एकैदिन दुई आमा बेपत्ता, चार बालबालिकाको बिचल्ली
२९ चैत्र २०७९
•
४ मिनेट पाठ
एकैदिन दुई आमा बेपत्ता, चार बालबालिकाको बिचल्ली
पूजाका नाबालक छोराछोरी र अनिशाका जम्ल्याहा दुई छोरी।
साता दिनयता दुई जेठानी देउरानी घर छाडेर बेपत्ता भएपछि ४ नाबालक छोराछोरी बिचल्लीमा परेका छन्। गत २२ गते बाख्रा चराउन जंगल गएदेखि सम्पर्क विहीन हुन पुगेका त्रियुगा नगरपालिका १५ खाँबु काफ्ले थुम्काका एका घरका २ महिलाका ४ नाबालकको बेहाल भएको हो।




दिउँसो २ः०० बजे बाख्रा फुकाएर जंगल गएका २७ बर्सिया पूजा मगर राई र २६ बर्सिया अनिशा राई अहिलेसम्म घर नफर्की सम्पर्कविहीन हुन पुगेका छन्। पूजाका नाबालक ५ वर्षीय छोरा कुशल र १० बर्सिया छोरी कृतिका बिहान बेलुका आमा खोज्दै रुन्छन्।

‘आमा खोइ भन्दै बिहानैदेखि छोरो रोएको रोएकै गर्छ’ पूजाका श्रीमान् तिलकबहादुर राईले भने ‘कति फकाउँदा पनि मान्दैन, खाना पनि खाँदैन, सुत्ने बेला पनि आमा आमा भनेर कराउँदै रुन्छ। छोरी भने अलि बुझ्ने भएकीले सम्झाउँदा मान्छे।’

तिलकका जस्तै भाइ देवबहादुरका ६ बर्सिया जम्ल्याहा छोरीका आँखा आमा हिँडेदेखि ओभाएका छैनन्। घरीघरी खेलेजस्तो गर्ने तर, दिनभरि आमा खोज्दै रोएर बिताउने गर्दा हजुरबा हजुरआमालाई सबैभन्दा पिरलो भएको छ।

‘मेरा त आमा हिँडे पनि म छु अलि सहज छ, भाइका त आमा कता हिँडिन्, भाइ पनि परदेश तिरै छ’ तिलकले समस्या सुनाए ‘४–४ जना नानीहरू झ्याउँ झ्याउँ रुन थालेपछि क्यै गरी फकाउँदा मान्दैनन्, ५–६ वर्षका बच्चालाई सम्झाउन सके त मर्नु!’
तिलक र पूजाको बिहे भएको १० वर्ष पुग्यो, देव र अनिशाले ६ वर्षअघि बिहे गरेका हुन्। उनीहरु दुवै दाजुभाइले प्रेम विवाह गरेको तिलक बताउँछन्। ‘धेरै माया गरेर बिहे गरेको, बिहेपछि पनि राम्रै सम्बन्ध थियो तर, विदेश जान थालेपछि पारा बिग्रेछ’ श्रीमतीले छाडेर विक्षिप्त बनेका राईले पछुताउ गरे ‘धेरै माया गर्दा पनि नपच्दो रहेछ भन्ने लाग्दै छ। विदेश बस्दा समय समयमा पैसा पठाउने, नानीहरू राम्रो हुकाईबढाई र पढाई गराउन भन्दा हुन्छ भन्ने गर्थिन्, होइन रहेछ।’

दुवै बुहारी एकै दिन घर छाडेर बेपत्ता भएपछि सबभन्दा समस्या घरकी हजुरआमालाई भएको छ। ५८ बर्सिया धनसरा राईलाई वृद्धावस्थामा ४ नातिनातिनाको एक्लो सहारा बन्नु परेको छ। बुहारीहरु नाबालक छोराछोरी छाडेर बेपत्ता भएपछि बुढेसकालमा धनसराको काँधमा ४ नानीहरू सम्हाल्ने जिम्मा आइलागेको छ। के कारणले किन बुहारीहरु हिँडे भन्ने भेउ पत्ता नपाए पनि नातिनातिनाहरू आफ्नै भएकाले उनीहरूको मायाले हेरचाह गर्न कर लागेको वृद्धा राईले बत्ताइन्। घरमा हजुरबा र तिलक रहे पनि बालबालिकालाई हजुर आमा नै प्यारो लाग्ने गरेको छ। 

‘आमा आमा भन्दै रुदै चिच्याउँछन्, फकाउन खोज्यो कि सबै हजुरआमा तिरै जान्छन्’ तिलकले भने ‘मतिर पनि आउन मान्दैनन्, हजुरबा पनि चाहिर्दैन।’
आमाहरु ८ औं दिनदेखि हराई रहँदा हजुरआमा नै उनीहरुका लागि सहारा भइरहेकी छिन्। सकिन नसकी धनसराले ४ नाबालक नातिनातिनीलाई फकाई फुल्याई गरेर खुवाउने, सुताउने गर्दै आएकी छिन्। आमा खोजेर अचाक्ली गर्दा ‘तिमेरुका आमा बजार गईरछन्, बिस्कुट र चकलेट ल्याइदिन्छन्’ भनेर फकाउँदै सुताउने गरेको उनी बताउँछिन्।

अहिले वार्षिक परीक्षा सकिएर रिजल्टको पखाईमा रहेकाले सदरमुकामस्थित सानो घरबाट परिवार सबै गाउँ गएका बेला दुवै आमा हिँडेका हुन्। वैशाख पहिलो सातादेखि पढाई सुरु हुने भए पछि पो के गरी धान्ने भन्ने सुर्ता धनसरालाई अहिलेदेखि लागेको छ।

पूजा र अनिशा हिँडेको केही दिनपछि देवबहादुरको मोबाइलमा ‘हामी इन्डिया पुगिसक्यौँ, खोज्ने कोसिस नगर्नु’ भन्ने सन्देश (एसएमएस) आएको तिलकले बताए। तर, त्यसपछि सो नम्बर फोन नलाग्ने र सन्देश पनि नजाने गरी ‘ब्लक’ भएको छ। 

देवबहादुर भने ६ महिनाअघि नै काठमाडौंमा ज्याला मजदुरी गर्दै बसेका छन्। श्रीमती हराएको खबर पाएर काठमाठौंतिर आफन्तहरूसँग खोजतलास गर्दा उनले पनि पत्ता लगाउन नसकेको भाइलाई उद्धृत गर्दै तिलकले बताए।

सँगै जंगल लगेका बाख्रा फर्के पनि उनीहरु नफर्केपछि रातभर खोजतलास गर्दा कतै पत्ता लागेन। भोलिपल्ट पनि खोजी जारी राख्दा घाँस दाउरा गर्न गएका स्थानीयले सोही दिन ३ः०० बजेजस्तो समयमा स्थानीय लटङ खोलैखोला भएर पैदल यात्रामा गाईघाटतर्फ गएको प्रत्यक्ष देखेका थिए। तर, गाईघाट र आसपासका आफन्तजन र नातागोता र नजिक खोज तलास गर्दा कतै कसैले देखेको पत्ता लागेको छैन। 

तिलकले विदेशमा दुःख गरेर कमाएको पैसाले त्रियुगा नगरपालिका ३ फार्सेटमा थोरै जमिन किनेर भुईतले घर बनाएर श्रीमती र छोराछोरी त्यहीँ राखेर पढाउँदै आफू बिदेसिएका थिए। उनले कमाएर ल्याएको अढाईलाख रकम पनि पूजाले हिनामिना गरेको बताएका छन्।

दाजुभाइका श्रीमती एकैचोटी हराएको भन्दै खोजी गर्न २३ गते तिलकले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन्। तर, प्रहरीबाट पनि तदारुक्ताका साथ खोजी कार्य नगरेको गुनासो उनको छ। ससाना नानी छाडेर हिँडेको, अहिलेसम्म सम्पर्कविहीन भएपछि पत्ता गाउन नसकेर प्रहरी गुहारेको भन्दै उनले बालबच्चाको बिजोग हुनुका साथै उनीहरु कता बेपत्ता भए भन्ने ठेगान मात्र गाउन सके पनि केही सहज हुने बताए।

त्रिनपा १५ का वडाध्यक्ष गणेश तिम्सिनाले एकाघरका दुई बुहारी एकै दिन हिँडेकोमा अझैसम्म सम्पर्कमा नआएकाले खोजी कार्य भइरहेको बताए। पीडित परिवारले प्रहरीमा हुलियासहित निवेदन दिएको र आफूहरूले पनि खोजी कार्यमा सहयोग गरिरहेको भए पनि हालसम्म कतै पत्ता लाग्न नसकेको वडाध्यक्ष तिम्सिनाले बताए।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
७ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
यो पनि पढौँ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस