उदयपुरमा एक बालिकामाथि बलात्कारी अभियुक्त १८ वर्ष कैद सयाजको भागीदार भएका छन्। बलात्कार अभियोगमा पक्राउ परी पुर्पक्षका लागि थुनामा राखिएका जिल्लाको उदयपुरगढी गाउँपालिका ५ का २४ वर्षीय छविलाल श्रेष्ठ १८ वर्ष कैदसहित जरिवाना सजायको भागीदार भएका हुन्।
जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सुबेदीको एकल इजालसले श्रेष्ठलाई उक्त सजायको फैसला सुनाएको स्रेस्ततेदार धनबहादुर कार्कीले बताए। कार्कीका अनुसार १२ वर्षीया बालिकामाथि जबर्जस्ती गरेको ठहर गर्दै अदालतले श्रेष्ठलाई कैदसहित ७५ हजार जरिवाना भराउन फैसला तोकेको छ। त्यस्तै पीडित राहतकोषमा २ हजार २ सय जम्मा गर्नसमेत अदालतले आदेश दिएको छ।
स्रेस्तेदार कार्कीका अनुसार बालिकामाथि जबर्जस्ती भएको भन्दै ०७७ असार २४ गते अभिभावकले प्रहरीमा उजुरी गरेका थिए। उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई सोही दिन पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
गत साउन १८ गते थप अनुसन्धान गर्नुपर्ने भन्दै अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।