अत्याधिक भारवहनका गाडीले ‘मदन भण्डारी लोकमार्ग’ असुरक्षित
०४ वैशाख २०८०
•
४ मिनेट पाठ
अत्याधिक भारवहनका गाडीले ‘मदन भण्डारी लोकमार्ग’ असुरक्षित
मदन भण्डारी लोक मार्गको गाईघाट–कटारी खण्डको राईटोलमा भत्केको सडक मर्मत गर्ने तयारीमा। तस्बिर: महेश्वर।
मापदण्ड भन्दा बढी भारवहन क्षमताका सवारी साधनहरु चलाउनाले निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’ असुरक्षित हुन पुगेको छ।




उदयपुरको बसाहाबाट सिन्धुलीको भिमानसम्मको खण्डमा अधिक भारवहनका मालबाहक सवारी चल्दा सडक असुरक्षित भएको हो।

मदन भण्डारी लोक मार्गको समेत रेखदेख गर्ने जिम्मा पाएको ‘गाईघाट दिक्तेल सडक योजना कार्यालय’ उदयपुरले यसबारे चिन्ता जनाउँदै अनुगमन र नियमनका लागि प्रशासनसँग माग गरेको छ। कार्यालय प्रमुख (डिई) गोपाल खकुरेलले जिल्ला प्रशासन कार्यालय उदयपुर र सिन्धुलीलाई पत्राचार गर्दै लोकमार्गकाे सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै अनुगमन र नियमनको माग गरेका हुन्।

कार्यालयले निर्माणाधीन लोकमार्गमा विशेष गरी अधिक भारबहन क्षमताका चुनढुङ्गा र निर्माण सामग्री बोकेका टिपरहरु (मालवाहक सवारी साधन) को भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४’ विपरीत सञ्चालन हुने भेटिएको जनाएको छ।

चुनढुङ्गा र निर्माण सामग्री बोक्ने टिपरहरु निर्देशिकामा तोकिएको भारवहन क्षमता भन्दा बढी भार बोकेर सञ्चालन भइरहेको भन्दै त्यस्ता सवारीसाधनले लोक मार्गलाई असुरक्षित बनाएको प्रति सचेत गराइएको छ। त्यस्ता मालवाहक सवारी साधनहरु सोही निर्देशिकाको बुँदा नं. ३.१ वा १३.५ मा भएको व्यवस्था बमोजिम हुने गरी अनुगमन तथा नियमन गर्न प्रशासनलाई आग्रह गरिएको छ।

पत्र संख्या ०७९–८० तथा चलानी नं. ३८४ को पत्रमा कार्यालयले दुवै जिल्ला प्रशासन कार्यालयलाई सडक संरचनाको संरक्षण गर्ने कार्यमा सहयोग गर्न पनि आग्रह गरेको छ। कार्यालयले प्रशासनलाई लेखेको पत्र सार्वजनिक सम्पत्तिको संरक्षणमा आवश्यक सहयोग गर्न लोक मार्गले छोएका उदयपुरका ५ वटा र सिन्धुलीका २ वटा स्थानीयतहहरूलाई बोधार्थसहित अनुरोध गरेको छ। साथै सो कुराको अनुगमन तथा नियमन कार्यमा समन्वय गर्न कार्यालयका सूचना अधिकारी इन्जिनियर प्रभात किरण राईलाई निर्देशन पनि दिइएको छ।

डिई खकुरेलका अनुसार अधिक भारवहन क्षमताका गाडीहरु चल्नाले लोकमार्ग छ्ट्टिै भत्कने खतरा हुन्छ। दश टन भारबहन क्षमताका ‘एक्सल लोड क्यापसिटी’ सडकमा २५–३० टन बोकेका टिफरहरु निरन्तर गुड्दा सडकको आयु छोटिने खकुरेल बताउँछन्। यस्ता अधिक भारवहनका गाडीहरु निरन्तर चले भने दश वर्ष टिक्ने सडक एक वर्षमै ध्वस्त हुने भएकाले कडा नियमनको खाँचो महसुस गर्दै प्रशासनलाई गुहारेको डिई खकुरेलले बताए।

‘हाम्रो सडकको क्षमता अधिकतम दश टनसम्म बोक्ने हो, त्यैमाथि राम्ररी बनिसकेको पनि छैन’ खकुरेलले भने ‘तर, यहाँ २५–३० टन बोकेका टिफरहरु बग्रेल्ती गुडिरहेका छन्, यसले सडक छिट्टै ध्वस्त बनाउँछ।’
अधिक लोडका टिपर र ट्रककै कारण लोक मार्गको केही ठाउँ सडक भत्कन सुरु भएको पनि उनले सुनाए। गाईघाट–कटारी खण्डको गवुवा, राईटोल क्षेत्रका दुई ठाउँमा सडक बनी नसक्दै भत्केको छ। मौवासी हुँदै बग्ने बैजनाथ खोला किनारै किनार निर्मित सडक दुई ठाउँमा झण्डै डेढ सय मिटर खोलापटिको भाग भासिएको छ। खोला किनारबाट रिटेनिङ वाल निर्माण गरेर बनाइएको सडक अधिक भारवहनका सवारी गुडेकै कारण छेउपटि्टकाे झण्डै तीन मिटर चौडा भासिएको छ। एक वर्ष अघिको वर्षा याममा भासिएको दुवै ठाउँमा भर्खर मर्मत कार्य सुरु भएको पनि डिई खकुरेलले बताए।

मदन भण्डारी लोकमार्ग भएर उदयपुर गढी गाउँपालिकास्थित खानीबाट चुनढुङ्गा निकालेर धनुषामा रहेको सौर्य सिमेन्ट उद्योगलाई लाने गरिएको छ। त्यस्तै अर्को सिरहामा रहेको मारुती सिमेन्टका लागि सिन्धुलीको ककुरठाकुरमा रहेको खानीबाट निकालिएको चुनढुङ्गा उदयपुर भएर लाने गरिएको छ। ती दुवै उद्योगका लागि चल्ने दैनिक सयौँ संख्याका टिपरहरुकै कारण निर्माण नसकिँदै लोकमार्ग असुरक्षित हुन पुगेको हो।

मधेस प्रदेश राजधानी धनुषामा रहेको सौर्य सिमेन्टका लागि उदयपुर गढी ६ नेपालटारस्थित खानीबाट निकालेको चुनढुङ्गा दैनिक दर्जनौँ टिपर तथा ट्रकहरू अधिक क्षमताको भारवहनसहित नेपालटार–कटारी–भिमानबाट सर्लाहीको बर्दिबास हुँदै धनुषा पुग्ने गरेका छन्।

त्यस्तै अर्को सिराहा चोहर्वास्थित रहेको मारुती सिमेन्टका लागि सिन्धुलीको ककुरठाकुरमा रहेको खानीबाट निकालेको चुनढुङ्गा कटारी ११ को बेतिनी भन्ज्याङ–कटारी बजार हुँदै मिर्चया जोड्ने सिद्धिचरण लोकमार्ग भएर लाने गरिएको छ।

मारुतीका लागि दैनिक सयौँको संख्यामा टिपर र ट्रक ककुरठाकुर–कटारी हुँदै चोहर्वा पुग्ने गरेका छन्। मारुती सिमेन्टकै चुनढुङ्गा बोक्नाले दश वर्षअघि नेपाली सेनाले बनाएको कालोपत्रे सहितको मिर्चया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग २ वर्षभित्रै ध्वस्त भएको थियो। अहिले पनि बर्सेनि मर्मत गर्ने गरिए पनि सो सडक ६ महिनामै जस्ताको तस्तै धुलम्य सडकमा परिणत हुने गरेको स्थानीय बताउँछन्। मारुतीका कारण सडक बिग्रेको भन्दै स्थानीयले वैकल्पिक मार्गको माग गर्दै पटक पटक चक्काजाम, बन्द, हडताल गरे पनि माग सम्बोधन भने भएको छैन।

यता उदयपुरका बेलका, चौदण्डी गढी, त्रियुगा र कटारी नगरपालिका तथा रौतामाई र उदयपुर गढी गाउँपालिकालाई छोएको मदन भण्डारी लोकमार्ग पनि सिमेन्ट उद्योगकै कारण असुरक्षित भएकाले नियमनका लागि प्रशासन गुहारेको डिई खकुरेलले बताए।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
७ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
यो पनि पढौँ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस