नाबालक छोराछोरी अलपत्र पारेर सातादिनअघि घरबाट हिडेका एकाघरका २ महिला परिवारसँग सम्पर्कबिहीन भएका छन्। गएको २२ गते दिउँसो बाख्रा चराउन जंगल गएका त्रियुगा नगरपालिका १५ खाँबु काफ्ले थुम्काका २७ वर्षीया पुजा मगर राई र २६ वर्षीया अनिशा राई अहिलेसम्म घर नफर्केपछि बालबच्चाको बिचल्ली भएको छ।
पुजाका श्रीमान् तिलकबहादुर राईले श्रीमती पुजा र आफ्नै भाइ देवबहादुर राईकी श्रीमती अनिशा सातादिनदेखि बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा खोजबिन गरी पाउँ भनि निवेदन दिएको बताए। उनको दिएको निवेदनमा पुजा र अनिशा दुवैजता २२ गते दिउँसो २ः०० बजे बाख्रा लिएर जंगल गएको तर, साँझमा बाख्रा मात्र फर्केको मान्छे भने नफर्केपछि खोजी गरिपाउँ भन्दै हुलिया र फोटोसहित निवेदन दिएको उल्लेख छ।
जंगल गएका दुवै नफर्केपछि रातभर खोजतलास गरे पनि नभेटिएको, भोलिपल्ट गाउँ र जंगलमा खोजी गर्ने घाँस दाउरा गर्न गएका स्थानीयहरुले सोही दिन ३ः०० बजेजस्तो समयमा स्थानीय लटङ खोलैखोलाको बाटो भएर पैदल गाईघाटतर्फ जाँदै गरेको प्रत्यक्ष देखेको पनि निवेदनमा उल्लेख छ। तर, गाईघाटस्थित आफन्तजन र नातागोताको घर तथा त्रियुगा नगरपालिका ३ फार्सेटस्थित आफ्नै घरमा पनि नरहेको राईले निवेदनमा उल्लेख गरेका छन्।
तिलकका अनुसार १० वर्षीया छोरी र ५ वर्षीय छोराकी आमा पुजाले मोवाईल बोकेकी छैनन्। ६ वर्षका २ जम्ल्याहा छोरीकी आमा अनिशाको मोवाईल ९७४१७१५८८७ मा सम्पर्क गर्दा ‘स्वीच्ड अफ’ भन्ने गरेको छ। ८–९ वर्ष विदेश बसेर भर्खर घर आएको बताउने तिलकले डेढ महिनाअघि घर छाडेर हिडेकी श्रीमती घर फर्केर आएपछि सामान्य झगडा भएको बताए। उनका अनुसार पुजाले विदेशबाट ल्याएको २ लाख ५० हजार रकम पनि लिएर हिडेकी छिन्।
निवेदनमा उल्लेख भए अनुसार दुवै महिला विदेन बस्ने अज्ञात व्यक्तिसँग टिकटकमा नं. दिएर लिएर सम्पर्कमा रहेको खुलेको छ। सो विषयमै उनीहरुबीच विवाद भएको केही दिनमै दुवैजना घर छाडेर हिडेका हुन्। भाइ देवबहादुर पनि प्राय घरबाहिर ज्याला मजदुरी गरेर बेलाबेला मात्र घर आउने गरेको उनले बताए। देवको मोवाईलमा भने ‘आफुहरु इन्डीया पुगिसकेकोले खोज्ने कष्ट नगर्न’ सन्देश आएको जानकारी पाएको उनले बताए।
दुवै आमा हिडेपछि ४ बालबालिकाको बेहाल भएको राईले बताए। घर झगडा भए पनि छोराछोरीको माया गरेर फर्कन पनि उनले आग्रह गर्दै प्रहरी प्रशासनमा तदारुक्ताका साथ खोजी गरिदिन आग्रह गरेका छन्।
त्रियुगा १५ का वडाध्यक्ष गणेश तिम्सीनाले दुवै महिला हराएको खवर वडामा आएको र प्रहरीमा पनि हुलिया दिएर गाउँले र प्रहरी दुवैतर्फबाट खोजी कार्य भइरहेको बताए। केही समययता श्रीमान श्रीमतिबीच सम्बन्ध बिग्रेको भन्ने सुनेकाले कतै भागेको हुनसक्ने भन्दै तिम्सीनाले वास्तबिक कुरा भने पत्ता लाग्न बाँकी रहेको बताए।