लमजुङका आठवटै स्थानीय तहमा गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण फैलिएको छ।
सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो। लमजुङमा १२ सय भन्दा गाईभैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका अनुसार हालसम्म यस रोगका कारण ४२ पशुचौपाया मरेका छन्। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका सूचना अधिकारी सुनिल न्यौपानेका अनुसार लमजुङमा पहिलो पटक लम्पी स्किन वैशाख महिनामा भित्रिएको थियो।
उनका अनुसार रोगको संक्रमण सबैभन्दा बढी मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकामा देखिएको छ।
‘अहिले सम्म लमजुङका आठै वटा स्थानिय तहमा यो रोग पुगिसकेको अवस्था छ। मध्यनेपाल र दोर्दीमा रोगको संक्रमण सबैभन्दा बढी देखिएको छ।’ उनले भने।
न्यौपानेका अनुसार यो रोग यी दुई ठाउँमा सबै भन्दा पहिला फैलिएको हो। तत्कालीन समयमा खोप अभावका कारण यी दुई पालिकामा रोग नियन्त्रण गर्न नसकिएको उनले जनाए।
उनले लम्पीस्किन रोग विरुद्धको खोप लगाउने कार्य पनि सुरु भइसकेको जनाए। उनका अनुसार बेसीशहर नगरपालिका, राईनस नगरपालिका खोप लगाउने कार्य पनि सुरु भइसकेको र सुन्दरबजार नगरपालिकामा अन्तिम चरणमा रहेको छ।
देशभर फैलिएको ‘लम्पी स्किन’ को प्रत्यक्ष असर यँहा दुग्ध उत्पादक किसानमा परेको छ। दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन्।
रोगका कारण दुहुना गाई र भैँसी बिरामी पर्ने र मर्ने समस्याले दूध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै बन्द भएजस्तै बनेको छ।
स्थानीय तहहरुले रोग नियन्त्रणका लागि गाउँगाउँमा प्राविधिक परिचालन गरिरहेको भने पनि रोग नियन्त्रण हुन सकेको छैन। विगत तीन महिनादेखि रोग देखा परे पनि हालसम्म यसको सङ्क्रमण बढ्दो नै छ।
लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ। गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाकमुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, र्याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षण देखिने पशु सेवा विभागका महानिर्देशक सम्झनाकुमारी काफ्लेले जानकारी दिइन्।
अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग युरोप हुँदै बङ्गलादेश, चीन तथा भारतमा देखापरेपश्चात् पहिलोपटक नेपालमा विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखा परेको थियो। रोग देखा परेपश्चातका सुरूका दुई वर्षमा यस रोगबाट १६ जिल्लाका २९ पालिकाका तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए।
चालु आवमा लम्पी स्किन रोगको प्रकोप देशैभरि महामारीको रूपमा फैलिँदा मनाङबाहेकका सम्पूर्ण जिल्लामा रोग पुष्टि भएको विभागको भनाइ छ।
हालसम्म प्राप्त तथ्याङ्क अनुसार सात लाख नौ हजार दुई सय तीन पशु सङ्क्रमित भएकामध्ये चार लाख ५३ हजार आठ सय १९ निको भएका छन्। यस्तै रोगबाट २५ हजार हजार सात सय ८२ पशु मरेका छन्। हाल दुई लाख २९ हजार छ सय दुई पशु सक्रिय सङ्क्रमित अवस्थामा छन्। सङ्क्रमणको दर क्रमशः घट्दै गइरहेको विभागको दाबी छ।
यो रोग नियन्त्रणका लागि विगत तीन महिनादेखि विभिन्न पैठारीकर्ताले खोप आपूर्ति गरिरहेका छन्। खोप आयातका लागि विभागमा आवेदन प्राप्त हुनासाथ तत्काल पैठारीको लागि अनुमति दिइएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट विभिन्न विकास साझेदारसँग रोग रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि समन्वय गरिएको विभागको भनाइ छ। मन्त्रालयले चालु आवमा बचत हुने रकम रोग नियन्त्रणका लागि रकमान्तर गरी स्थानीय तहमा पठाउन अर्थ मन्त्रालयमा अनुरोध गरेको छ।
प्रभावित पशुको उपचार तथा सङ्क्रमण नभएका क्षेत्रमा ठूलो मात्रामा खोप लगाउन आवश्यक भएकाले सोको लागि सरकारीस्तरबाट बजेट व्यवस्थापन गरी रोग नियन्त्रण कार्य सञ्चालन आवश्यक छ।