घर धितो राखेर ऋण
१६ फागुन २०७३
•
४ मिनेट पाठ
घर धितो राखेर ऋण
काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई बनाउँदै गरेको घर र घडेरी  धितो राखेर सहुलियत दरमा ऋण दिन प्रस्ताव गरेको छ। प्रधानमन्त्रीसहित सरोकारवाला मन्त्रालयको  आइतबार बसेको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले सो प्रस्ताव राखेका हुन्।




प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माणलाई तीव्रता दिन अन्तरमन्त्रालय र निकायबीच समन्वय गराउने उद्देश्यले सरोकारवाला निकायको बैठक बोलाएका थिए।

बैठकमा प्रधानमन्त्री दाहालले आवश्यक कार्यविधि बनाई लाभग्राहीलाई सहुलियत ऋण उपलब्ध गराउन निर्देशन दिएका थिए। उनले पुनर्निर्माण र राहतलाई तीव्रता दिन पनि प्राधिकरण र सरोकारवाला मन्त्रालयलाई  निर्देश गरे।

बैठकमा प्राधिकरण प्रमुख कार्यकारी अधिकृत, सहरी विकासमन्त्री अर्जुननरसिंह केसी, स्थानीय विकासमन्त्री हितराज पाण्डे, शिक्षामन्त्री धनीराम पौडेल, मुख्यसचिव सोमलाल सुवेदी, नेपाल राष्ट्र बैंकका गभर्नर र अन्य सरोकारवाला मन्त्रालयका सचिव उपस्थित थिए।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्राधिकरण तर्फबाट निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधिबमोजिमका जग्गामा बन्दै गरेका घर धितो राखेर लाभग्राहीलाई सहुलियत ऋण दिने प्रस्ताव बैठकमा राखेको जानकारी दिए। तर लाभग्राहीले बैंकलाई मान्य हुने आयआर्जनको सुनिश्चितता गराउनुपर्नेछ। ऋण दिनुपर्ने भूकम्पपीडितलाई राष्ट्र बैंकलेे विपन्न वर्गअन्तर्गत परिभाषित गर्नुपर्ने उनको प्रस्तावमा छ।

'गुठी, स्ववासी, गाउँ ब्लकलगायत निस्सा भएका तर लालपुर्जा नभएका व्यक्तिलाई घरको नक्सा पास गर्न समस्या परेको हुँदा सो बाधा अड्चन फुकाउनेसम्बन्धी निर्णयका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ,' बैठकपछि पोखरेलले भने।

'ऋणको भाकाभित्र सो घर र जग्गा बेचविखन गर्न पाइने छैन,' उनले भने, 'ऋण नतिरेको अवस्थामा ऋणको भाका नाघेपछि नागरिकता, पासपोर्टलगायत स्थानीय निकायबाट गरिने सिफारिसमा रोक लगाउने तथा कुनै पनि सामाजिक सुविधा नदिने प्रस्ताव गरिएको छ।'

त्यस्तै, बस्ती स्थानान्तरण तथा पुनर्स्थापना सम्बन्धमा सरकारी वन, सार्वजनिक स्थान र बाटोमा घर भई लाभग्राहीको सूचीमा परेका भूकम्पपीडितलाई सुरक्षित स्थानमा जग्गा किन्न एकमुष्ट एक लाख रुपैयाँ दिन प्रस्ताव गरिएको छ। त्यसका लागि लाभग्राही वा उसको परिवारका अन्य सदस्यका नाममा अन्यत्र कतै जग्गा नभएको हुनुपर्ने र हाल बसेको स्थान छोड्नुपर्ने सर्त राखिएको छ।

दस घर परिवारसम्मका साना–साना बस्तीलाई स्वेच्छाले अन्यत्र जाने गरी कार्यक्रम ल्याउने प्रस्तावमा उल्लेख छ। उनीहरूले पनि जग्गा किन्न एकमुष्ट एक लाख रुपैयाँ पाउनेछन्। अन्यत्र जान नचाहने दसभन्दा बढी घर परिवार भएका बस्तीमा प्राधिकरण आफैंले पुनर्निर्माण तथा पुनर्स्थापना गर्ने छ।

'प्रस्तावमा प्रधानमन्त्रीज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,' पोखरेलले भने, 'आवश्यक कार्यविधि बनाएर पुनर्निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभएको छ।'
अर्को समाचार
नक्कली सुन धितो राखेर ठग्ने दुई जनालाई कैद सजाय
२६ माघ २०७१
•
१ मिनेट पाठ
नक्कली सुन धितो राखेर ठग्ने दुई जनालाई कैद सजाय
खोटाङ– नक्कली सुन धितो राखेर ठगी गर्ने खोटाङका दुई जना कारागार चलान भएका छन्। सोलुखुम्बुको लुक्ला बजारका स्थानीयलाई नक्कली सुन धितो राखेर ठगी गरेको आरोपमा पक्राउ परेका खोटाङको उत्तरी गाबिस बाकाचोलका कर्णबहादुर तामाङ र गोपीचन्द्र विश्वकर्मा कारागार चलान भएका हुन्।जिल्ला अदालत सोलुखुम्बुका न्यायाधिस दिपककुमार खरेलको इजलासले आरोपी तामाङ र विश्वकर्मालाई दुई–दुई वर्ष जेल सजायका साथमा जरिवाना तोकेको छ। अदालतले तामाङलाई जेल सजायको साथमा ३ लाख ३९ हजार र विश्वकर्मालाई कैंद बाहेक १ लाख ११ हजार जरिवानाको फैसला सुनाएको प्रहरीले जनाएको छ।




१४ तोलाको नक्कली सुनको चुरालाई सक्कली भनेर झुक्याउँदै धितो राखेर लुक्लाका कृष्णबहादुर नेपालीबाट ४ लाख ५० हजार नगद लिएर ठगी गरेर फरार बनेका तामाङ र बिकलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले गत भदौ–२४ गते पक्राउ गरेको थियो।

कारागार चलान भएका तामाङ राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सोलुखुम्बुमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए। बिश्वकर्मा काठमाडौंबाट नक्कली सुन खरिद बिक्री गर्दै आएको प्रहरीले बताएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस