शुक्रबार राती गएको जाजरकोटको भूकम्पको अहिलेसम्म ३९७ परकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ बजेसम्म ३९७ परकम्प गएको हो।
आज दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको सबैभन्दा ठूलो परकम्प गएको छ। त्यसपछि ४ बजेर ४१ मिनेटमा ४।५ म्याग्निच्युडको अर्को परकम्प गएको छ।
भूकम्पबाट जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। त्यस्तै भूकम्पबाट जाजरकोटमा मात्रै १३१ जना घाइते भएका छन् भने रुकुमपश्चिममा मात्रै १८९ जना घाइते भएका छन्।