यौन दुर्व्यवहार आरोपमा ३ दिनअघि पक्राउ परेका कृषि वैज्ञानिक मदन राईमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत खोटाङले ७ दिनको म्याद दिएको छ।
शुक्रबार आफ्नै फाउण्डेसनबाट पक्राउ परेका राईमाथि थप अनुसन्धान गर्न आईतबार प्रहरीले ७ दिनको म्याद थपेको हो।
खोटाङ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) मञ्जिल मुकारुङले राईमाथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद दिएको बताए। खोटाङ सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ स्थित सुभद्रा–मदन फाउण्डेसनका सञ्चालक राई आफ्नै विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका थिए।
पीडितहरुको लिखित तथा मौखिक उजुरीका आधारमा राईलाई शुक्रबार दिउँसो उनकै फाउण्डेसनको कार्यालयबाट पक्राउ गरिएको थियो। त्यहाँ अध्ययनरत बालिका तथा किशोरीहरुको शरिरमा हातपात गर्ने तथा अन्य यौनजन्य क्रियाकलाप गर्ने गरेको भन्दै परेको उजुरीका आधारमा सोधपुछका लागि उनलाई पक्राउ गरिएको डिएसपी मुकारुङले बताए।
‘यौन दुर्व्यवहार गरेको भन्ने उजुरी आएपछि उहाँलाई फाउण्डेसनबाटै नियन्त्रण गरेर जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गर्ने काम भईरहेको छ’ डिएसपी मुकारुङले भने ‘उहाँमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले अदालतबाट आजै मात्र ७ दिनको म्याद थपिएको छ।’