जंगली जनावरले बाली नष्ट गर्न थालेपछि प्रदेश सरकारले जंगल घेरवारका लागि विनियोजन गरेको रकम दैलेखको भैरवी गाउँपालिकामा समितिका पदाधिकारीहरुले घरखेतमा खर्च गरेको पाइएको छ। गाउँ वा खेतमा जनावर नआउनका लागि जंगल छेउमा लगाउनुपर्ने घेरवार पहुँचकै भरमा डिभिजन वन कार्यालय दैलेखको मिलोमत्तोमा ब्यक्तिगत जग्गा र घर घेरवार गरिएको हो।
जंगली जनावरबाट बाली जोगाउन भैरवी गाउँपालिका खोलीखेत घेरवार योजना अन्र्तगत जंगल घेरवार गर्नुपर्ने भएपनि पहुँचकै कारण ब्यक्तिहरुले आफ्नो खेत र घरमा घेरवारसहित गेट समेत बनाएका छन्। उक्त बजेटले बस्तीमाथि जंगल छेउमा घेरवार गर्ने कार्ययोजनासहित पठाईएको थियो। कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातारवारण मन्त्रालयबाट डिभिजन वन कार्यालयमार्फत घेरवारका लागि १२ लाख रकम कार्यान्वयनका लागि पठाइएको थियो। समितिसंगको मिलोमत्तोमा स्थानीयको घर र खेतमा घेरवार गरेर डिभिजन वन कार्यालयले १२ लाख रकम सकेको हो।
उपभोक्ता समिति मार्फत काम भएपनि डिभिजन वन कार्यालय दैलेखको लापरवाहीका कारण वन क्षेत्रमा घेरवार नभएको आरोप स्थानीयले लगाएका छन्। जंगलमा हुनुपर्ने घेरवारलाई ब्यक्तिगत जमिनमा गाउँभित्र निश्चित समितिका पदाधिकारीहरुको घर खेततिर घेरवार गरिएपछि स्थानीयहरुले विरोध गरेका थिए। तर, डिभिजन वन कार्यालयले उनीहरुको मुद्दा सुनुवाई नगरेर काम सकेको छ।
वन क्षेत्रमा हालेको रकम वन क्षेत्रमै घेरवार हुनुपर्छ भन्ने आफूहरुको भनाइ रहेको स्थानीय जगत महताराले बताए। ‘जंगली जनावरले गर्दा क्षती सबैलाई भएको छ।’ महताराले भने, जंगल घेरवार हुनुपर्ने हो। ब्यक्तिगत रुपमा घरघरमा घेरवार भयो।’ बाँदर, बँदेल बाली लगाएको बेला धेरै दुःख दिने गरेपछि किसानहरुले जनप्रतिनिधिमार्फत गाउँमा बजेट हाल्न लगाएका थिए। यहाँ भैरवी गाउँपालिको ९ र ६ नम्वर वडाको बस्ती रहेको छ। वनमै घेरवार गरेको भए विरोध नहुँने र सबै बस्तीहरु सुरक्षित हुने तर, एउटा बस्तीमा केन्द्रित गरेर ब्यक्तिगत घरखेतमा घेरवारको काम भएपछि स्थानीयहरुले विरोध गरेका हुन्।
डिभिजन वन कार्यालय दैलेखले उद्देश्य अनुसार काम भएको जनाएको छ। ब्यक्तिगत रिसिविका कारण विरोध भए पनि योजना अनुरुपकै काम भएको डिभिजन कार्यालयका प्रमुख धर्मराज उपाध्यायले बताए। ‘वन नजिकै ब्यक्तिको खेतबारी र घर हुन्छ।’ डिभिजन वन कार्यालयका प्रमुख उपाध्यायले भने, घेरवार गर्दा घरसहित पर्ने भएकाले हिड्दुल गर्न गेट समेत बनेको छ। त्यसलाई ब्यक्तिगत जस्तो मानेर गुनासो आएको हो।’ खोलीखेत घेरवार योजना अध्यक्ष जुपाराम महतारासंग सम्र्पक गर्न खोज्दा सम्पर्क हुन सकेन्।