वरपीपल र समीजस्ता बोटबिरुवाको संरक्षणका लागि कानुन बनाउन संरक्षणकर्मीले माग गरेका छन्।
राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरे नेतृत्वको एक टोलीले राजमार्ग क्षेत्रमा जोगाउन सकिने विकल्प हुँदाहुँदै पनि वरपीपल मासिएका भन्दै संरक्षणका लागि कानुन बनाउन माग गरेका हुन्।
शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले वृक्षहरूका विषयमा ऐन निर्माण गरी साल सिमल जस्तै वर, पिपल र समीलाई पनि काट्न नपाउने गरी संरक्षण गर्न माग गरे।
राजमार्ग विस्तारका क्रममा वीरेन्द्र क्याम्पस चोकमा रहेको एउटा सालको रुख काट्न करिब दुई वर्ष लागेको थियो। सडक फराकिलो बनाउने क्रममा रुख काट्नुपर्ने देखिए पनि कानुनतः सालको रुख काट्ने प्रक्रिया पुर्याउन मात्रै दुई वर्ष लागेको थियो। तर, सोही सडक विस्तारका क्रममा सडकछेउमा परेका वरपीपल र समीलगायतका चौतारो भने क्षणभरमै ढलाइएका छन्।
साल काट्न कानुन पालना गर्नुपर्ने भए पनि पुस्तौँ पुराना वरपीपल र समीका चौतारा काट्न कुनै नियम, कानुन नलाग्ने भएपछि बिहानसम्म पूजा गरेको चौतारो दिउँसो काटिएका छन्।
आफ्नै घर अगाडिको पीपल जोगाउन कोही नलागेपछि आफू एक्लै उभिएर सम्भव नभएको भन्दै त्यसलाई कानुनीरुपमै संरक्षण गर्नुपर्ने माग राख्दै सरकारलाई ध्यानाकर्षण गराइएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि उक्त ज्ञापन पत्र चितवनका सात वटै स्थानीय पालिका, वन मन्त्रालय, गृह मन्त्रालय र प्रदेशको मुख्यमन्त्री कार्यालयमा पठाइएको बताएका छन्।
सडक विस्तारकै क्रममा भरतपुरको पुलचोक–लोथर सडक र केन्द्रीय बस टर्मिनलदेखि आँपटारी क्षेत्रमा पर्ने बाइपास सडकका अधिकांश चौतारो मासिएका छन्। त्यति मात्र नभई भित्री सडकमा समेत यसको असर परेको छ। हालसालै गौरीगञ्जमा बीच सडकमा रहेको पीपलको चौतारो उखेलिएको छ।

‘बटुवाको थकाई मार्ने चौतारी वृद्ध, बृद्धाहरुको सास फेर्ने थलो अक्सिजन प्रचुर दिने पिपल आज महत्त्वहीन बनाइएको छ। वर पिपल समी जस्ता महत्त्वपूर्ण वृक्षहरूको विषयमा जानकारी नहुनु, संरक्षणमा चासो नदिनु विकल्प हुँदा हुँदै पनि काटेर नष्ट गर्दै जाने कुराले मर्माहत भएका छौँ।’ ज्ञापन पत्रमा भनिएको छ।प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको अभिलेख संकलन गरी दर्ता समेत गरेर सूचीकरण गर्दै जोगाउन जरुरी रहेको अध्यक्ष अपिल घिमिरेले बताए।
राजमार्ग विस्तारका क्रममा वीरेन्द्र क्याम्पस चोकमा रहेको एउटा सालको रुख काट्न करिब दुई वर्ष लागेको थियो। सडक फराकिलो बनाउने क्रममा रुख काट्नुपर्ने देखिए पनि कानुनतः सालको रुख काट्ने प्रक्रिया पुर्याउन मात्रै दुई वर्ष लागेको थियो। तर, सोही सडक विस्तारका क्रममा सडकछेउमा परेका वरपीपल र समीलगायतका चौतारो भने क्षणभरमै ढलाइएका छन्।
साल काट्न कानुन पालना गर्नुपर्ने भए पनि पुस्तौँ पुराना वरपीपल र समीका चौतारा काट्न कुनै नियम, कानुन नलाग्ने भएपछि बिहानसम्म पूजा गरेको चौतारो दिउँसो काटिएका छन्।
आफ्नै घर अगाडिको पीपल जोगाउन कोही नलागेपछि आफू एक्लै उभिएर सम्भव नभएको भन्दै त्यसलाई कानुनीरुपमै संरक्षण गर्नुपर्ने माग राख्दै सरकारलाई ध्यानाकर्षण गराइएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि उक्त ज्ञापन पत्र चितवनका सात वटै स्थानीय पालिका, वन मन्त्रालय, गृह मन्त्रालय र प्रदेशको मुख्यमन्त्री कार्यालयमा पठाइएको बताएका छन्।
‘यो विषय एकदमै महत्त्वपूर्ण विषय हो’, उनले भने, ‘यसलाई कार्यालय प्रमुखहरुको बैठकमा पनि छलफल गरेर जिल्ला तहमा गर्न सकिने समाधानका उपाय अपनाउने प्रयास गर्छु।’वरपीपल र समीजस्ता बोटबिरूवाको महत्वबारे नेपालका ऋषिमुनिले उहिल्यै प्रमाणित गरेको विषयलाई विज्ञानले बल्ल प्रमाणित गरेको भन्दै उनले थपे, ‘अब एउटा बिरुवा काट्दा दुई वटा बिरुवा रोप्ने नीति ल्याउनुपर्छ।’