तनहुँ, जेठ २ (नागरिक)- तनहुँको डुम्रेबाट गोरखाको ठाटीपोखरीतर्फ जाँदै गरेको ग १ च २९९२ नम्बरको जीप आइतबार दिउसो करिब २ बजे तनहुँको भानु गाविसमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन। गम्भीर घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ। ब्रेक फेल भई जीप सडकदेखि करिब २० मिटर तल खसेको र घटनास्थलमा घाइतेको उद्दार भइरहेको प्रहरीले जनाएको छ।