सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ। राजाबास–बैरेनी–भान्टाबारी खण्डको शाही खोलामा पक्की पुल निर्माण हुन लागेको हो।
हरेक वर्षायाममा शाही खोलामा उर्लने बाढीले स्थानीय जनजीवन प्रभावित पार्दै आएकाले त्यहाँ पुल बनाउन लागिएको नगरपालिकाले जनाएको छ। वडाध्यक्ष राजकुमार राउतले २ वर्षभित्र बनाइसक्ने गरी पुल निर्माण सुरु भएको बताए।
त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले शनिबार आयोजित एक कार्यक्रममा पुलको शिलान्यास गरे। शिलान्यास कार्यक्रममा मेयर बस्नेतले शाही खोलामा पुल नहुँदा प्रत्येक बर्खायाममा राजावास, बैरेनी, भान्टाबारी र आसपासका जनताले बाढीको चपेटा सहदै आउनु परेको हुनाले सो समस्याबाट जनतालाई मुक्त गर्न पक्की पुल बनाउन लागेको बताए।
नगरपालिकाको बहु-वर्षीय योजना अन्तर्गत सो पुल बन्न लागेको हो। चालु वर्षमा २ करोड खर्च गर्ने गरी पुल बनाउने ठेक्का लागेको वडाध्यक्ष राउतले बताए।
उनका अनुसार ४० मिटर लामो २ स्पानको पुल निर्माणको जिम्मा हिम निर्माण सेवाले पाएको छ। २ वर्षभित्र अर्थात् आगामी ०८२ वैशाख १२ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको उक्त पुल ४ करोड ५ लाख रुपैयाँमा ठेक्का लागेको छ।