साकेला उभौलीलाई प्रदेश पुनः नामाकरण आन्दोलनको रुपमा मनाइँदै
२३ वैशाख २०८०
•
४ मिनेट पाठ
साकेला उभौलीलाई प्रदेश पुनः नामाकरण आन्दोलनको रुपमा मनाइँदै
क्याप्सनः साकेला थान उद्घाटनपछि भूमि पुजा गर्दै उपमेयर राई । र उभौलीमा नाच्न लामबद्ध युवायवति । तस्विरः महेश्वर
वैशाख २२ गते शुक्रबारदेखि सुरु किराती समुदायको महत्वपूर्ण चाड ‘साकेला उभौली ०८० (धिरीनाम ५०८३)’ भव्य रुपमा मनाउन थालिएको छ। यसैबीच यसवर्ष यो चाडलाई राई, लिम्बु, याक्खा, सुनुवारलगायत किराती समुदायले १ नं. प्रदेशको पुनःनामाकरणको आन्दोलनकै रुपमा मनाउने भएका छन्।  




देशव्यापी रुपमा किरात राई यायोक्खाको अगुवाईमा मनाइने यो चाडलाई प्रदेश पुनःनामाकरण आन्दोलनकै निरन्तरताको रुपमा मनाउन लागिएको हो। यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले फागुन १७ गते १ नं. प्रदेशको नाम पहिचानविरोधी ‘कोशी’ राखेको बिरोधमा उभौलीलाई आन्दोलनकै रुपमा मनाउन लागिएको बताईन्। प्रदेशको नाम राख्दा पहिचानबिरोधी राखेको भन्दै किरात राई यायोक्खा तथा लिम्बुवानसम्बद्ध याक्थुम चुम्चुङलगायत संघसंस्थाहरुले प्रदेशको पुनःनामाकरणको माग गर्दै २ महिनायता प्रदेशभर आन्दोलन जारी राखेका छन्।  

आन्दोलनको क्रममा पदम लिम्बु (लाजेहाङ)को वीरगतिसमेत प्राप्त भईसकेकाले यसवर्षको उभौलीलाई अभियानकै रुपमा मनाउँदै आन्दोलान अघि बढाउने ‘प्रदेश पुनःनामाकरण संघर्ष समिति’ले जनाएको छ। संघर्ष समितिकै निर्देशन र समन्वयमा प्रदेश र राजधानी काठमाडौंलगायत देशभर यसवर्षको उभौलीलाई प्रदेश १ को पुनःनामाकरणको माग गर्दै मनाउने अध्यक्ष राईले बताईन्। उनका अनुसार संघर्ष समितिले प्रदेश १ का १४ वटै जिल्लामा पुनःनामारणको मुद्धालाई थप उजागर गर्दै आन्दोलनको रुपमा उभौली मनाउने निर्णय गर्दै जारी गरेको सर्कुलर गरेको छ।  

पहिचानबिरोधी प्रदेशको नाम वहिस्कार गर्ने संकेत लेखिएको प्लेकार्ड छातिमा टाँसेर निस्केको जुलुसले बजारमा र्याली नकाल्ने तथा ढोल झ्याम्टासहित साकेला नाच्ने निर्णय भएको समितिले जनाएको छ ।संघर्ष समितिको सर्कुलर अनुसार पहिचान प्राप्तीको अभियानलाई थप बलियो बनाउँदै तार्किक निश्कर्षमा पुर्याउन आन्दोलनकै अंशको रुपमा उभौली मनाउन लागेको यायोक्खा केन्द्रीय सदस्य दिपक किरातीले बताए । पहिचानको विषय घनिभूत बहसमा उतार्दै आन्दोलनलाई पणिाममुखी निश्कर्षमा पुर्याउन उभौलीको अवसरलाई भरपुर उपयोग गर्न पनि सांस्कृतिक गतिबिधि र मुन्दुमी अभियान चलाउने निर्णय गरेको किरातीले बताए ।  

‘आन्दोलन गर्नु ढुंगामुडा, लाठी बन्दुक र बन्द हड्ताल मात्र होईन, नाच, गान, पुजा आराधना र संस्कार संस्कृतिको उपयोग गरेर पनि गर्न सकिन्छ’ किरातीले भने ‘त्यसैले हाम्रो आन्दोलनलाई जारी राख्दै थप सशक्त बनाउन सांस्कृतिक गतिबिधि गर्दै निरन्तरता दिन लागेका हौँ ।’ केन्द्रीय सदस्य किरातीले यसवर्षको उभौली मनाउदै शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिदै उभौली मनाउन सबै पहिचान पक्षधरहरुलाई यायोक्खाले आग्रह पनि गरेको छ ।  

पहिचानसहितको पुनःनामाकरण अभियानलाई प्रदेशका सबै स्थानीयतहहरुमा वडा र गाउँसम्म पुर्याउने लक्ष्य अनुरुप जिल्लाव्यापी कार्यक्रमको तालिका तय गरिएको यायोक्खाले जनाएको छ । जस अनुसार वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्मको पहिलो चरणको तालिका सार्वजनिक भईसकेको छ । त्रियुगा नगरपालिकाका १६ वटै वडामा कार्यक्रम गर्ने तालिका बनेजस्तै अन्य २ नगर र ४ गाउँपालिकामा पनि पहिचानको आन्दोलनलाई उभौलीको माध्यमबाट गाउँगाउँ र टोलबस्तीसम्म पुर्याउने यायोक्खाको योजना छ ।  

बाबरीमा साकेला थान उद्घाटन  

यसैबीच त्रियुगा नगरपालिका १० बोक्सेस्थित बाबरीमा साकेला थान निर्माण भएको छ । बाबरी सामुदायिक वन उपभोक्ता समूहको १ कठ्ठा जमिनमा नगरपालिका र वडा कार्यालयको सहयोगमा स्थानीयबासीले जनश्रम जुटाएर थान निर्माण गरेको स्थानीय युवा मिलन राईले बताए । उनका अनुसार नगरपालिकाको ‘जनतासँग उपमेयर कार्यक्रम’अन्तगत १ लाख, वडाको १ लाख र अढाईलाख बराबर जनश्रमबाट थान निर्माण भएको हो।  

नवनिर्मित थानको उपमेयर महेश्वरी राईले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिन् । उद्घाटन गर्दै उपमेयर राईले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक र बहपहिचानको बिबिधतायुक्त देश भएकाले एकले अर्काको पहिचान, धर्म, संस्कार, संस्कृति र भाषाको सम्मान गर्न आग्रह गरिन् । साकेला उभौली, उधौली किराती समुदायले मनाउदै आए पनि यो सबैको साझा चाड भएको भन्दै पछिल्लो समय सबैले मनाउन थालेको बताईन । जुनसुकै समुदायको चाडपर्वलाई सबैले उत्तिकै सम्मान गर्न आग्रह गर्दै उनले ययो गरे मात्र समाजमा शान्ति र अमनचयन कायम हुने बताईन्।  

वडाध्यक्ष किरण पाण्डेले सदरमुकाम गाईघाटसँगै जोडिएको ठाउँ भए पनि बाबरी आवश्यक सडक र पूर्वाधार अभावमा बिरानो बन्दै गएको गुनासो गरे । बाबरीको खाली बगरलाई सुरक्षित गर्दै निकट भविष्यमा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना अघि बढाउन लागेको बताउँदै उनले एक दशक अघिसम्म मंगलबार भिडभाडका साथ हटिया लाग्ने बाबरी अहिले लगभग सुनसान हुन पुगेकाले पुनः व्युँताउन लागेको बताए। बरुवा खोला किनारमा लगभग ३० बिगाहा क्षेत्रफल ओगटेको बाबरीमा हाल २५ घरधुरी बसोबास रहेको छ भने एउटा फुटलब खेलमैदान र सामुदायिक वन समूह भवन छ । स्थानीयहरुको पहलमा साकेला थान भने त्यहाँ भर्खरै निर्माण गरिएको हो।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
२३ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
यो पनि पढौँ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस