कर्णाली प्रदेशको प्रदेश मामिला समितिको सभापति कल्याणी खड्का चढेको गाडी शनिरबार दुर्घटना भएको छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा प्रदेश ०२– ००१ झ ००४४ नम्बरको जिप दुर्घटना भएको हो।
गाडीको स्टेरिङ अकस्मात् अनियन्त्रित भएपछि पल्टिएको जनाइएको छ। दुर्घटनामा परेर सभापति खड्काको बायाँ खुट्टामा चोट लागेको छ। उक्त दुर्घटनामा चौरजहारी–९ स्थित आधारभूत विद्यालय भुवाटाकुराका प्रधानाध्यापक सुगन्धा मल्ल, सभापति खड्काका स्वकीय सचिव हुकुम बिसी, चालक युवराज गिरी घाइते भएका छन्।
उनीहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको रुकुम (पश्चिम) प्रहरीले जनाएको छ। गाडीमा सभापति सहित नौ जना चढेका थिए। अरूको सामान्य अवस्था रहेको छ।
त्रिवेणी गाउँपालिकाको गाउँ सभामा सहभागी हुन सभापति खड्का रुकुम पुगेकी थिइन्।