अबिरल वर्षाले मदन भण्डारी र सिद्धिचरण लोकमार्ग अवरुद्ध
०९ भदौ २०८०
•
४ मिनेट पाठ
अबिरल वर्षाले मदन भण्डारी र सिद्धिचरण लोकमार्ग अवरुद्ध
मदन भण्डारी लोकमार्गको मौवासीमा खसेको पहिरो पन्छाइदै । तस्विरः महेश्वर
३ दिनयताको अविरल वर्षाका कारण मदन भण्डारी र सिद्धिचरण लोकमार्गलगायत जिल्लाका लामा छोटा अधिकतर सडकहरु अवरुद्ध भएका छन्। बिहीबार रातिदेखि लगातार भईरहेको वर्षाले ठाउँठाउँमा पहिरो जानुका साथै बाढी आउनाले शुक्रबारदेखि सडक अवरुद्ध हुन पुगेका हुन्।  




जिल्लाको उदयपुरगढी गाउँपालिका ६ मौवासी खोलास्थित पहिरो जाँदा मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको यातायात अवरुद्ध हुन पुगेको छ। मौवासीमा भर्खरै निर्माण सम्पन्न भएको पक्की पुलको पहुँच (एप्रोच) मार्ग सडक फराकिलो पार्दा ताछेको भित्तामा निरन्तर पहिरो जाने गर्दा सडक अवरुद्ध हुन पुगेको यातायात व्यवसायीहरु बताउँछन्। पुलको पश्चिमतर्पmको सडक साँघुरो भएकाले सडक स्तरोन्नति गर्न केही मिटर भित्ता ताछ्नु परेको हो। तर, ताछेकै ठाउँमा सामान्य वर्षा भयो कि पहिरो जाने गर्दा केही समययता निरन्तर सडक अवरुद्ध हुँदै आएको छ।  

सो ठाउँमा २ साताअघि पनि यसरी नै पहिरो गएर २४ घण्टा सडक अवरुद्ध हुन पुगेको थियो। ३ दिनयता वर्षा निरन्तर भईरहेपछि त्यहाँ फेरि पहिरो गएर सडक अवरुद्ध हुन पुगेको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्र गाईघाटले जनाएको छ। केन्द्रका अनुसार लगभग ५० मिटर पहिरो जाँदा १ सय मिटर सडक पुरिएर बाटो अवरुद्ध हुन पुगेको छ। शुक्रबार विहानै पहिरो गएर सडक पुरेका काराण् सो लोकमार्ग भएर चल्ने सयौँ ठूला साना सवारी साधन रोकिन पुगेका छन्।  

पछिल्लो समय यो लोकमार्ग भएर झापा, बिराटनगर, इटहरी, धरान भएर पूर्वी भेगबाट राजधानी जाने र आउने बाक्लो संख्यामा सवारी साधन आउजाउ गर्ने गरेका छन् । धरानदेखि सिन्धुलीको भिमानसम्म अत्याधुनिक अस्फाल्ट प्रविधिको डबल लेन पक्की र छोटो दूरीको सडक भएका कारण यो लोकमार्ग भएर आउजाउ गर्ने सवारी साधनको संख्या ह्वात्तै बढेको छ। पुष्पलाल मध्ये पहाडी लोकमार्ग सबैतिर नपुगेका कारण ताप्लेजुङ, पाँचथर, इलामबासी झापा झरेर, संखुवासभा, तेरथुम, धनकुटा र भोजपुरबासी तथा खोटाङको पूर्वी खण्डबासी पायक पर्ने सडक भएर यो लोकमार्गसँिग जोडिदै राजधानी आउजाउ गर्ने गरेका छन्।  

अवरुद्ध सडक खुलाउन यातायात व्यवसायी, स्थानीयतह र मदन भण्डारी लोकमार्ग कार्यालयले संयुक्त पहल गरिरहेको छ। शुक्रबार दिनभर पानी परेका कारण सडक खोल्न नसकिएको हुनाले शनिबार विहानैदेखि पहिरो पन्छाउने काम भईरहेको छ। सडक छिटो खुलाउन कटारी र गाईघाट दुवैतर्फबाट २ वटा लोडर र स्काभेटरले पहिरो पन्छाउने काम भईरहेको छ। लोकमार्गको समेत रेखदेखको जिम्मा पाएको गाईघाट दिक्तेल सडक योजना कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले अघिल्लो साँझदेखि नै पहिरो पन्छाउने काम भईरहेको बताए। उनका अनुसार दुवैतर्फबाट सडकमा खसेको माटो पन्छाउने काम भईरहेको र बीचमा वर्षा नभए शनिबार साँझसम्ममा एकतर्फी सडक खुल्ने संभावना छ।  

लोकमार्गका सूचना अधिकारी इन्जिनियर प्रभातकिरण राईले २४ घण्टादेखि अवरुद्ध सडक छिटोभन्दा छिटो खुलाउन प्रयास भईरहेको बताए। स्वयं साईटमा बसेर पहिरो पन्छाउने काम गरिरहेका इन्जिनियर राईका अनुसार पहिरो खसेर सडक अवरुद्ध भएका कारण दुवैतर्फबाट सयौँ गाडी रोकिदा हजारौँ यात्रु अलपत्र परेका छन्। दुवैतर्पm पहाडले च्यापिएको खोँच भएकाले डाईभर्सन निकाल्ने ठाउँ नहुँदा यात्रुलाई सास्ती भोग्नु परेको उनको भनाई छ। बैजनाथ खोला साँघुरो रहेको र सडकको डाईभर्सन निकाल्ने ठाउँ नै नहुँदा पहिरो नपन्छाएसम्म अवरुद्ध सडक खोल्नुको कुनै बिकल्प नभएकाले छिटो छिटो काम गरिरहेको राईले बताए।  

डाईभर्सन नभएका कारण पूर्वबाट आएका सवारी साधनलाई गाईघाट फर्काएर सिराहाको लहान हुँदै पूर्वपश्चिम लोकमार्ग भएर पठाउन थालिएको छ भने पश्चिमबाट आएकालाई कटारी फर्काएर मिर्चैया हुँदै पूर्वतर्फ पठाउन थालिएको छ। यसरी घुम्नु पर्दा पूर्वका सवारी साधनलाई गाईघाट फर्केर जानुपर्दा झण्डै ५० किलोमिटर र पश्चिमबाट आएकालाई कटारीसम्म फर्केर ३५ किलोमिटर अतिरिक्त सडक पार गर्नुपर्ने बाध्यता रहेको छ।  

उता मिर्चैया–कटारी–घुर्मी सडक पनि शुक्रबार दिउसोदेखि अवरुद्ध हुन पुगेको छ । सिद्धिचरण लोकमार्गमा आधा दर्जन ठाउँमा पहिरो गएर पुर्दा सडक अवरुद्ध हुन पुगेको हो। मिर्चया–कटारी–घुर्मी हुँदै ओखलढुंगा जोड्ने सो लोकमार्ग कटारी नगरपालिका ११ स्थित वेतेनीदेखि १४ नं. वडाको लेखानीसम्मको खण्डमा बिभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध हुन पुगेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। इप्रका प्रमुख डिएसपी रविन कार्कीका अनुसार अवरुद्ध सडक शनिबार मध्यान्हसम्म खुलेको छैन।  

सडक खुलाउन कटारी घुर्मी सडक योजना कार्यालय कटारी, यातायात व्यवसायी, नगरपालिका, प्रहरी र स्थानीयबासी मिलेर प्रयास गरिरहेका छन्। योजना कार्यालयका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार लेखानी खण्डका पहिरोहरु पन्छाउने काम सकिन लागेको छ भने यता बेतिनीतर्फ खसेको पहिरो पनि हटाउने काम धमाधम भईरहेकाले शनिबार साँझसम्ममा एकतर्फी खुल्ने संभावना रहेको छ।  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
११ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस