सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रीना साहको पद खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहको पद रिक्त गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको हो।
मुगु हत्यामा मामाका छोराको संलग्नता
मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा आफन्तको संलग्नता देखिएको छ।हत्या आरोपमा पक्राउ परेका ३१ वर्षीय गोपाल बोहोरा मृत्यक श्रीदेवीको आफ्नै मामाका छोरा हुन् भने ३१ वर्षीय गोरखराज शाही (ठकुरी)पनि नातेदार नै हुन्।
लेकसाइडमा तिहारको रमझम
दसैं लागेदेखि नै चहलपहल बढेको पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा तिहारको रमझम सुरु भएको छ। चाँडबाँड परेपनि पर्यटकीय क्षेत्र लेकसाइडमा सबैखाले पाहुनाको स्वागत र सत्कारमा चौबिसै घण्टा तयार रहेको व्यवसायीहरु बताउँछन्।
मकवानपुरमा देउसी भैलो राती ९ बजेसम्म मात्र
यस वर्षको तिहारमा मकवानपुरमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने जानकारी दिएको हो।
राति ९ बजे पश्चात अनिवार्य रुपमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम बन्द गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए।
भूकम्पबाट घाइते भएकाहरू डिस्चार्ज हुँदै
भूकम्पमा परि घाइते भई नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत ५ जना डिस्चार्ज भएका छन्। अहिले अस्पतालमा ४८ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पतालमा ल्याइएका ५७ घाइते मध्य ५ जना डिस्चार्ज भएको र ३ जनालाई थप उपचारका लागि बाहिर रेफर गरिएको छ। एकजनाको निधन भएको थियो।
हिरासतमा युवकको ‘हत्या’ गरिएको भन्दै छानबिन गर्न आफन्तको माग
कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।स्वास्थ्य अवस्थामा कुनै समस्या नरहेका खाइलाग्दो ज्यान भएका युवक कृष्णको प्रहरी हिरासतमा बिहिबार बिहान अचानक मृत्यु भएको थियो।
धार्मिक–पर्यटकीय सम्भावनाको अध्ययन गर्न १५ दिने पदयात्रा
धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका सुनसरी सहित उदयपुर र धनकुटालाई समेटेर धार्मिक र पर्यटकीय सम्भावनाको अध्ययन गर्नका निम्ति धार्मिक अगुवाले आज शुक्रबारदेखि १५ दिने पदयात्रा सुरु गरेका छन्। बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित कुम्भ स्थल चतराधामबाट पदयात्राको शुभारम्भ गरिएको हो।
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।
विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।
विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।
यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...