नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा प्रदेश १ अध्यक्ष बलदेव चौधरीले देशका सबै जातजाति, भाषा भाषी, समुदाय र धर्मको सम्मान गर्नुपर्ने बताएका छन्।
उदयपुरमा देशमै पहिलो पटक हुन लागेको ‘हुकेहुका महोत्सव ०८०’ को बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा त्रियुगा नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका नेता चौधरीले नेपाल जातीय विविधतामा एकता र धार्मिक सहिष्णुताको उदाहरणीय मुलुक रहेको बताए।
नेपालकै पहिलो पटक सार्वजनिक रुपमा मनाउन लागिएको हुकेहुका यसअघि थारु समुदायले घरघरमा सीमित रहेको उनले बताए।
सबै जातजाति र समुदायको संस्कार, संस्कृति, परम्परा र भेषभुषालाई नेकपा (एस) ले साझा सम्पत्तिको रुपमा बुझ्ने गरेको भन्दै चौधरीले राज्यले पनि सबैलाई समान सम्मान गर्नुपर्नेमा जोड दिए।
चौधरीले थारु समुदायका धेरै संस्कार, संस्कृतिहरू लोपोन्मुख अवस्थामा पुगिसकेको अवस्थामा समाज र राज्यको नजर तान्ने गरी महोत्सव आयोजना गर्न लागेकोमा आयोजक समितिलाई धन्यवाद दिए।
अहिलेसम्म घरघरमा मनाइने हुकेहुकालाई सार्वजनिक रुपमा मनाउन लागेकोमा खुसी व्यक्त गर्दै उनले यसले थारु परम्परा र संस्कृतिको संरक्षण, उत्पादन र प्रवर्द्धन गर्न मद्दत पुग्ने अपेक्षा गरेको बताए।
पहिलो पटक यस वर्ष औपचारिक रुपमा मनाउने तयारी भएको हुकेहुका हरेक तिहारको औँसी (लक्ष्मीपूजा) को साँझ घरघरमा पूजा आराधना गरी विशेष मन्त्रोचारणसहित राँको बालेर फाल्ने परम्परा थारु समुदायमा रहिआएको छ।
हुकेहुका पहिलो पटक सार्वजनिक रुपमा मनाउन महोत्सव आयोजना गरिएको नेपाल थारु संघ (समाजवादी) उदयपुरका अध्यक्ष रामश्रेष्ठ चौधरीले बताए। हुकेहुका थारु समुदायको महत्त्वपूर्ण दिन भएको भन्दै पहिला झैँ घरघरमा सीमित नगरेर सार्वजनिक रुपमा महोत्सव आयोजना गरी मनाउन लागिएको अध्यक्ष चौधरीले बताए।
त्रियुगा नगरपालिका-१३ बहेडवास्थित थारु होमस्टेमा आयोजित पत्रकार सम्मेलनमा छिमेकी चौदण्डीगढी नगरपालिका-९ को ज्यामिरेस्थित खेलमैदानमा हुने महोत्सवमा हुकेहुका सम्बन्धी प्रतियोगिता हुनेछ।
त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका थारु युवायुवती सहभागी हुने महोत्सवमा हुकेहुका (राँको) झोसेर फाल्ने प्रतिस्पर्धा हुने र विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगीहरूले हुकेहुकाकबो बनौट, मन्त्र, राँको पोल्ने र फाल्ने तरिका तथा समापन विधिका साथै थारु भेषभुषा र पहिरनलाई सूचक बनाएर नतिजा निकालिने त्रियुगा १३ की पूर्व वडाध्यक्ष पशुपति चौधरीले बताइन्। विजेतालाई ५ हजार, उप-विजेतालाई ३ हजार र तेस्रोलाई २ हजार पुरस्कारसहित प्रमाणपत्र दिइनेछ।
थारु संस्कृतिका जानकार जयराम पञ्जियार चौधरीका अनुसार हुकेहुकामा अन्नपात र धनलक्ष्मी घरभित्र बोलाउने तथा भूत प्रेत, पिसाच र अलक्षिण घरबाहिर धपाउन यो बेला मन्त्रोच्चारण गर्ने चलन चलिआएको हो।
‘अन्धनलक्ष्मी घर आव, भूतप्रेत, दरिद्र सव बाहर जाव’ अर्थात् अन्न पात, धन दौलत र लक्ष्मी घरभित्र पस, भूतप्रेत र दुःख कष्ट घर बाहिर भगाउन यो मन्त्र जप्ने गरिएको छ। थारु समुदायले वर्षभरिका ५ खालका विकृतिहरू दरिद्र, क्रोध, लोभ, मोह र पाप त्याग्दै राम्रा र असल कामहरुको सुरुवात गरी आउँदो वर्ष सुखले बिताउन प्रार्थना गर्ने दिनको रुपमा पनि हुकेहुकालाई लिने गरेको पञ्जियारले बताए।
सनपाटको सन्ठीको मुठालाई बाबियो खरले बाँधेको राँको बालेर फाल्ने परम्परा हुकेहुका वर्षभरिका गलत क्रियाकलाप त्यागेर आगामी वर्ष शान्ति र प्रगतिका साथ बिताउने मनोकामना गर्ने गरिएको अर्का थारु बेत्ता बासुदेव चौधरीले बताए।
उनका अनुसार औँसीको साँझ वर्ष भरी भुलवश तथा जानाजान भएका गल्ती कमीकमजोरी, घरायसी झगडा, बमनश्य, इश्र्या, लडाई, क्रोध, लोभ र मोह त्याग्न मन्त्र जप्दै सन्ठीको राँको फाल्ने परम्परा रहेको चौधरीले बताए।

‘हुकेहुकासँग हामी थारु समुदायको अत्यन्त निकट भावनात्मक सम्बन्ध जोडिएको छ, औँसीको साँझ घरघरमा पूजा गरी सन्ठी (सनपाट) को राँको आगोमा झोसेर बारी, गल्छी र रछ्यानमा फाल्ने चलन नै हुकेहुका हो’ अध्यक्ष चौधरीले भने ‘अहिलेसम्म घरभित्र मात्र मनाइँदै आएकोमा अबदेखि सार्वजनिक ठाउँमा पनि मनाउन महोत्सव आयोजना गरिएको हो।’यसो गर्दा घरभित्र सीमित परम्परा समाज र राज्यको नजरसम्म पुग्ने हुनाले संरक्षण र विकास गर्न पनि सहज हुने अपेक्षा आयोजकको छ।