पर्यटक प्रहरीलाई दक्ष, प्रभावकारी र सक्रिय बनाउन सोमबारदेखि ‘पर्यटक प्रहरी तालिम’ सञ्चालन भएको छ। नेपाल प्रहरी प्रतिष्ठान, पर्यटक प्रहरी र नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) सँगको सहकार्यमा पहिलो पटक यस्तो तालिम सञ्चालन गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले पर्यटक सुरक्षाको लागि महत्वपूर्ण कार्यसम्पादन गर्दै आएका प्रहरीलाई यो तालिम आवश्यक रहेको बताए।
सचिव सुवेदीले भने, ‘पर्यटकसँग अध्यागमन, भिसा, सुरक्षा लगायतका कानुनहरू आकर्षित हुन्छन् । पर्यटकको सुरक्षा, सहजीकरण र कानुनी विषयमा तालिम पाएपछि पर्यटक प्रहरीको कार्यसम्पादन क्षमता वृद्धि हुन्छ।’ उनले लक्षित तालिमको आवश्यकता औल्याउँदै पर्यटक प्रहरीले एयरपोर्ट भित्र आएदेखि बिदाई नगरेसम्म पर्यटकको निगरानी गरिरहनुपर्ने पर्यटक प्रहरीको क्षमता तालिमले अभिवृद्धि गर्ने बताए।
मुलुकमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत पर्यटन भएको जनाउँदै सचिव सुबेदीले भने, ‘पर्यटन मुलुकको महत्वपूर्ण क्षेत्र हो। यो बैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत पनि हो। यसैले पनि पर्यटन क्षेत्र सहित अरु क्षेत्रबाट आएका रेमिट्यान्सका स्रोतहरुलाई सरकारले प्रबद्र्धन गर्छ।’ उनले तुलनात्मक लाभको हिसाबले मुलुकको पर्यटन अद्भूत, उत्कृष्ट र विविधताले भरिएको जनाउँदै पर्यटन क्षेत्रलाई चलायमान बनाइराख्न सहयोग गर्ने पर्यटक प्रहरीको महत्व सरकारले स्विकारेको र उनीहरुको आवश्यकतालाई महशुस गरेको बताए।
सरकारको विभिन्न समयमा भएको निर्णयअनुसार पर्यटक प्रहरीमा उतार चढाव आएको सचिव सुबेदीले बताए। उनले पर्यटक प्रहरीको उपस्थिती र आवश्यकतालाई ध्यानमा राखी सरकारले यसलाई विशिष्टकृत युनिट बनाउने महशुस गरेको बताए।
मुलुकमा आउने सबै पर्यटकहरुलाई आवश्यक सूचना उपलब्ध गराउने, उनीहरुलाई सुरक्षा प्रदान गर्ने तथा कुनै समस्यामा आइपरेमा त्यसको निदानका लागि पर्यटक प्रहरीले काम गर्छ। यस्तै पर्यटन विभाग र जनपद प्रहरीसँग सहकार्य गरेर नेपालमा आउने पर्यटक कुनै अपराधिक क्रियाकलापमा संलग्न भएका छन् भने पर्यटक प्रहरीले त्यस्ता अपराधिक क्रियाकलाप नियन्त्रणको लागि काम गर्छन्।
पर्यटन विभागका महानिर्देशक होम प्रसाद लुईटेल पर्यटक प्रहरीको तालिम इतिहासकै पहिलोपटक सञ्चालन भएको बताउँदै पर्यटन प्रहरी र विभागको लागि खुसिको दिन भएको बताए। उनले भने ‘यो हामि सबैको लागि ठूलो उपलब्धि हो। विविध कारणले पर्यटक प्रहरीको क्षमतावृद्धिका लागि अहिलेसम्म यस्तो तालिम सञ्चालन गर्न सकिएको थिएन्।’ उनले थपे, ‘ पर्यटक प्रहरीको क्षमता र कार्यसम्पादन अभिवृद्धीमा तालिमले महत्वपूर्ण भूमिका खेल्छ।’
नेपालको आर्थिक विकास र समृद्धि लागि पर्यटनको विकास बिना असम्भव भएको बताउँदै महानिर्देशक लुईटेलले भने ‘ सरकाले जुन हिसाबले नेपालको आर्थिक विकास र सम्वृद्धिको लागि काम गरिरहेको छ, पर्यटन क्षेत्रलाई नसमेटी त्यो सम्भव छैन्। पर्यटन क्षेत्रको विकास नै मुलुकको समग्र विकासको मेरुदण्ड हो। पर्यटनको विकास र प्रवद्र्धन गर्नु अनिवार्य र्शत भएको छ।’
पर्यटन प्रवद्र्धन र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले जुन कामहरु गरिरहेका छन् त्यसको अभिन्न अंगको रुपमा पर्यटन प्रहरी भएको उनले बताए।
पर्यटक प्रहरीको नेपालको पर्यटन क्षेत्रको मात्र नभएर देशकै छबी विश्वमा पुग्न योगदान पुर्याउने र पर्यटन प्रबद्र्धनमा सहयोग पुर्याउने जनाउँदै महानिर्देशक लुईटेलले भने, ‘पर्यटक प्रहरी दक्ष र सक्रिय हुनको विकल्प छैन्। र त्यसको लागि तालिमले आवश्यक छ।’
हाल काठमाडौंमा १० र उपत्यका बाहिरका विभिन्न १२ जिल्लाका १९ गरी जम्मा २९ स्थानमा पर्यटक प्रहरी कार्यरत रहेका छन् । पर्यटन विभाग अन्तर्गर रहेको पर्यटक प्रहरीमा २ सय ३९ जना जनशक्ति पर्यटकका सुरक्षा र सहजिकरणका लागि हरबखत कार्यरत छन्।
केही महिना अघि पर्यटक प्रहरीको क्षमता अभिवृद्धि गराउँन पर्यटक प्रहरीलाई अंग्रेजी, फ्रेन्च, चाइनीज स्पेनिस भाषासम्बन्धी तालिमहरु सञ्चालन गरेका थिए। पर्यटक प्रहरीका लागि भाषा सम्बन्धी सञ्चालन भएपनि समग्र पर्यटन र पर्यटक प्रहरी मिश्रण गरिएर सञ्चालन भएको यस तालिम पर्यटक प्रहरीलाई पहिलो पटक दिईएको हो।
यस तालिमको लागि पर्यटक प्रहरीले छुट्टै समिति गठन गरेर विशेष पाठ्यक्रम तयार गरेको छ। यसैले पनि यो तालिम पर्यटक प्रहरीका लागि नयाँ आयाम भएको पर्यटक प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।