मदन भण्डारी लोक मार्गको उदयपुर खण्डमा सोमबार हायस गाडी दुर्घटना हुँदा चालकसहित डेढ दर्जन घाइते भएका छन्।
प्रदेश ०१–००४ क २०७६ नं. को हायस लोक मार्गको गाईघाट–कटारी खण्डमा पर्ने उदयपुरगढी गाउँपालिका-७ अँधेरीस्थित घुम्तीमा दुर्घटनामा पर्दा चालकसहित १८ यात्रु घाइते भएका हुन्।
काठमाडौँबाट झापातर्फ जाँदै गरेको गाडी दिउँसो १ः४० बजे बायाँ पिट्टको पछाडिको टायर खुस्केर अनियन्त्रित भई सडकबाट झण्डै ७ मिटर तल खस्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी चालक सिन्धुलीको सुनकोसी गाउँपालिका-५ का २३ वर्षीय सागर ठकुरी गम्भीर घाइते भएका छन्। टाउकोमा चोट लागेर बोल्न नसक्ने गरी गम्भीर घाइते भएका ठकुरीको उद्धार गरी जिल्ला अस्पताल उदयपुरमा उपचारार्थ पठाइएकोमा त्यहाँबाट बिराटनगर रिफर गरिएको छ।
अर्का गम्भीर घाइते पाँचथरको फिदिम नगरपालिका-६ का ७२ वर्षीय वृद्ध बलबिर बिक रहेका छन्। खुट्टा र अनुहारमा चोट लागेर बोल्न नसक्ने अवस्थामा वृद्ध विकलाई पनि अस्पताले विराटनगर रिफर गरेको छ। त्यस्तै झापा धुलाबारीकी २७ वर्षीय अन्जु पोख्रेलको बायाँ हात, खुट्टामा चोट लागेर बोल्न नसक्ने गरी गम्भीर घाइते भएकी छिन्।
अन्य घाइते हुनेहरुमा इलामको सूर्योदय नगरपालिका-९ की ४० वर्षीया रेणुका गौतम, उनकै १५ वर्षीय छोरा अनुपम आचार्य घाइते भएका छन्। गौतमको नाकमा र अनुपमको हात र अनुहारमा चोट लागेको छ।
झापाको शिवसतासी नगरपालिका-१ का ३० वर्षीय निर्देश भट्टराईको दाहिने हात र अनुहारमा चोट लागेको छ भने उनकै बहिनी १४ वर्षीया निकिता भट्टराईको हात र खुट्टामा चोट लागेको छ।
सुनसरीको बराह्रक्षेत्र नगरपालिका-५ का ३९ वर्षीय भिमकुमार खत्री दाहिने हात र छातीमा चोट लागेर घाइते भएका छन् भने झापाको मेची नगरपालिका-१० धुलावारीकी ३९ वर्षीया भारती कार्कीको दाहिने खुट्टामा चोट लागेको छ भने उनकै १२ वर्षीय छोरा संयमको अनुहार, दाहिने हात र खुट्टामा चोट लागेको छ।
अन्य घाइते हुनेहरुमा मोरङ पथरी शश्चिरे नगरपालिकाको वडा नखुलेका १४ वर्षीय निरज निरौलाको दाहिने खुट्टामा चोट लागेको छ भने ललितपुरको गोदावारी नगरपालिका-११ का ४७ वर्षीय बिजय तामाङ दुवै हात र दाहिने खुट्टामा चोट लागेर घाइते भएका छन्।
धनकुटा नगरपालिका-७ हुलाक टोलका ४७ वर्षीय रञ्जित श्रेष्ठ बायाँ खुट्टामा चोट लागेर घाइते भएका छन्। अन्य घाइतेहरूमा कन्चपुरको भिमदत्त नगरपालिका १० का ३४ वर्षीय मुकेश चन्द, धनकुटाको सागुरीगढी गाउँपालिका ६ का १८ वर्षीय रोशन राई छन्।
त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१७ का ३० वर्षीय बिनोद राई, झापाको कंकाई नगरपालिका-४ का ३४ वर्षीय प्रनिश श्रेष्ठ, भक्तपुरको सुर्यविनाय नगरपालिकाकी ८ वर्षीया आराध्या दाहाल पनि घाइते भएका छन्।
घाइतेहरूको जिल्ला प्रहरी निरीक्षक विद्यालालकुमार साहको कमाण्डमा अस्थायी प्रहरी चौकी संगमचोकबाट खटेका प्रहरी परिचालन गरी घाइतेको उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए।
दसैँ तिहार नजिकिएका बेला उपत्यकाबाट घर फर्कने यात्रु सवार सवारी साधनको संख्या ह्वात्त बढेसँगै दुर्घटना पनि बढ्ने गरेको प्रहरीको भनाई छ।
उसै पनि साँघुरो र घुम्ती बढी भएको मदन भण्डारी लोकमार्गमा सिलसिलेबार दुर्घटना हुने गरेकाले ट्राफिकले न्यूनिकरणका विभिन्न उपाय अपनाउँदै आएको छ। पछिल्लो समय ट्राफिकले दुर्घटना कम गर्न टाईमकार्ड र राडार गनको प्रयोग गर्न थालेकै बेला हायस दुर्घटनामा परी यति ठूलो संख्यामा यात्रु घाइते भएका हुन्।