‘लुट्नसम्म लुट्यौ लुटेरा हो, अब छुट छैन’
०२ जेष्ठ २०८०
•
३ मिनेट पाठ
‘लुट्नसम्म लुट्यौ लुटेरा हो, अब छुट छैन’
उद्योग बचाऊ अभियानका लागि प्लेकार्ड छातीमा टाँसेर धर्नामा बसेका सर्वसाधारण। तस्बिर: महेश्वर
उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) धराशायी भएको भन्दै स्थानीयवासीले ‘बचाऊ अभियान’ थालेका छन्।




त्रियुगा नगरपालिका ६ जलजले स्थित रहेको पूर्ण सरकारी स्वामित्वको उद्योग पछिल्लो २ वर्षयता एकपछि अर्को गर्दै टाट पल्टाएको भन्दै स्थानीयले उद्योग बचाउन अभियानको सुरुवात गरेका हुन्।

अभियानको पहिलो दिन सोमबार बिहानदेखि उद्योगको मूल प्रवेश द्वार अगाडि भेला भएका उद्योग प्रदूषण क्षेत्रका स्थानीयवासीले विभिन्न माग लेखिएको प्लेकार्ड र नारासहित धर्ना दिएका छन्। गेटै अगाडिको वर-पीपल गाछी चौतारामा धर्ना बसेका स्थानीयवासीले उद्योगलाई यो हालतमा पुर्‍याउने प्रत्यक्ष तथा अप्रत्यक्ष दोषीहरूलाई साङ्केतिक विरोध गरेका हुन्।

‘उद्योग छेउको बास, प्रदूषणको रास, हराभरा समाजको कहिले गर्ने आस?’, लुट्नसम्म लुट्यौ लुटेरा हो अव छैन छुट, स्थानीय जागिसके पर्दाफास गर्न तिम्रा ब्रम्हलुट’ लेखिएको ब्यानर छातीमा टाँसेका धर्नाकारीहरूले ‘उद्योगकै कमाइले घर गोठ बनायौ, जाने बेला उद्योगलाई रित्तिनबाट खोइ जोगायौ?’ उल्लेखित प्लेकार्ड पनि हात हातमा बोकेका थिए।

उद्योग आसपासका जलजले, देउरी, श्रीपुर, दमौटी, लालपत्ता, बगाहा, चुहाडे, सुकौरा, चिलाउने लगायत प्रदूषण क्षेत्रको बढी जसो जमघट रहेको धर्ना कार्यक्रममा गाईघाट बजारवासी सचेत नागरिकहरूको पनि सहभागिता रहेको थियो।

धर्नामा सहभागीमध्येका एक त्रियुगा नगरपालिका ६ का वडा सदस्य प्रवेश खड्काले ६७ जनाको समूह धर्नामा बसेको बताए। सदस्य खड्काका अनुसार धर्नासँगै भएको भेलाले त्रियुगा ५ श्रीपुरका राधारमण खतिवडाको संयोजकत्वमा २७ सदस्यीय ‘उदयपुर सिमेन्ट उद्योग बचाऊ खबरदारी समिति’को गठन गरेको छ।

समितिको सहसंयोजकमा गाईघाटका राजकुमार घिमिरे, सचिव लालपत्ताका प्रवेश खड्का, सहसचिव जलजलेका रमाकान्त चौधरी रहेका छन्। सदस्यमा पवन ढकाल, अरविन बोगटी, तिलक लामा, सीताराम चौधरी, दुर्गा श्रेष्ठ, हरि श्रेष्ठ, मिलन घिमिरे, विक्रम ढुंगाना, दावा शेर्पा, विष्णु भुजेल, मानबहादुर खड्का र छाताराम चौधरी रहेका छन्। त्यसै गरी मनोज पौडेल, केशव आचार्य, पुष्प अधिकारी, शत्रुघन साह, देवबहादुर कार्की, जगन्नाथ भट्टराई, दीर्घ सिंह कार्की, किरण ढुंगाना, पुरुषोत्तम खतिवडा र सञ्जिव चौधरी पनि सदस्य रहेका छन्।

नवगठित खबरदारी समितिको सोमबारै बसेको बैठकले विभिन्न ५ बुँदे निर्णयसमेत गरेको छ। जस अनुसार अघिल्लो दिन काटिएको विद्युत् लाइन तत्काल पुनः जडान गर्न सम्बन्धित निकायसमक्ष आग्रह गर्ने, उद्योगमा हाल देखिएको कोइला, कवाडी, सुरक्षाकर्मी व्यवस्थापन लगायतको बेथिति र भ्रष्टाचार तथा अनियमितताको वास्तविकता पत्ता लगाई कारबाही गर्न तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्ने निर्णय गरेको छ।

त्यसैगरी उद्योग सुधारका लागि विभिन्न मागसहित जिल्ला प्रशासन कार्यालय र उद्योग मन्त्रालयमार्फत सरकारको ध्यानाकर्षण गराउने तथा माग पुरा नभएसम्म गेटअगाडि हरेक दिन बिहान ९ः०० देखि १०ः०० बजेसम्म धर्ना दिने, उद्योगमा कार्यरत ट्रेड युनियनहरुसँग नियमित अन्तरक्रिया र छलफल जारी राख्ने निर्णय पनि बैठकले गरेको छ। पारित निर्णयहरुको कार्यान्वयनका लागि भोलिदेखि नै समिति सक्रिय भएर लागी पर्ने संयोजक खतिवडाले बताए। 

कार्यकालको २ वर्षे अवधिमा उद्योगलाई पूर्णरुपमा धराशायी बनाएको भन्दै मजदुर संघसंगठनले महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपानेको राजीनामा माग्दै उद्योग मन्त्रीलाई ज्ञापन पत्र बुझाई सकेका छन्।

मजदुरहरुको यही मागसँगै सुरु भएको खबरदारी आन्दोलनले उद्योगलाई जसरी पनि लयमा फर्काउने लक्ष्य लिएको संयोजक खतिवडाले बताएका छन्।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
४० मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस