उदयपुर प्रहरीले विभिन्न अपराधमा संलग्न भई फरार रहेका आधा दर्जन प्रतिवादीलाई पक्राउ गरेको छ।
विभिन्न समयमा आपराधिक कार्यमा संलग्न भई अदालतबाट दोषी प्रमाणित भएको फैसला भए पनि फरार रहेका ६ जना अभियुक्तलाई प्रहरीले खोजबिनको क्रममा फेला पारी पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर मोहन थापाका अनुसार लागू औषध अभियोगका अभियुक्त २, कुटपिटका २, चोरी १ र बैंकिङ कसुरका १ अभियुक्तलाई शनिबार पक्राउ गरिएको हो।
लागू औषध कारोबार मुद्दामा उदयपुर जिल्ला अदालतले १ वर्ष ९ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोके पनि फरार रहेका त्रियुगा नगरपालिका ४ बगाहाका २२ वर्षीय सुबन भन्ने होमबहादुर मगर पक्राउ परेका छन्। लागू औषधकै अर्का अभियुक्त त्रियुगा नगरपालिका ३ मोतिगडाका ६४ वर्षीय हर्कबहादुर कामी पक्राउ परेका छन्। उनलाई १० महिना ४ दिन कैद र ५ हजार जरिवानाको फैसला अदालतले गरेको छ।
त्यसैगरी चोरी मुद्दा अभियोगमा ११ महिना ४ दिन कैद र १० हजार जरिवानाको फैसला सु्नाइएका त्रियुगा नगरपालिका ३ भुल्केका २३ वर्षीय मोहम्मद कलाम मोदिन पक्राउ परेका छन्। त्रियुगा १२ का २७ वर्षीय मिथुन चौधरी र १२ कै २४ वर्षीय गणपति चौधरी कुटपिट मुद्दाको अभियोगमा फरार सूचिमा रहेका थिए।
उनीहरूलाई क्रमशः ५/५ हजार जरिवानाको फैसला अदालतले गरेको छ। अर्का पक्राउ अभियुक्त त्रियुगा ७ का केशरबहादुर राई हुन्। बैंकिङ कसुृरका अभियुक्त राईलाई अदालतले ७ दिन कैद र ५ हजार जरिवाना तोकेको छ।
वर्षौँदेखि खोजीको सूचीमा रहेका उनीहरूलाई खोजविनको क्रममा विभिन्न ठाउँमा रहेको सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले पक्राउ गरेको हो।
उनीहरूलाई आईतबार नै सजाय भुक्तानका लागि जिल्ला अदालत पठाईसकिएको प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयाँलले बताए।