प्रदेश स्थापनादेखि कर्णालीमा नआएको नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेतमा स्थापना हुन लागेको छ। गुर्भाकोट नगरपालिका –१४ गुमीमा पहिले माओवादी शिविर रहेको ठाउँमा स्थापना हुन लागेको हो।
विशेष सुरक्षा गण भएपनि कर्णालीमा कहाँ राख्ने निर्णय र बजेट नहुँदा अहिलेसम्म नेपालगंजमै रहेको थियो। प्रदेश स्थापना भएयता नेपालगंजबाटै गणले कर्णाली प्रदेश हेर्दै आएकोमा अब कर्णाली प्रदेशमा कार्यालय आउने भएको हो।
गण स्थापनाका लागि मर्मत सम्भार गरेर ३५ जना प्रहरी हाल बसेका छन्। गणमा ५ सय जना प्रहरीको दरबन्दी रहेको छ। कर्णाली प्रदेश सरकारले तत्काल मर्मत सम्भारका गरी बस्नका लागि १ करोड ९४ लाख रकम दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपाल चन्द्र भट्टराईले बताए।
‘गण स्थापनाका लागि हाल गुमीमा प्रहरी तैनाथ छन्।’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भटराईले भने, सरकारले दिएको रकमले तत्काल मर्मत सम्भारपछि पूर्ण रुपमा प्रहरी बस्नेछन्।’
गण स्थापनाका लागि ४ विगाह क्षेत्रफल रहेको छ। गणमा एसपी रामप्रसाद घर्तीले नेतृत्व सम्हालेका छन्। यहाँ गणमा कार्यरत प्रहरीले शान्ति सुरक्षाका लागि प्रदेशभर थप सुरक्षाका लागि तत्काल पुग्न सहज हुनेछ। जसका लागि गण सुर्खेतको गुमीमा भएपनि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले छिटो प्रहरी परिचालन होस् भनेर गणबाट प्रहरी रुकुम (पश्चिम) को चौरजहारी ७५ जना र दैलेखको राकमकर्णालीमा ५० जना तैनाथ गरिने कार्य योजना रहेको छ।
जसमा हाल चौरजहारीमा प्रहरी पुगिसकेका छन् भने दैलेखमा पठाउने तयारी भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दैलेख र रुकुम (पश्चिम) पठाएर बाँकी रहेका प्रहरीहरु गणमै तयारी अवस्थामा रहनेछन्। डिआइजी ढकालको अग्रसरतामा गण, तालिम केन्द्र लगायतका प्रहरी संरचनाहरू सुर्खेतमा ल्याउने अन्तिम चरण भएको हो।
यसैबिच कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का बिहीबार गुर्भाकोट नगरपालिका– १४ गुमीमा पुगेर नेपाल प्रहरी विशेष सुरक्षा गण स्थापना हुन लागेको ठाउँ अनुगमन गरेका छन्।
कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुसँगै प्रदेश सरकारका मन्त्रीहरु सहभागी थिए। गण सर्ने प्रक्रियामा रहेको त्यसको थालनी सुरु भइसकेको कावा प्रधानमन्त्री खड्काले बताए। मर्मत सम्भार लगत्तै गणको पूरै कार्यालय सर्ने खडकाको भनाई छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...