बालिका बलात्कार गरेको अभियोगमा एक पक्राउ
०७ असोज २०८०
•
३ मिनेट पाठ
बालिका बलात्कार गरेको अभियोगमा एक पक्राउ
१३ वर्षीया बालिकालाई अपहरण गरी कांक्रेविहारको जंगलमा लगेर बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरेन्द्रनगरको एक निजी स्कुलमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले पक्राउ गरेको हो।




जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीका अनुसार भदौ ३० गते विहान स्कुल जान लागेकी बालिकालाई कँडेलले अपहरण गरेर टेम्पोमा राखेर कांक्रेविहारको जंगलमा लगी बलात्कार गरेका थिए। कँडेलले बालिकालाई अघिल्लै दिनदेखि पीछा गरिरहेका थिए।

२९ गते स्कूलको गेटमा साथीहरुसँगै रहेकी बालिकालाई पीडक युवकले बोलाएर मोवाइलको रिचार्ज कार्ड ल्याइदिन भनेका थिए। ‘बालिकाले आफूले तपाईँलाई नचिन्ने भन्दै पन्छिएपछि मोटरसाइकलमा रहेका युवकले आफू नेपाली सेनामा कार्यरत रहेको बताएका रहेछन्,’ डीएसपी शाहीले भने, ‘आर्मी भनेपछि विश्वास मानेर बालिका रिचार्ज कार्ड किन्न नजिकैको पसलमा गइछन्।’

नजिकको पसलमा रिचार्ज नपाएपछि पैसा फिर्ता गर्न कँडेलको नजिक आएकी बालिकालाई आफ्नो मोवाइल हराएको भन्दै मोवाइल मागेका थिए। ‘बालिकाको मोवाइलबाट आफ्नोमा फोन गरिसकेपछि उनी त्यहाँबाट हिँडेको देखिन्छ,’ डिएसपी शाहीले भने, ‘बेलुका फेरि एक पटक बालिकालाई फोन गरेको देखिन्छ।’ २९ गते विद्यालयमा सांगीतिक कार्यक्रम भएकाले बालिकाले मोवाइल बोकेर स्कुल गएको बताएकी छन्।

भोलिपल्ट विहान ३० गते स्कुल पोशाक लगाएर स्कुल जाने तयारीमा रहेकी बालिका वीरेन्द्रनगर–१ स्थित टेम्पोपार्कको एक पुस्तक पसलमा पेन्सिल किन्दै थिइन्। पीडक पनि त्यहीँ देखिए। उनलाई देखेर तर्किन लागेकी बालिकालाई पीडकले हात समातेर जवजस्ती टेम्पोभित्र राख्यो। ‘त्यहाँबाट सिटी बसपार्क नजिकैको होटलमा पु¥याएर स्कुल पोशाक खोलेर नयाँ कपडा लगाउन पीडक कँडेलले दवाव दिएको पाइयो,’ डिएसपी शाहीले भने, ‘बालिका होटलको काउन्टरबाटै भागेर केही पर गइसकेको अवस्थामा फेरि हात समाएर अर्को अटो रिक्सामार्फत कांक्रेविहार पु¥याएको देखिन्छ।’

कांक्रेविहार जंगलमा पु¥याएपछि बालिकालाई कुटपिट गर्दै बलात्कार भएको प्रहरीको भनाई छ। ‘मार्ने धम्की दिएर बलात्कार गरेको देखिन्छ,’ उनले भने, ‘हामी कहाँ बालिका आउँदा शरिरका धेरै ठाउँमा चोटपटक लागेको थियो।’ बालिकाको खुट्टा मर्किएको थियो।

प्रहरीका अनुसार सोही दिन दिउँसो आमासहित बालिका प्रहरी कार्यालय पुगेकी थिइन्। त्यो दिन बालिकाले आफूमाथि दुव्र्यवहार मात्रै भएको बताएकी थिइन्। प्रहरीले सामान्य जाहेरी लिएर उनले दिएको हुलियाका आधारमा पीडक खोज्न थाल्यो। गत विहीबार मात्रै पीडित बालिकाले आफूलाई जवजस्ती अटो रिक्सामा राखेर कांक्रेविहारको जंगलमा पु¥याइ बलात्कार भएको बताएकी थिइन्। त्यसपछि प्रहरीले पीडकको खोजीका लागि प्रविधिको प्रयोग गर्दै सादा पोशाकमा प्रहरी खटायो।

अन्ततः उनी शुक्रबार बेलुका पक्राउ परे। उनी पक्राउ परेलगत्तै एक वर्षअघिको अर्को बलात्कार घटनाको फाइल पनि खुल्यो। प्रहरीका अनुसार २०७९ कात्तिक ०९ गते पूर्वी सुर्खेतकी एक युवतीलाई विवाहको प्रलोभनमा पारी वीरेन्द्रनगर ल्याएर एक होटलमा बलात्कार गरेर फरार भएका थिए। युवतीले भोलिपल्टै आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएपनि उनी पक्राउ परेका थिएनन्।

‘यो पटक पक्राउ परेलगत्तै उनीसँग सम्वन्धीत पुराना केही घटना छन् कि भनेर फाइल खोल्यौं,’ डिएसपी शाहीले भने, ‘एक वर्षअघिको बलात्कार घटनाको फाइल फेला प¥यो।’ उनीविरुद्ध ६४ वीरेन्द्रनगर (क२७) ले दिएको जाहेरीमा विवाह गर्छु भनेर घरबाट भगाएर ल्याई वीरेन्द्रनगर–१० स्थित बसपार्कका् जेटु होलमा जवजस्ती करणी गरी फरार भएको उल्लेख छ।

डिएसपी शाहीले सुर्खेतमा मात्रै नभएर दैलेखमा पनि पीडक कँडेलले यस्तै प्रकृतिका घटनाहरु घटाएको बताए। ‘दैलेख प्रहरीसँग समन्वय गरिरहेका छौं,’ उनले भने, ‘सुर्खेतमा भने अपहरण, शरिर बन्धक र जक (जवजस्ती करण) मा मुद्धा अघि बढाएका छौं।’
अर्को समाचार
छ वर्षीया बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ
१८ पौष २०७७
•
१ मिनेट पाठ
छ वर्षीया बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ
उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन्।




इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन्। बालिका बलात्कार गरेको जाहेरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए।

पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस