आइतबार मात्र ३ फरार अभियुक्तलाई समातेको उदयपुर प्रहरीले सोमबार थप ३ जना फरार फेला पारेर नियन्त्रणमा लिएको छ।
फरार अभियुक्तलाई खोजी गरी कारबाही गर्ने अभियान अन्तर्गत कुटपिट र जबरजस्ती करणी प्रयास आरोपमा अदालतबाट सजाय तोकिए पनि भाग्न सफल उनीहरुलाई घर वतनमै फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।
फरार अभियुक्तहरूको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटेको टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा कुटपिट मुद्दामा अदालतले दोषी करार गरेका जिल्लाको चौदण्डीगढी नगरपालिका १० हडियाकी ४८ वर्षीय पवित्राकुमारी विष्ट र सोही ठाउँकी १८ वर्षीय उमा विष्ट रहेका छन्।
अदालतको २०७५ भदौ ९ गतेको फैसला अनुसार उनीहरुलाई दोषी प्रमाणित गर्दै जनही ५ हजार रुपैयाँ जरिबाना तोके पनि फरार रहेका थिए।
त्यस्तै सोही दिन सोही टोलीले जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी प्रमाणित भई २ हजार जरिवानाको फैसला गरे पनि फरार रहेका चौदण्डीगढी १० खैराझोडाका ३९ वर्षीय परिवर्तित नाम आरकेसी भन्ने अभियुक्त पनि पक्राउ परेका छन्। उनलाई अदालतको ०७७ भदौ २३ गतेको फैसला अनुसार दोषी करार गरिएको प्रहरी भनाई छ।
पक्राउ सबैलाई फैसला कार्यान्वयनका लागि मंगलबार उदयपुर जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए।