सदरमुकाम गाईघाटमा आईतबार विहान मालबाहक ट्रकको ठक्करबाट एक युवाको घट्नास्थलमै मृत्यु भएको छ। त्रियुगा नगरपालिका ११ गाईघाटस्थित हिमाली टोलबाट मदन भण्डारी लोकमार्ग जोडिएको चोकमा ट्रकको ठक्करले मोटरसाईकल चालकको ज्यान गएको हो।
काठमाडौंदेखि झापातर्फ जाँदै गरेको मे १ ख २१८४ नं. को ट्रकले प्र. १–०५–००१ प ६१५९ नं. को मोटरसाईकललाई ठक्कर दिदा त्रियुगा नगरपालिका १४ साउनेका ४३ वर्षीय तारणी मगरको ज्यान गएको प्रहरीले जनाएको छ। उदयपुर प्रहरीका अनुसार विहान ५ः५५ बजेको दुर्घट्नामा संलग्न ट्रक र चालक झापाको कन्काई नगरपालिका ६ का २२ वर्षीय भुपेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएको छ भने घट्नाबारे अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता इन्सपेक्टर मोहन थापाले बताएका छन्।
स्थानीयद्वारा बजार र यातायात बन्द
यसैबीच लापरबाहीपूर्वक ट्रक चलाएर दुर्घटना गराई ज्यान लिएको भन्दै स्थानीयले गाईघाट बजार बन्द गराँएका छन्। बजार क्षेत्रमा तिब्रगतिमा सवारी चलाउदा अनाहकमा ज्यान गएको तथा मृतकको लास जनप्रतिनिधि र आफन्तजनलाई जानकारी नदिइ प्रहरी प्रशासनले उठाएको भन्दै बजार बन्द गराएका छन्।
स्वतःस्फुर्त रुपमा निस्केको बजारबासीले साना ठूला यातायात चल्न रोक लगाएका कारण पौने ११ः०० बजेदेखि बजार पसल सबै ठप्प भएका छन्। आन्दोलनकारीले घट्नास्थल, मुख्य चोक, पिजी चोकलगायत ठाउँठाउँमा टायर बालेर यातायात अवरोध गराएका छन्।
आन्दोलनकारीहरुले ठक्करले घाइते भएका मगरलाई उपचार गर्न लानु पर्नेमा थप किचेर मारेको आरोप लगाएका छन्। लोकमार्गमा तिब्रगतिमा रहेको ट्रकले शाखा सडकबाट आएको मोटरसाईकललाई ठक्कर दिदा उछिटिएर घाईते भएका मगरको तत्काल उपचार गर्न लान पाए बचाउन सकिने संभावना भएकोमा उल्टै किचेर निर्ममतापूर्वक हत्या गरेको आरोप स्थानीयको छ।
जिल्ला बाहिर रहेका त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीले प्रहरी प्रशासनले दुर्घट्नाबारे मृतकका आफन्त र स्थानीय जनप्रतिनिधि कसैलाई जानकारी नदिइ घट्नास्थलबाट लास उठाएकाले यातायात व्यवसायी र मृतकका आफन्तजनले बजार बन्द गराएको जानकारी आएको बताए। घट्ना र बन्दबारे आफन्त, जनप्रतिनिधि र प्रहरी प्रशासनसँग छलफल गराएर निकास निकाल्न संघले पहल गर्ने पनि अध्यक्ष रसाईलीले बताए।
जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले भने तिव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा मगरको ज्यान गएको बताए। लोकमार्गमा गाडीहरु तिब्रगतिमै चल्ने र शाखा सडकबाट आएका मगरले ठम्याउन नसकेर अप्रिय दुर्घटना हुन गएको भन्दै उनले जानी जानी ठक्कर दिएको भन्ने आरोप गलत भएको बताए। उनले दुर्घटनामा परी ज्इान गुमाएका व्यक्तिको लास पोष्टमार्टम गरेपछि मात्र आफन्तलाई बुझाउने कानुन अनुसार गरेको उनको भनाइ छ।
घट्नाको बास्तबिकता पत्ता लगाउन क्लोज सर्किट क्यामेरा (सिसिटिभि)का फुटेज आफन्तलाई देखाउन संकलन गरिरहेको पनि एसपी फुयालले बताए।
रौतहट। सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्थानीयसँग छलफल र परामर्श गरेको छ।
उक्त सुरक्षा सङ्गठनले जिल्लाको बौधीमाई नगरपालिका–७ स्थित भन्सार नाकामा स्थानीयसँग सीमा क्षेत्रका विद्यमान सुरक्षा चुनौती र त्यसको समाधानबारे गहन मन्थन गरेको हो।
त्यस अवसरमा सीमा नाकाबाट हुने लागुऔषध ओसारपसार, अवैध चोरी, पैठारी, मानव बेचबिखन, अवैध हातहतियार तथा खरखजनाको कारोबार र राजस्व चुहावट नियन्त्रणलगायत विषयमा स्थानीय र जनप्रतिनिधिसँग राय–सुझाव सङ्कलन गरियो।
सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीको आयोजनामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले सीमा सुरक्षा र अपराध नियन्त्रण सुरक्षा निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले स्थानीय नागरिकको सहकार्य अपरिहार्य रहेको बताए।
त्यस अवसरमा उक्त नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादव, उपप्रमुख प्रमिलादेवी जयसवाल, ईशनाथ नगरपालिकाकी प्रमुख कौशल्या देवी तथा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीले सुरक्षा निकाय र स्थानीयको सहकार्यबाट मात्रै राज्यले लाभ लिन सक्ने पक्षलाई सबै पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताए।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...