प्रहरीमा मनपरी पद थप
०७ साउन २०७४
•
९ मिनेट पाठ
प्रहरीमा मनपरी पद थप
काठमाडौं- नेपाल प्रहरीमा एआइजीको रिक्त दरबन्दीअनुसार बढुवा गर्दा 'आफ्ना' छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्‍याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ। ११ पद पुर्‍याएर बढुवा सिफारिससूची सार्वजनिक गरे पनि 'आफ्ना' छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्‍याउन सहमत भएका हुन्।




मन्त्रिपरिषद् स्रोतकाअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रहरीमा एआइजीका दुई दरबन्दी थप्न सहमति भइसकेको छ। सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद्ले औपचारिक निर्णय गरेर गृहले थप २ जनाको बढुवासूची निकाल्ने तयारी भएको छ।

बढुवा सिफारिसमा 'आफ्ना' नअटेपछि फेरि एआइजीका २ पद थप्ने तयारी

स्रोतकाअनुसार बढुवा सिफारिसमा छुटेका हेमन्तबहादुर पाल र मधुप्रसाद पुडासैनीलाई एआइजी बनाउन थप २ पद बढाउने तयारी गरिएको हो। पुडासैनी कांग्रेस काठमाडौं कोषाध्यक्ष विष्णु पुडासैनीका पारिवारिक सदस्य हुन्।

पुडासैनीलाई एआइजी बढुवामा छुटाएकोमा कांग्रेस नेता रामचन्द्र पौडेल रुष्ट भएपछि उनलाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले पद बढाएर भए पनि बढुवा गराउने वचन दिएको स्रोतले बतायो।

सुदूरपश्चिम क्षेत्रका प्रहरी अधिकारीलाई एआइजी बनाउन ११ पद पुर्‍याउँदा पनि पाल छुटेपछि प्रधानमन्त्री देउवा पुनः पद थपेर उनलाई एआइजी बनाउने पक्षमा छन्। प्रहरीमा अहिले प्रहरी जवानदेखि महानिरीक्षकसम्म ११ तह कायम छ। गृहमन्त्रीले हबल्दार र असईको बीचमा वरिष्ठ हबल्दार तथा सई र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सईको पद बनाउने घोषणा गरे पनि नियमावली संशोधन नहुँदा कार्यान्वनमा आएको छैन। एआइजीमा २ पद थप्दा  तल्लो तहसम्म २ पद बढ्नेछ भने रिक्त पदमा पुनः बढुवा निकाल्नुपर्नेछ।

नियमावलीको धज्जी

आफूखुसी पद बढाउँदा एआइजी नै जिम्मेवारीविहीन हुन थालेपछि प्रहरी नियमावली, २०७१ मा पद बढाउँदा अपनाउनुपर्ने प्रावधा नै उल्लेख गरियो। मनपरी निर्णय रोक्न नियमावलीले 'नयाँ कार्यालय स्थापना गर्दा, नयाँ दरबन्दी सिर्जना गर्दा र संगठन संरचना फेरबदल र दरबन्दी हेरफेर गर्दा कार्यक्रम, कार्यबोझ, आर्थिक तथा अन्य दायित्व, सेवा प्रवाह प्रभावकारिता, उपलब्ध मानवस्रोत, लागत प्रभाव विश्लेषण तथा नवीन प्रविधि अवलम्बन गरी कारण र औचित्यसमेतको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्नुपर्ने' व्यवस्था गर्‍यो।

यसका लागी गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको व्यवस्था गर्दै त्यसमा एसएसपी, सामान्य प्रशासन र अर्थ मन्त्रालयका प्रतिनिधि, आइजिपीले तोकेका एक सदस्य रहने नियमावलीमा उल्लेख छ।

नियमावलीअनुसार समितिको सिफारिस आधारमा प्रहरी प्रधान कार्यालयले संगठन तथा व्यवस्थापन  सर्वेक्षणको मूल्यांकन गरी मन्त्रालयमा पठाउनुपर्ने र मन्त्रालयले अर्थमन्त्रालयको सहमति लिई दरबन्दी सिर्जना  खारेज गर्ने स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्छ।  एआइजीको पद बढाउँदा यी कुनै पनि प्रक्रिया पूरा नगरिएको स्रोतले बतायो।

'प्रधान कार्यालय र गृहका केही अधिकारी पद बढाउने पक्षमा थिएनन् तर प्रधानमन्त्रीको प्रस्तावमा गृहमन्त्री सहमत भएपछि प्रक्रिया पूरा नगरी प्रस्ताव मन्त्रिीपरिषद्मा लगियो', पद बढाउने प्रक्रियाबारे जानकार स्रोतले भन्यो। एआइजीमा थप २ पद बढाउनसमेत नियमावलीको प्रक्रियामा प्रवेश गरिएको छैन।

'आफ्ना' को चित्त बुझाउन मनपरी

प्रहरीमा एआइजीको दरबन्दी ७ रहे पनि सुशील कोइराला नेतृत्वको तत्कालीन सरकारको पालामा बढुवामा आफ्ना नअट्ने भएपछि विशेष पद भन्दै २ पद थपियो। 

प्रारम्भमा रमेशशेखर बज्राचार्य र केदार साउदसहित ७ जनाको नाम सिफारिस गरेकोमा बढुवा पुनरावलोकन समितिले संशोधन गर्दै नयाँ बरीयता कायम गर्दा यी दुबै छुटे। तत्कालीन गृहमन्त्री वामदेव गौतम बज्राचार्यबिना बढुवा प्रक्रिया अगाडि बढाउन तयार भएनन्। कांग्रेस नेता एनपी साउदका परिवारका सदस्य साउदलाई जसरी पनि बढुवा गर्नुपर्ने दबाबमा थिए तत्कालीन प्रधानमन्त्री।

सकारका सहयोगीको चित्त पनि बुझ्ने आफ्नो दबाब पनि हट्ने भन्दै मन्त्रिपरिषद्ले २ विशेष पद बढाएर ९ पुर्‍याएर दुबैलाई बढुवा गर्‍यो। पुनरावलोकन समितिले तोकेको क्रमसंख्यामा पछाडि रहेका बज्राचार्य र साउदको बढुवाविरुद्ध यादव अधिकारीसहित ४ जना सर्वोच्च पुगे।

सर्वोच्चले पुनरावलोकन समितिको क्रमसंख्यालाई आधार बनाउँदै चारैजनालाई बढुवा गर्न फैसला गर्दा जनपदतर्फ एआइजी संख्या १३ पुगेको थियो। प्राविधिकतर्फको संख्या जोड्दा १४ पुग्यो।

सर्वोच्चको फैसला कार्यान्वयन नहुँदा लामो समयसम्म जिम्मेवारविहीन भएका थिए उनीहरू। सरकारले २०७३ मंसिरमा फैसला कार्यान्वयन गरेर हाजिर गर्न दिए पनि उनीहरूले जिम्मेवारीविहीन रुपमै अवकाश पाए।

'संघीयताको मोडलअनुसार प्रदेशमा एआइजी खटाउने हो भने ७ प्रदेशमा ७ र केन्द्रमा ४ गरी ११ कायम हुनु ठीकै हो, तर त्यसका लागि पहिला संघीय मोडल पारित हुन आवश्यक छ,' एक प्रहरी अधिकारीले भने, 'केन्द्रको मात्रै संरचना हो भने आयुक्त कार्यालय, प्रशासन, तालिम र कार्य हेर्नेगरी ४ जना भन्दा बढी आवश्यक नै छैन।'

सरकारी कोष दुरुपयोग

एआइजी दरबन्दी बढ्दा सोही अनुपातमा डिआइजी, एसएसपी र एसपीलगायत पदसमेत बढ्छ। माथिल्लो तहका अधिकारीका लागि सहयोगी, कार्यालय र सवारीसाधन व्यवस्थापन गर्दा मासिक ३ देखि ५ लाख रुपैयाँसम्म खर्च बढ्छ।

सरकारले एआइजीको संख्या १३ पुर्‍याउँदा एक एआइजीबराबर मासिक पाँच लाख खर्च बढ्छ। ३ बाट ११ पुर्‍याउँदा वार्षिक ५ करोड आर्थिक भार बढ्छ। डिआइजीका लागि मासिक ४ र एसएसपीका लागि ३ लाख रुपैयाँसम्म भार बढ्दा प्रहरीमा वार्षिक १२ करोडभन्दा बढी आर्थिक भार बढ्छ।

नेपाल प्रहरीमा अहिले केन्द्रमा पाँच विभाग, तालिम केन्द्र र महानगरीय प्रहरी गरी ७ एआइजीका लागि मात्रै कार्यालय छ। संख्या बढाएर १३ पुर्‍याउँदा जिम्मेवारी बाँडफाँटमै सकस हुने देखिन्छ।
अर्को समाचार
अनुगमनमा गर्दै हिडनेलाई व्यापारीले प्रहरीमा बुझाए
२३ कार्तिक २०६९
•
४ मिनेट पाठ
अनुगमनमा गर्दै हिडनेलाई व्यापारीले प्रहरीमा बुझाए
इटहरी, कात्तिक २३ (नागरिक) - दैनिक उपभोग्य सामानमा व्यापारीले मनपरी ढंगले खाद्य सामाग्री बिक्री-वितरण गरेको गुनासो बढेको भन्दै अनुगमनका लागि खटिएका नागरिक न्यायिक उपभोक्ता मञ्च काठमाडौंका एक जना प्रतिनिधीलाई आज व्यापारीले प्रहरी कार्यालयमा बुझाएका छन्। व्यापारीले मञ्चका महासचिव प्रकाश (गंगा) सुवेदीलाई प्रहरी कार्यालयमा बुझाएका हुन्।
 
'खुद्रा व्यापारीसँग थर्काएर पैसा माग्न खोजेको आधारमा हामीले प्रहरी कार्यालयमा छानबीनका लागि बुझाएका हौ,' उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईले भने।
सुवेदीले इटहरीका केदारप्रसाद पोखरेलको दालमोठ फ्याक्ट्री बिमल फुड प्रोड्क्सको सामान विभिन्न पसलमा गई खरिद नगर्न भनेको र अन्य खुद्रा व्यापारीलाई पैसा बार्गेनिङ गर्ने नियत राखेको पाइएको व्यापारीको दाबी छ। दालमोठ फ्याट्री अनुगमन गर्नका लागि उनकै नेतृत्वमा एउटा टोली पुगेको थियो। सुवेदी इटहरीमा आएर बसोबास गरेको र खानपिन गरेको समेत पैसा नबुझाएपछि बाध्य भएर बुझाएको पनि व्यापारीले बताए।
सुवेदीलाई प्रहरीले आवश्यक सोधपुछपछि छाडेको जानकारी दिइयो। इटहरीका प्रहरी निरीक्षक सागर थापा अनुसार सुवेदीले पाथिभारा होटलमा बसेबापत तिर्न बाँकी २८ हजार रुपैयाँ तिरेको र उसको बारेमा आवश्यक सोधपुछ छाडिएको हो।
मणिन्द्र कटुवाल होटलमा खानपान गरेको पैसा भने शुक्रबार दिने सहमति भएको छ। सुवेदीका अनुसार नागरिक मञ्च सुनसरी जिल्ला सचिब उमेश ठाकुरले तिर्ने सहमति भएको हो। अब होटलमा १० हजारको हाराहारीमा पैसा बुझाउँन बाँकी छ। दसैअघि र केही दिनअघिदेखि सुनसरीका विभिन्न स्थानमा गरिएको अनुगमनमा उनी जिल्ला प्रशासन, वाणिज्य विभाग, स्थानीय प्रशासन, उद्योग बाणिज्य संघ, खाद्य प्रविधि लगायतको टोलीसँगै अनुगमनमा खटिएका थिए।
जिल्ला प्रशासन कार्यालयका अनुसन्धान अधिकृत गणेश तिम्सिनाले पनि सरकारी टोलीसँगसँगै हिँडेपनि अन्यत्र गल्त नियत राखेर काम गर्ने गरेको गुनासो भने आएको बताए। सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर थापाले व्यापारीले मौखिक रुपमा गुनासो गरेपनि आधिकारिक रुपमा लिखित उजुरी नआएकाले गर्दा आवश्यक सोधपुछपछि सुवेदीलाई छाडिएको बताए। 'सुवेदीलाई छाडेपनि आवश्यक अनुसन्धान भने प्रहरीले जारी नै राख्नेछ,' उनले भने, 'दोषी प्रमाणित भए पुनः पक्राउ गरी कारबाही गरिनेछ।' सुवेदीले भने दालमोट फ्याट्रीमा सरकारी टोलीसँगै गएको जिकिर गरे।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस