पछिल्लो समय लागू औषध प्रयोग तथा ओसारपसारका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले यसको नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ।
अभियानमा स्थानीय तह, नागरिक समाज, राजनीतिक दल, शिक्षक, बुद्धिजीवीहरू साथै विद्यार्थीहरूले एकबद्धता जनाएका छन्।
अभियान उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले लागू औषध दुर्व्यसनीका क्रियाकलाप रोक्न सबै पक्ष जिम्मेवार भएर एकजुट हुनुपर्ने बताए।
जुम्लामा लागू औषधको हब बन्दै गएकाले यसलाई निरुत्साहित गर्न सबै मिलेर लागू औषध मुक्त जिल्ला बनाउने अभियानमा जुट्नुपर्ने उनको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाले थालेको यस अभियानमा सबैको हातेमालो हुनुपर्ने उनले जोड दिए।
शनिबार लागू औषध विरुद्धको नारा जुलुस लगाउँदै बाल मन्दिरदेखि सुरु भएको र्याली विजय नगर, बसपार्क हुँदै उद्योग वाणिज्य संघको हलमा पुगेर सकिएको थियो।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थीहरू नागरिक समाज, जनप्रतिनिधिहरु, शिक्षक र बुद्धिजीवीहरू र्यालीमा सहभागी थिए।
जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक अनुसार गत वैशाखदेखि हालसम्म १२ वटा लागू औषधका मुद्दा दर्ता भइसकेका छन्। ६३ जना पक्राउ परिसकेकोमा ९ जना अझै फरार रहेको प्रहरी निरीक्षक तथा प्रवक्ता धर्मराज जोशीले बताए।
उनका अनुसार १५ वर्षदेखि ३० वर्षसम्मका व्यक्तिहरू लागू औषध कारोबार र सेवनमा संलग्न छन्।
हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाली प्रहरी मूल नाराका साथ शान्तिपूर्ण र सुरक्षित समाजका लागि लागू औषध नियन्त्रण विशेष अभियान सुरु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रह्लाद कार्कीले बताए।
स्थानीय तहहरुले कानुन कार्यविधि बनाएर लागू औषध विरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाएको डिएसपी कार्कीले बताए।
रौतहट। सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्थानीयसँग छलफल र परामर्श गरेको छ।
उक्त सुरक्षा सङ्गठनले जिल्लाको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रका विद्यमान सुरक्षा चुनौती र त्यसको समाधानबारे गहन मन्थन गरेको हो।
त्यस अवसरमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरी, पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजनाको कारोबार र राजस्व चुहावट नियन्त्रणलगायत विषयमा स्थानीय र जनप्रतिनिधिसँग राय–सुझाव सङ्कलन गरियो।
सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताए।
त्यस अवसरमा उक्त नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयको सहकार्यबाट मात्रै राज्यले लाभ लिन सक्ने पक्षलाई सबै पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताए।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...