किन आयो मुस्ताङमा बाढी ?
३० साउन २०८०
•
४ मिनेट पाठ
किन आयो मुस्ताङमा बाढी ?
वर्षाका लागि छाया क्षेत्र मानिने मुस्ताङ र मनाङमा एकपछि अर्को गर्दै भारी वर्षा र बाढी आउन थालेपछि यसको कारण खोजी हुन थालेको छ। यो जलवायु संकटजन्य परिस्थिति हो वा अन्य भन्ने विषयमा केही विशेषज्ञका मत बाझिएका छन्। मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिर जाने बाटोमा पर्ने पर्यटकीय एवं महत्वपूर्ण धार्मिक क्षेत्र कागबेनीमा आइतबार राति आएको बाढीले वितण्डा मच्चाएपछि फेरि यो विषयले विशेषज्ञको ध्यान तानेको छ।




दुई दिन लगातार परेको वर्षाका कारण मुक्तिनाथ क्षेत्रबाट कागखोलामा आएको बाढीले घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकीसमेत गरी ३१ संरचना नष्ट भएका छन्। यो घटनाले दुई वर्षअघि मेलम्चीमा आएको बाढीले हेलम्बुमा गरेको क्षतिको स्मरण गराएको छ। त्यसो त मेलम्चीमा अहिले पनि बाढी आइरहेको छ तर बाढीले यसअघि नै क्षति गरिसकेका कारण थप क्षति भएको छैन। ‘यो सानो खोला हो तर यही खोलाको बाढीले कागबेनी गाउँ बगर बनेको छ। यो दुःखद र असामान्य घटना हो,’ सोमबार बिहान टिकटकमा घटनास्थलको प्रत्यक्ष प्रसारण गरिरहेका स्थानीय विकल गुरुङले भनेका छन्।  

समयमै सूचना प्राप्त भएकाले मानवीय क्षति नभए पनि बाढीले गरेको आर्थिक क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ। उच्च हिमालले बादल छेक्दा हिमालपारिका जिल्ला मानिने मुस्ताङ र मनाङमा कम वर्षा हुने भएकाले यो क्षेत्रलाई वृष्टि छाया क्षेत्र (रेनस्याडो एरिया) मानिन्छ। यी जिल्लामा भीषण पानी र बाढी जाने घटना बिरलै र अनपेक्षित हुन्छन् तर पछिल्ला वर्षहरूमा यो क्षेत्रमा भीषण पानी पर्ने र बाढी जाने प्रवृत्ति (फिक्वेन्सी) बढेको छ। दुई वर्षअघि मुस्ताङको छिमेकी जिल्ला मनाङमा आएको भीषण वर्षाले ठुलो क्षति पु¥याएको थियो।  

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार बाढी आउनुअघिको २४ घण्टामा त्यो क्षेत्रमा २५ मिलिमिटर पानी परेको थियो, जुन क्षेत्रमा पर्ने पानीको हिसाबमा यो सरदरभन्दा माथि हो। विभागको बाढी पूर्व सूचना महाशाखाले सोमबार जारी गरेको बुलेटिनमा माथिल्लो तटीय क्षेत्रमा पहिरोले कागखोला थुनिएर पानी जम्मा भई ताल भएपपछि त्यो फुटेको र त्यसले गर्दा एक्कासि गेग्रान बहाव (डेब्रिस फलो) भई लेदोसहितको बाढी आएको उल्लेख गरिएको छ।

यो प्रवृत्तिबारे अहिल्यै ठोकुवा गर्न सकिने स्थिति छैन। भौगर्भिक हिसाबमा कालीगण्डकी उपत्यका कसरी बन्यो भन्ने विषयमा विद्यावारिधि गरेका विपद् विज्ञ डा. वसन्त अधिकारी यो घटनालाई जलवायु परिवर्तनको कारण नै हो भनेर यकिनका साथ भन्न त्यति सजिलो नभए पनि यो स्तरमा पानी पर्नु र बाढी आउनु ‘बिरलै किसिमको घटना’ भएको ठान्छन्। घना वर्षालाई मुस्ताङको फुसफुसे माटोले थेग्न नसक्ने, वर्षाको मात्रा बढ्दा यो बगेर जाने र यसले प्रवाह गर्ने गेग्रानले क्षति गर्ने उनको तर्क छ। इसिमोडको जलवायु वैज्ञानिक अरूणभक्त श्रेष्ठ पनि यसलाई असामान्य घटना मान्छन्। ‘वृष्टि छाया क्षेत्रमा यति ठुलो स्तरमा पानी पर्नुलाई सामान्य मान्न सकिँदैन’, उनी भन्छन्।

उता, जलवायुविज्ञ नमिन्द्र दाहाल यसका लािग विश्व तापमान बढ्नु प्रमुख कारण रहेको मान्छन्। पछिल्ला वर्षहरूमा ट्रान्स–हिमालयन क्षेत्रमा इतिहासमै पहिलोपटक अनपेक्षित वर्षा हुन थालेको चर्चा गर्दै उनी भन्छन्, ‘वायुमण्डलमा तातोपना बढ्दा यसले मनसुनी हावालाई माथि धकेलेका कारण हिमालपारि पुगेको बादलले यस प्रकारको अतिवृष्टि गराएको हो।

औद्योगिक क्रान्तिअघिको तुलनामा पृथ्वीको तापक्रम १.२ डिग्रीले बढिसकेको छ। यसको प्रभाव हिमाली क्षेत्रमा झन् बढी पर्ने गरेको वैज्ञानिक आकलन छ। दाहालले तर्क गरेझैं वैज्ञानिक जर्नल नेचरमा प्रकाशित एक अध्ययनले हरेक डिग्री सेल्सियस तापमान वृद्धिले उच्च हिमाली क्षेत्रमा १५ प्रतिशतले अत्यधिक वर्षाको सम्भावना बढ्ने देखाएको थियो। सन् १९५० यताको वर्षा र हिउँ मापनका आधारमा कम्प्युटर सिमुलेसन गरेर भविष्यमा हुन सक्ने जलवायु परिवर्तनको समीक्षा गर्दा वैज्ञानिकहरूले त्यस्तो सम्भावना देखेका हुन्। हिउँको ठुलो मात्राभन्दा उच्च पहाडी भूभागमा हुने भारी वर्षाले बाढी, पहिरो र भूक्षय निम्त्याउने वैज्ञानिक ठहर छ। ‘यो दूर भविष्यमा आउन सक्ने समस्या होइन, पछिल्ला दशकका तथ्यांकले यो तत्काल भइरहेको घटना प्रमाणित गरेका छन्,’ नेचर जर्नलमा वैज्ञानिकहरूले भनेका छन्।

अब के गर्ने ?

उच्च हिमाली क्षेत्रमा अत्यधिक वर्षा र बाढीले प्रवाह गर्ने थेग्रानका कारण कुनकुन क्षेत्रमा असर पर्न सक्छ भन्ने विषयमा अध्ययन हुन आवश्यक रहेको डा. अधिकारी ठान्छन्। सरकारले राष्ट्रिय भूउपयोग नीति र तदनुरूप जारी नक्सांकन (म्यापिङ) लाई कडाइका साथ कार्यान्वयन नभएको प्रसंग उधृत गर्दै उनले भने, ‘बाढीको जोखिम रहेका नदीकिनारमा घर बनाउन तत्काल रोक लगाउनुपर्छ।’ यसैगरी नेपाल सरकारले जारी गरेको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी राष्ट्रिय ढाँचा–२०२१ ले पनि विकास परियोजना, सहरी योजना तथा बस्ती विकासमा भविष्यमा पर्ने विपत्को सम्भावना र जोखिमलाई मध्यनजरमा राख्नुपर्नेमा जोड दिएको छ। ‘भविष्यमा आइपर्ने सम्भावित भवितव्यलाई सम्बोधन गर्ने कार्य तथा परिवर्तनकारी एवं सक्रिय अनुकुलनमार्फत मानवीय तथा पूर्वाधार क्षेत्रको रक्षा हुन सक्छ। मुख्य रूपमा जोखिम नक्सांकन नगरीकन कुनै पनि संचरना बनाउन दिनुहुँदैन,’ जलवायु विज्ञ डा. विमल रेग्मी भन्छन्।

कृष्णसागर, झोङखोला मुक्तिनाथ खोलाको नामले चिनिने कागखोलामा आएको बाढीले गरेको क्षतिले ठूलो पाठ पढाएको ठान्छन् जोमसोमकै वासिन्दा एवं वातावरणविद् डा. शैलेन्द्र थकाली। ‘भन्दा क्लाइमेट स्मार्ट नीति, विकास, जलवायु उत्थानशील विकास भन्ने गरिएको छ, तर स्थानीय स्तरमा यसको कार्यान्वयन हुन सकेको छैन’, थकाली भन्छन्, ‘यस्तो हेलचक्र्याइँ भइरहेसम्म यस्ता दुखद अवस्था दोहोरिरहन्छन्।’
अर्को समाचार
मुस्ताङ बाढी : सात पुल बगाउँदा डेढ करोड बढीको क्षति
२६ असार २०८२
•
२ मिनेट पाठ
मुस्ताङ बाढी : सात पुल बगाउँदा डेढ करोड बढीको क्षति
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन्।




बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए। यसबाट रु डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ-४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का-भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको छ। बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा कुनै क्षति नपुगेको जनाइएको छ।  

अध्यक्ष गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको बताए। बाढीले पुलहरूमा क्षति पुगेपछि रिङरोड सडकको सवारी आवागमन अवरुद्ध रहेको उनले बताए।

उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ। पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बताए। 'हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्,' अध्यक्ष गुरुङले भने, 'यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु।'

लोमान्थाङ-२ छोसेरस्थित नेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले बाढी आउनाका कारण पत्ता लगाउन गएको टोली चुम्जुङबाट फर्किएको जानकारी दिए। चुम्जुङस्थित छुआमा खोलाको मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएका उनको भनाइ छ। 'यहाँ बाढी आउनाको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन,' उनले भने।

यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौँ हिमताल रहेको जानकारी दिए। उनले जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमपातमा क्षति पुर्‍याउने सम्भावना रहेको उल्लेख गरे। रासस
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस