पृथ्वी दिवसका अवसरमा ललितपुरमा साइकल र्‍याली
०९ वैशाख २०८०
•
२ मिनेट पाठ
पृथ्वी दिवसका अवसरमा ललितपुरमा साइकल र्‍याली
पृथ्वी दिवसका अवसरमा आज ललितपुरमा साइकल र्‍याली सम्पन्न भएको छ।नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल र्‍याली गरिएको हो।




साइकल र्‍यालीको शुभारम्भमा धारणा राख्दै नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले यो महत्वपूर्ण कार्यक्रममार्फत नेपाली समुदायसँग सहकार्य गर्न पाएकामा निकै खुसी लागेको बताए।

नेपाल प्राकृतिक हिसाबले राम्रो देश हो, यो साइकल यात्रा कार्यक्रम गरेको राम्रो हो, वातावरण संरक्षणका लागि विश्वका सबै देशले यस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ, सबै देशका नागरिक, देश र विश्वकै वातावरणका लागि महत्वपूर्ण छ’, राजदूत थम्पसनले भने । उनले महालक्ष्मी नगरपालिका–८ को स्वास्थ्यचौकी परिसरमा वृक्षरोपणसमेत गरे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले साइकल र्‍यालीले ‘स्मार्ट सिटी’ बनाउने महानगरको अभियानलाई सहयोग पुग्ने बताए । ‘ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियानअन्तर्गत नेपालमा पहिलोपटक हामीले साइकल लेन बनाएका छौँ, अहिलेसम्म हामीले ३२ दशमलव पाँच किमी साइकल लेन बनाइसकेका छौँ, साइकल र्‍याली हुनु खुसीको कुरा हो’, प्रमुख महर्जनले भने, ‘साइकल चढ्नु स्वास्थ्यका लागि पनि राम्रो छ, यस्ता कार्यक्रमले हाम्रो कामलाई पनि सहयोग मिलेको छ ।’ उहाँले साइकलको प्रयोगबाट पेट्रोलियम पदार्थलाई विस्थापित गर्न र आर्थिक बचतका लागि सहयोग पुग्ने बताए।

अमेरिकन राजदूतावसको सहयोगमा नुसान र आइएसएसआरको संयुक्त कार्यक्रमका लागि ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले समन्वय गरेका हुन्।आज विश्वभर विभिन्न कार्यक्रमका साथ पृथ्वी दिवस मनाइँदैछ । हरेक २२ अप्रिलका दिन एक सय ९२ भन्दाबढी राष्ट्रमा पृथ्वी दिवस मनाइन्छ।पृथ्वीको पर्यावरणका बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको यो एउटा महत्वपूर्ण दिवस हो।

सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्तऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाका लागि एक दिनको माग गरेका थिए।पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाका रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुआत गरे । त्यस दिनदेखि आजसम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसारभर विश्व पृथ्वी दिवस मनाउन थालिएको हो।

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पु¥याएको थियो।त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो।  
अर्को समाचार
जगतको जगतसेवा
११ वैशाख २०८१
•
५ मिनेट पाठ
जगतको जगतसेवा
नयाँ योजना कार्यान्वयन गर्न ठीक पारेको साइकल र साइकलको डालामा राखिएको चन्दा संकलन गर्ने खुत्रुकेका साथ अर्ज्याल।
समाज सेवाका लागि धन नभएर मन मात्रै भए पनि सम्भव हुनेरहेछ भन्ने उदाहरण बनेका छन्, विराटनगरका समाजसेवी जगत अर्ज्याल। अर्ज्यालले करिब दुई दशक पहिले विराटनगरको रोडशेष चोकनजिकै घर भाडामा लिएर असहाय वृद्धवृद्धाको सेवा सुरु गरेका थिए।




रिटायर भएपछि बुढो भएको ठानेर अधिकांशले जीवनमा आराम गर्ने सोच बनाउने गर्दछन्। तर, रिटायर भएपछि नै अर्ज्यालले जीवनमा नयाँ संघर्ष सुरु गरे। जीवनमा आफू मात्रै बाँच्ने नभई अरुलाई पनि बचाउने र दुःखमा परेका मानिसलाई सहयोग गर्ने उद्देश्य राखेर अर्ज्यालले एउटा चुनौतीपूर्ण लक्ष्यसहित शिक्षकबाट अवकाश लिएपछि नयाँ कामको सुरुवात गरेका थिए।

पूर्व शिक्षक अर्ज्यालले आफूले पाउने पेन्सनको आधा रकम वृद्ध आश्रमलाई र आधा रकम परिवारका लागि विभाजन गरे। मानव सेवा गर्ने लक्ष्यका साथ बुढेसकालमा अर्ज्यालले थालेको यात्रा निक्कै चुनौतीपूर्ण थियो। त्यसलाई स्वीकार्दै उनले साइकलमा विराटनगरका मानिसहरूसँग एकएक रुपैयाँ उठाउँदै हिँडे।

एकएक रुपैयाँ उठाउँदै गाँसबासको व्यवस्था गर्दै आएका अज्र्याललाई आश्रमको आफ्नै भवन होस् भन्ने लाग्न थाल्यो। त्यसपछि उनले ५ रुपैयाँ अभियान सुरू गरे।

शहरका मानिसहरूसँग ५ रुपैयाँ रकम सहयोग उठाउँदै अर्ज्यालले घर निर्माणका लागि जग्गा खरिद गर्ने रकम जुटाए। उनले विराटनगरस्थित सिंगिया नदी नजिकै १२ कठ्ठा जग्गा आश्रमका लागि खरिद गरे।

सुरूमा ३ लाख रुपैयाँ कठ्ठाले खरिद गरेको जग्गाको मूल्य हरेक वर्ष जसो बढ्दै गयो। १० वर्षको अवधिमा १२ कठ्ठा जग्गा खरिद गरिएको छ। सुरूमा ३ लाख रुपैयाँ कठ्ठाले जग्गा किने पनि पछिल्लो पटक किनेको जग्गाको मूल्य नै १० लाख रुपैयाँ कठ्ठा परेको अर्यालले बताए। १२ कठ्ठा जग्गा किन्दा कुल ६३ लाख रुपैयाँ खर्च भएको अर्ज्यालले बताए।

जग्गा खरिद गरेर यत्तिकैका उनि चुपलागेर बसेनन्। उनको पाँच रुपैयाँ अभियानले सार्थकता पाउँदै गयो। अर्ज्याल हरेक बिहान ‘वृद्ध आश्रम निर्माणका लागि ५ रुपैयाँ अभियान’ नारा लेखेको साइकल लिएर शहरमा पैसा उठाउन निस्कन्थे। उनले ४ लाख ९२ हजार ९ सय ३ जनासँग पाँच रुपैयाँ रकम संकलन गरेको बताए।

यस्तै विदेशमा बसोबास गर्ने १ हजार ७ सय ३३ जना नेपालीसँग पनि रकम उठाएको अर्ज्यालले बताए। उनले आश्रमको जग्गा खरिद र भवन निर्माणका लागि नेपालीहरूसँग मात्रै पैसा उठाउँछन्। एकजना भुटानीले भुटानी ५ रुपैयाँ पैसा पनि दिएको अर्ज्यालले जानकारी दिए। ५ बिघा जग्गा किनेर एशियाकै नमूना वृद्ध आश्रम बनाउने लक्ष्य राखे पनि त्यति धेरै जग्गा विराटनगरमा किन्न मुस्किल भएको उनी बताउँछन्।

एकै ठाउँमा ५ बिघा जग्गा नपाइने, जग्गाको मूल्य बढेकाले धेरै पैसा चाहिने र दाताहरूले पनि एकै स्थानमा त्यति धेरै जग्गा नदिने भएकाले एसियाकै नमूना बनाउने चाहना भने अधुरै रहने पो हो कि भन्ने उनलाई अचेल लाग्न थालेको छ।

आश्रितहरूका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा र आश्रम सञ्चालनका लागि हाल १ हजार ३ सय ९७ जनाले दैनिक एक रुपैयाँका दरले आश्रमलाई सहयोग प्रदान गरिरहेको अर्ज्यालले बताए। यस्तै विभिन्न समयमा चन्दा, खाद्यान्न, लत्ताकपडा लगायतका सामग्रीहरू पनि सहयोगमा प्राप्त हुने गरेको छ।

एकै ठाउँमा धेरै जग्गा किन्न नसके पनि विभिन्न दाताहरूले दिएको जग्गामा वृद्ध आश्रम विस्तार गर्ने र ज्येष्ठ नागरिक अस्पतालसमेत बनाउने योजना आफूले अघि सारेको अर्ज्यालले जानकारी दिए। विराटनगर-६ रामपुरमा दाताहरूले एक विघा जग्गा आश्रमलाई दिएका छन्। सो जग्गामा वृद्ध आश्रम र ज्येष्ठ नागरिक अस्पताल निर्माणको काम सुरू भइसकेको छ।

खासमा ज्येष्ठ नागरिकको उपचार गर्ने छुट्टै अस्पताल आवश्यक भएको महसुस गरी सुविधासम्पन्न जेष्ठ नागरिक अस्पताल निर्माण सुरू गरेको अर्ज्यालले बताए। सामान्य अस्पतालमा ज्येष्ठ नागरिकलाई उपचार गर्न अप्ठ्यारो पर्ने र ज्येष्ठ नागरिकमैत्री वातावरण नहुँदा सास्ती खेप्नु परिरहेको छ। छुट्टै अस्पतालको निर्माण गर्नसके ज्येष्ठ नगारिकले सहजरुपमा सेवा पाउने अर्ज्यालको धारणा छ।

साइकल नै चलाएर चन्दा संकलन गरी वृद्ध आश्रम निर्माण गरेका अज्र्याल अहिले पनि उत्तिकै जोशिला छन्। उमेरले ८२ वर्ष पुगिसकेका अर्ज्याल यतिबेला पनि साइकलमै हिँड्ने गर्दछन्। साइकलमा यात्रा गर्दा मन लागेको ठाउँमा जान सकिने र पैसा पनि जोगिने भएकाले आफूले यात्राका लागि साइकलकै प्रयोग गर्दै आएको अज्र्याल बताउँछन्।

अर्ज्यालले ५ रुपैयाँ अभियानबाट जुटाएको रकमसँगै विराटनगरका उद्योगी, समाजसेवीले पनि आर्थिक सहयोग गर्ने गरेका छन्। सबैतिरबाट व्यवस्थित वृद्धाश्रम निर्माणका लागि सहयोग मिलेपछि अर्ज्यालले विराटनगरस्थित सिंघिया खोला नजिकैको जग्गामा बृद्ध आश्रमको भवन निर्माण सुरु गरे। हाल विराटनगरमा विराटेश्वर वृद्ध आश्रमको आफ्नै भवन तयार भएको छ।

वृद्ध आश्रमममा आश्रितहरूमध्ये पुरुष र महिलाका लागि छुट्टाछुट्टै ब्लक छ। हालसम्म वृद्धाश्रममा एक सय ६४ जनाले आश्रय लिइसकेका छन्। जसमध्ये २० वर्षको अवधिमा १ सय जनाको मृत्यु भइसकेको छ भने हाल ६४ जना आश्रित छन्।

विराटेश्वर वृद्धाश्रम १ सय १० जना क्षमताको छ। ‘कुनै पनि काम गर्दा जति धेरै संघर्ष ग¥यो, सफलता पाउँदा त्यत्ति नै धेरै आनन्द आउने रहेछ,’ अज्र्यालले भने, ‘परोपकारको काम कहिल्यै असफल हुँदैन।’

उमेरले ८२ वसन्त पार गरे पनि अर्ज्याललाई अझै समाजसेवाको हुटहुटीले छाडेको छैन। समाजका लागि केही गरौं भन्ने उत्साह अझै यथावत् छ। कोरोनाका कारण योजना अवरुद्ध भए पनि नयाँ योजनालाई पुनः अघि बढाउने सोचमा अर्ज्याल छन्।

विपन्न र भूमिहीनहरूका लागि बस्ती निर्माण गर्न विराटनगरमै एक करोड ६ लाख रुपैयाँमा एक बिघा जग्गा किनेर ‘तीनपुस्ते लिबर्टी नेसनल पार्क’ बनाउने योजनामा अर्ज्याल छन्। उनले राजनीतिक रुपमा राजा, राणाकाल र प्रजातन्त्र गरी तीन पुस्तालाई झल्काउने पार्क बनाउने र प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदहरूको सम्झनामा भूमिहीनहरूका लागि गाउँ बनाउने नयाँ योजना अघि सारेका हुन्।

अर्ज्यालले कोशी प्रदेशका विभिन्न जिल्लामा एक वर्षसम्म घुमेर रकम संकलन गर्ने र त्यो रकमबाट पार्क र बस्ती निर्माण गर्ने योजना बनाएका छन्। यसका लागि उनले नयाँ साइकलसमेत प्राप्त गरिसकेका छन्।

साइकल पुग्ने ठाउँमा साइकलमा र नपुग्ने ठाउँमा पैदलै हिँडेर भए पनि रकम सङ्कलन गर्ने उनको योजना छ। स्वास्थ्य र उमेरले जहिलेसम्म साथ दिन्छ, समाजसेवाको कामलाई निरन्तरता दिइरहने उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस