सुन व्यवसायी नै तस्करीमा
२५ भदौ २०७४
•
९ मिनेट पाठ
सुन व्यवसायी नै तस्करीमा
काठमाडौं- सुनको वैध कारोबार गर्न सरकारसँग अनुमति लिएर गहना व्यवसायमा संलग्न व्यवसायी नै सुन तस्करीमा संलग्न देखिएका छन् । वैध सुनको बजार मूल्यभन्दा सस्तो पाउँदा बजारमा तस्करीको सुन फैलाउनमात्रै हैन केही सुन व्यवसायी प्रत्यक्ष रूपमा आफैं तस्करीमा संलग्न रहेको अभियोगमा अदालतमा अझै मुद्दा खेपिरहेका छन् ।

२०६६ बाटै सुन तस्करीको अभियोगमा सुन कारोबारी पक्राउ पर्न थालेका हुन् । पक्राउ परेका भरियाको सूचनाका आधारमा प्रहरीले व्यवसायीलाई पक्राउ गर्ने गरेको थियो । २०७२ पुस १४ मा सुन व्यवसायी आफैं तस्करीको सुनसहित पक्राउ परेका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाले २०७१ माघ २६ मा काठमाडौंका विभिन्न सुन पसलमा छापा मारेर तस्करीको सुन कारोबारमा सुन व्यवसायीको संलग्नता स्पस्ट पारेको थियो । महाशाखाले काठमाडौंको न्युरोडस्थित बालाजी एन्ड सन्स , युनाइटेड गोल्ड मार्ट, बौद्धको मामन स्टोर्स र संगम ज्वेलर्समा छापा मारेको थियो ।

छापा मार्दा  ५ किलो सुन र ४ करोड ७४ लाख नगद फेला परेको थियो । सुनको वैधानिक स्रोत खुलाउन नसकेपछि तस्करीको सुन कारोबार गरेको अभियोगमा बालाजी एन्ड सन्स सुनचाँदी पसलका बालु जगन्नाथ धाङगे, बौद्धमा रहेको मामन स्टोर्स सञ्चालक नरेश अग्रवाल पक्राउ परेका थिए ।

प्रहरीले भारत महाराष्ट्रका धाङगेको पसलबाट २ किलो सुन र ३ करोड २२ लाख रुपैयाँ फेला पारेको थियो । अग्रवाल भारत दार्जिलिङका हुन् । उनको पसलबाट २८ लाख फेला पारेको थियो । प्रहरीले सोही दिन द युनाइटेड गोल्ड मार्टका सञ्चालक आकाशकुमार बज्राचार्य, संगम ज्वेलर्सका सञ्चालक रमेश खडकालाई पक्राउ गरेको थियो ।

महाशाखाले पहिलोपटक सुन तस्करीमा पक्राउ परेकालाई राजश्व छलीको साटो संगठित अपराध ऐन लगाएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । सुन राजश्व कार्यालयमा बुझाएर कारोबारीलाई संगठित अपराधमा अनुसन्धान गर्ने प्रहरीको प्रयासमा जिल्ला न्यायधिवक्ता कार्यालयका अधिकारी बाधक बने । उनीहरुमाथि संगठित अपराधको अभियोग लागेन ।

संसदीय समितिले यस विषयमा अनुसन्धान गर्ने दाबी गरेको थियो । तर, घटना त्यसै सेलायो । व्यापारीले सामान्य धरौटीमा उन्मुक्ति पाए । महाशाखाले २०७२ मा न्युरोडमा रहेको भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालक विवेक र विक्रम  मित्तललाई साढे ९ किलो सुनसहित पक्राउ गरेको थियो । यी दुवै भारतीय नागरिक हुन् ।

साढे ३३ किलो सुन तस्करीमा पुनः सुन व्यवसायी प्रत्यक्ष संलग्न देखिए । २०७१ मंसिर १४ मा सुन तस्करीमा संलग्न देखिएका आरके ज्वेलर्स साढे ३३ किलो सुनको तस्करीमा समेत जोडियो । २०७१ मा महाशाखाले दुई किलो सुनसहित सन्नी श्रेष्ठलाई पक्राउ गरेको थियो । उनी पसलबाहिर पक्राउ परेकाले यसमा व्यवसायी तानिएनन् । श्रेष्ठमात्रै कारबाहीमा परेका थिए ।

०७३ पुस २१ त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको ३३ किलो सुनको अनुसन्धानमा आरके ज्वेलर्सका राजन्द्रकुमार शाक्यको संलग्नता खुलेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आरकेसँगै साईंराम ज्वेलर्सको विभूति अमोल बालचन्द्र,  शालीमार ज्वेलर्सको रामकृष्ण र कुसुम गोयल र भैवल लक्ष्मी ज्वेलरीका प्रमोद श्रेष्ठसमेत सुन तस्करीमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

कारोबारीको आवरणमा तस्करीको सुनलाई वैधता दिन व्यवसायी प्रत्यक्ष रूपमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारेर अवैध सुन बरामद गर्दै आएको छ । वैध व्यापारलाई प्रोत्साहन गर्ने भन्दै खुलेका व्यवसायीका छाता संगठनका अधिकारी तस्करी र तस्करीको सुनको कारोबारीलाई निरुत्साहित गर्नुको साटो पटकपटक आन्दोलनमा उत्रेर उल्टो संरक्षण गर्दै आएको छ ।

सुन व्यवसायीहरू नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी तथा रत्न–आभूषण महासंघमा आबद्ध छन् । हस्तकला महासंघले समेत सरकारसँग वैध सुन किन्न पाउँछ ।

सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार नेपालभर करिब २० हजार व्यवसायी सक्रिय छन् । त्यसमा ७ हजार महासंघमा आबद्ध छन् । केही व्यवसायी रत्न आभूषण महासंघमा आबद्ध छन् ।

यी तीन संस्थामध्ये सुनचाँदी व्यवसायी महासंघका अधिकारी संरक्षणमा अग्रपंक्तिमा देखिन्छन् । सुन तस्करीको अभियोगमा व्यवसायी पक्राउ परे पनि उनीहरू आबद्ध संस्थाले उनीहरूमाथि कुनै कारबाही गर्दैन ।

महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य सुन तस्करीमा पक्राउ परेका व्यवसायीमाथि महासंघले अहिलेसम्म कुनै कारबाही नगरेको स्वीकार गर्छन् ।

‘यो विषयमा हामीले विचार नै गरेका रहेनछौं,’ उनले नागरिकसँग भने,‘ सरकारले कानुनअनुसार कारबाही गर्ने भएकाले हाम्रो ध्यान गएन । अब यो पाटोमा केही काम गर्छौं ।’

उनले केही व्यवसायी तस्करीमा पक्राउ परे पनि सुन तस्करीमा संलग्न अधिकांश अन्य व्यवसायमा संलग्न रहेको दाबी गर्छन् । बजारमा तस्करीको सुन आउँदा वैध कारोबार गर्नेहरू मारमा परेको र बजारमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको उनले बताए ।

नेपाल प्रहरीका पूर्वएआइजी हेमन्त मल्ल तस्करीको सुन बजारमा फैलाउन सुन व्यवसायी कुनै न कुनै रूपमा संलग्न रहेको देखिएको बताउँछन् ।

‘मागअनुसारको वैध आयात नहुँदा व्यवसायीले तस्करीको सुन स्वीकार गरेको देखिन्छ,’ उनले भने, ‘वैध सुनको तुलनामा नाफा पनि बढी हुने भएकाले उनीहरूले तस्करीको सुन स्वीकार गर्ने गरेको हुनसक्छ ।’

पूर्वडिआइजी मल्ल चीनसँगको व्यापारमा बैंकिङ च्यालनमा कडाइ नगर्दा सुनलगायतका सामग्रीको तस्करी बढेको बताउँछन् ।

चीनसँगको कारोबारमा हुने भुक्तानी पारदर्शी नहुँदा अवैध कारोबारको भुक्तानीका लागि डलर तस्करीसँगै हुन्डीको प्रयोग बढेको बताउँदै उनले भुक्तानीका माध्यम लुज बनाएसम्म समस्या समाधान नहुने बताए ।

‘नेपालमा चिनियाँहरू डलरसहित पक्राउ पर्नु, तस्करीको सुन बरामद हुँदा पनि भुक्तानीमा समस्या नहुनुको कारण यही हो,’ सुनको होस् या पछिल्लो समय दरबारमार्गका पसलमा देखिएका समस्याको कारण यही हो ।’
अर्को समाचार
४ करोड रुपैयाँ, ५ किलो सुनसहित भारतीय र नेपाली व्यवसायी पक्राउ
२५ माघ २०७१
•
७ मिनेट पाठ
४ करोड रुपैयाँ, ५ किलो सुनसहित भारतीय र नेपाली व्यवसायी पक्राउ
काठमाडौं- सुन-तस्करीमा भरिया मात्र पक्राउ गरेको आरोप खेपिरहेको प्रहरीले आइतबार ठूलो सफलता पाएको छ। राजधानीमा सुराकीका आधारमा शुक्रबारदेखि तीन दिन गरिएको अप्रेसनमा प्रहरीले तस्करीमा संलग्न दुई भारतीय र दुई नेपाली व्यवसायीलाई अवैध सुन र पैसासहित रंगेहात पक्राउ गरेको हो।
हवाई र स्थलमार्गबाट सुन तस्करी गरी भारत र नेपाली बजारमा पठाउन सक्रिय आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ५ किलो सुन, २ सय ३५ किलो चाँदी, ४ करोड ७४ लाख नेपाली रुपैयाँसहित ४ जना कारोबारी र एक सहयोगीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका बालु जगन्नाथ धाङ्गे, दार्जिलिङका नरेश अग्रवाल, कास्कीका आकाशकुमार बज्राचार्य र भक्तपुरका रमेश खड्का छन्। धाङ्गे न्युरोड, टेबहालस्थित बालाजी एन्ड सन्स, अग्रवाल बौद्धस्थित मामन स्टोर्स, बज्राचार्य न्युरोडकै द युनाइटेड गोल्डमार्ट र खड्का बांगेमुढा, नगलस्थित संगम ज्वेलर्सका मालिक हुन्। पक्राउ परेका सहयोगी मोरङका शिवराज श्रेष्ठ तस्कर समूहका बिचौलिया रहेको प्रहरी दाबी छ।

नेपाली बजारमा दैनिक ४० किलो सुन माग भए पनि सरकारले वैध बाटोबाट दैनिक ल्याउने १५ किलो सुनसमेत बिक्न नसकेर थन्कँदै आएको छ। बाँकी माग तस्करीको सुनले धान्दै आएको थाहा हुँदाहुँदै सरकारी संयन्त्र यसलाई नियन्त्रणमा लिन असफल थियो। प्रहरीले स्थल र हवाई मार्गबाट भित्रिएको सुनसहित भरिया पक्राउ गर्दै आए पनि दोस्रो र पहिलो तहका कारोबारी उम्कँदै आएका थिए।

महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार तस्करी गरी बजारमा भित्रिएको सुनको कारोबारी खोजीका लागि दुई महिनाबाट विशेष अनुसन्धान सुरु गरिएको थियो। सोही क्रममा सुनचाँदी व्यवसायीकै संलग्नतामा तस्करी भइरहेको सूचना आएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो।

प्रहरीले चारवटा समूह बनाएर शंकास्पद ज्वेलरी पसलमा निगरानी गरेको थियो। बालाजी एन्ड सन्स, द युनाइटेड गोल्ड, मामन स्टोर्स र संगम ज्वेलर्स सञ्चालकका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले शुक्रबार तीन दिन लगातार छापा मारेको थियो। 'निगरानी क्रममा आएको सूचना भरपर्दो देखिएपछि छापा मार्दा सुनचाँदी र नगद फेला पर्योग,' एसएसपी कार्कीले नागरिकसँग भने, 'फेला परेका सुनचाँदी र पैसाको स्रोत खोज्दा नखुलेपछि नियन्त्रणमा लिएर कारबाही अघि बढाएका हौं।'

महाशाखा टोलीले न्युरोडको बालाजी एन्ड सन्समा छापा मार्दा २ किलो सुन, १५ किलो चाँदी, ३ करोड २२ लाख रुपैयाँ र ४० हजार भारतीय रुपैयाँ फेला परेको थियो।

न्युरोडको युनाइटेड गोल्डमार्टबाट प्रहरीले ३ किलो सुन, ५ किलो चाँदी र ३० लाख नेपाली रुपैयाँ बरामद गरेको छ। बौद्धको मामन स्टोर्सबाछ २८ लाख रुपैयाँ, १ लाख ५९ हजार भारतीय रुपैयाँ र ४ हजार ६ सय चिनियाँ रुपैयाँ युआन फेला परेको छ। संगम ज्वेलर्सबाट ८१ लाख ५५ हजार रुपैयाँ, ३४ किलो चाँदी र विभिन्न वित्तीय संस्थाको चेकबुक नियन्त्रणमा लिएको प्रहरीले जानकारी दियो। तस्करी समन्वय गर्दै आएका श्रेष्ठका साथबाट पनि प्रहरीले १२ लाख ३० हजार रुपैयाँ फेला पारेको छ।

अनुसन्धान अधिकारीका अनुसार पक्राउ परेकाहरुले सहयोगीमार्फत हवाई र स्थलमार्गबाट अवैध सुन काठमाडौं भिœयाएर केही नेपाली बजारमा पठाउने र केही भारतसम्म पुर्यावउने गरेको खुलाएका छन्।

एसएसपी कार्कीले अग्रवाल र खड्का सुन भारत पठाउन सक्रिय देखिएको बताए। अन्य तीन जना तस्करीको सुन नेपाली बजारमा पठाउन सक्रिय रहेको उनले जानकारी दिए।

पक्राउ परेकाहरु लामो समयदेखि सुन तस्करीमा संलग्न देखिएपछि महाशाखाले उनीहरुको सम्पत्ति स्रोत अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागमा विवरण पठाइएको उनले जनाए।

बरामद सुनचाँदी र विदेशी मुद्रा थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइए पनि उनीहरुको जालोमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान जारी रहेको महाशाखाका प्रमुख कार्कीले बताए।

राष्ट्र बैंकले २०६८ मा सुन आयात तथा बिक्री कार्यविधि ल्याएर दैनिक १५ किलो सुन किन्न पाइने नीति बनाएपछि सुन तस्करी बढेको हो। नेपालमा चीन, हङकङ, दुबई र मलेसियाबाट स्थल तथा हवाई मार्ग हुँदै सुन तस्करी हुँदै आएको छ। भन्सार छलीको सुन बजारसम्म पुर्यातउँदा किलोमा ४ लाखसम्म फाइदा निस्कने भएपछि संगठित गिरोह नै सक्रिय भयो।

प्रहरी प्रधान कार्यालयका अनुसार २०६८ यता देशभरि ३ सय २६ किलो अवैध सुन फेला परेकामा उपत्यकामै २ सय ८ किलो बरामद भएको छ। २०६९/७० मा ६९ किलो फेला परेकोमा ०७०/७१ मा १ सय ४१ किलो बरामद भयो। मंसिर र पुस माघमा मात्र प्रहरीले उपत्यकामा ७१ किलो अबैध सुन सहित सहयोगी पक्राउ गरेको थियो। माघसम्म १ सय २६ किलो अबैध सुन फेला परिसकेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस