उदयपुर प्रहरीले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउन थालेको छ।
जिल्ला प्रहरी कार्यालयले सोमबार ‘सार्वजनिक जरुरी सूचना’ जारी गर्दै सार्वजनिक स्थलहरूमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन निषेध गरेको जानकारी दिएको हो।
प्रहरीले सुर्तिजनय पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को व्यवस्था तथा गत शनिबार त्रियुगा नगरपालिकामा सम्पन्न सर्वपक्षीय बैठक निर्णय अनुसार यो कदम चालेको जनाएको छ।
सो ऐनको पूर्णतः कार्यान्वयन गर्ने निर्णय सर्वपक्षीय बैठकले गरेको र सो निर्णयको उदयपुरमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता पनि प्रहरीले जनाएको छ।
त्यसका लागि प्रहरीले जिल्लाभरका सार्वजनिक स्थलहरूमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, खैनी, कच्चा सुर्ती, गुट्खा वा यस्ता प्रकृतिका कुनैपनि सुर्तीजन्य पदार्थ र धूम्रपान प्रयोगमा रोक लगाइएको जारी सूचनामा उल्लेख छ।
त्यस्ता पदार्थ मुखमा राख्ने, नस लिने, खाने तथा प्रयोग गर्ने कार्यमा पूर्णतः बन्देज लगाइएको प्रहरी सूचनामा उल्लेख छ। सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन ०६८ ले कुनै शिक्षण संस्था वा स्वास्थ्य संस्थादेखि १ सय मिटरको दूरीका घर वा पसलबाट सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरण गर्न नपाउने कानुनी व्यवस्था भएकाले सो को उल्लङ्घन गरेको खण्डमा कानुनी कारबाही गर्ने चेतावनीसमेत सूचनामा दिइएको छ।
सूचनामा उल्लेख भए अनुसार सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्था, पुस्तकालय, तालिम कक्ष, वायुसेवा निगम, सार्वजनिक सवारी साधन, बाल सुधार गृह, अनाथालय, बाल उद्यान तथा क्लब, शिशु स्याहार केन्द्र, वृद्धाश्रम र सार्वजनिक शौचालयमा सुर्तीजन्य पदार्थ निषेध गरिएको छ।
त्यस्तै उद्योग तथा कलकारखानाका कार्यस्थल, नाट्यशाला, चलचित्र घर तथा सांस्कृतिक केन्द्र, होटल, मोटल, बार, रेस्टुरेन्ट, रिसोर्ट, भोजनालय, चमेना गृह, लज, छात्र छात्रावास, अतिथि गृहमा पनि धूम्रपान र सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाइएको छ।
रंगशाला, कभर्डहल, व्यायामशाला, पौडीपोखरी तथा पुल हाउस, डिपार्टमेन्ट स्टोर, मिनी मार्केट, धर्मशाला तथा धार्मिकस्थल, सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर र यस्तै प्रकृतिका अन्य सार्वननिकस्थलहरुमा पनि सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने कानुनी प्रावधान अनुसार निषेध गरिएको प्रहरीले जनाएको छ।
सर्वसाधारणको स्वास्थ्य सुविधा र आर्थिक हितलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले यो कदम चालेको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ।