जाजरकोट भूकम्प पीडितहरूलाई खोटाङको हलेसी तुवाचुङ नगर र उदयपुरको बेलका नगरपालिकाले सहयोग गरेका छन्।
हलेसी तुवाचुङले सोमबार ११ लाख ५१ हजार १ सय र बेलका नगरपालिकाले १ लाख ११ हजार राहत स्वरूप सहयोग गरेका हुन्।
तुवाचुङले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको तर्फबाट प्रति व्यक्ति २ दिनको सेवा सुविधाबापतको रकम सहयोग गरेको नगरप्रमुख बिमला राईले बताइन्।
बिपतमा परेका पीडितहरुको उद्धार र उपचारमा सहयोग गर्न आइतबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार नगर वासीको तर्फबाट सो रकम सहयोग गरेको उनले बत्ताइन्।
कार्यपालिका बैठकमार्फत जनप्रतिनिधि, कर्मचारी र शिक्षक गरी जम्मा ७ सय ४ जना बेतनधारी नगरवासीले पाउने नियमित तलब भत्ता र सेवा सुविधाको २ दिन बराबरको बेतन कटाएर सो परिमाणको सहयोग गर्ने निर्णय गरेको मेयर राईको भनाई छ।
सो परिमाणको रकम चेकमार्फत सोमबारै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको पनि उनले बत्ताइन्।
उदयपुरको बेलका नगरपालिकाले पनि सोमबारै सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएको मेयर अशोक कार्कीले बताए।
दैविक समस्या र अप्ठेरा कुनै पनि बेला जोकोहीलाई पर्ने भन्दै यस्तो दुःखका बेला एक नेपालीले अर्कोलाई सहयोग गर्ने संस्कार र परम्परा पछ्याउँदै सकेको सहयोग गर्न मेयर द्वय राई र कार्कीले सबैसँग आग्रह पनि गरेका छन्। भूकम्प पीडितलाई राहत उपलब्ध गराउने खोटाङका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ र उदयपुरका ८ मध्ये बेलका पहिला हुन्।
यता सदरमुकाम त्रियुगा नगरपालिकाले राहत सहयोग जुटाउने अभियान थालेको छ। नगरप्रमुख वसन्त बस्नेतले दुःखको यो घडीमा भूकम्प पीडितलाई सकेको सहयोग गर्न सम्पूर्ण नगरवासीसँग आव्हान गर्दै एक द्वार प्रणालीमार्फत सहयोग गर्न त्रियुगाको बिपत व्यवस्थापन शाखाको खातामा इच्छुक सहयोगीहरुले रकम जम्मा गर्न आग्रह गरेका छन्।
मेयर बस्नेतले केही दिन भित्रै सङ्कलित कोषमा नगरपालिकाले रकम थपेर औषधि, लत्ताकपडा र खाद्यान्न सामग्रीसहित घटनास्थल पुगेर राहत वितरण र उपचार सेवामा खट्ने बताए।
गत १७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ। भूकम्पमा परी १ सय ५३ को मृत्यु तथा ३ सय बढी घाइते भएका छन्। अन्य स्थानीयतहहरुले पनि पीडितहरूलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।