सदरमुकाम त्रियुगा नगरपालिकामा गरिव तथा बिपन्न परिवारलाई बाँसको घर निर्माण गर्ने कार्य सुरु भएको छ । नगरपालिकाका भूमिहीन, दलित, सीमान्तकृत, अति विपन्न र निम्न आयस्रोत भएका घर परिवारलाई बाँसको घर निर्मांण गरिदिने कार्यक्रमको शुक्रबार सिल्यान्यास भएको छ।
गरिव तथा बिपन्न परिवारलाई लक्षित गरी दातृ निकाय ‘ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनल’सँगको साझेदारीमा नगरपालिकाले ५० घर परिवारलाई बाँसको घर निर्माण गरिदिने भएको हो।जिल्लामा क्रियासिल गैरसरकारी संस्था मानव अधिकार र वातावरण विकास केन्द्र ९हुरेण्डेक० उदयपुरको ‘सुरक्षित आवास गृह’ कार्यक्रम अन्तर्गत उनीहरुलाई सुरक्षित घर निर्माण गरिदिन लागिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रम अनुसार पहिलो चरणमा ४ नंं वडाको वगाहाका निरुमाया कार्कीको घर निर्माण कार्य सुरु भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच नगरप्रमखु बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले घरको संयुक्त रुपमा सिलान्यास गरे।कार्कीको घर सिल्यान्यास गरेसँगै त्रियुगामा सुरक्षित आवास गृह परियोजना सुरु भएको हुरेन्डेकले जनाएको छ।
हुरेण्डेकका अध्यक्ष शंकर थापाका अन्ुसार परियोजना अन्तर्गत वगाहामा २० वटा घर बन्ने छ।त्यसका लागि हुरेन्डेकले ‘शिवशक्ति टोल सुरक्षित आवास परियोजना उपभोक्ता समिति गठन गरेर घर निर्माणमा सहयोग र समन्वय गर्ने जिम्मेबारी सुम्पेको अध्यक्ष थापाले बताए।परियोजना अन्तर्गत नै त्रियुगा ३ को चाँपमा १८ घर पनि बन्ने टुंगो लागिसकेको छ।
अध्यक्ष थापाका अनुसार बाँकी १२ वटा घर भने नगरपालिकाका अन्य वडामा बनाइने छ।त्यसका लागि बेसलाईन सर्भे गरी निर्माण कार्य भईरहेको छ । ‘वगाहामा गरेको वेसलाईन सर्भेले २० वटा, चाँपमा १८ वटा घर बनाउन उपयुक्त देखिएको हुनाले घर बनाउन सुरु गरेको भन्दै अध्यक्ष थापाले बाँकी १२ घर अन्य वडामा आवश्यक्ताको आधारमा ठाउँ तय गरेर निर्माण थालिने बताए।
‘एउटा भान्सा कोठासहित ३ कोठे घरको लागत ५ लाख ३८ हजार लाग्ने संस्थाले जनाएको छ।जसका लागि साझेदार संस्था ह्याबिट्यान्टले २ लाख र नगरपालिकाले २ लाख अनुदान सहयोग गर्नेछन् भने बाँकी १ लाख ३८ हजार बराबरको जनश्रमदान जुटाउने प्रावधान राखिएको छ।४ लाख सहयोगबाट बाँस, सिमेन्ट, ढुंगा, गिटी, बालुवा र छानो छाउने जस्तापाताको व्यवस्था गरिन्छ भने माटो खन्ने, अदक्ष कामदार र घरमा लाग्ने ब्लक वापत श्रमदान घरधनी र उपभोक्ता समितिले जुटाउनुपर्ने प्रावधान रहेको संस्थाका इन्जिनियर धुर्व कार्कीले बताए।
श्रमदानसँगै भवन निर्माणमा लाग्ने ब्लक पनि उपभोक्ता समितिले स्थानीयस्तरमै तयार गर्नुपर्ने इन्जिनियर कार्कीको भनाई छ।बगाहामा २० वटा घर बनाउनका लागि १० जना दक्ष र १५ जना अदक्ष कामदार परिचालन गरिरे र १ महिनाभित्र सबै घर निर्माण गरिसक्ने लक्ष्य संस्थाले लिएको छ।स्थानीयस्तरमै पाइने बाँसबाट निर्माण हुने घरको आयु ३५ बर्ष हुने तथा भूकम्प, हात्तीलगायत जंगली जनावार र हावापानीले केही गर्न नसकिने भएकाले यस्तो घर सुरक्षित हुने ह्याबिट्यान्टका इन्जिनियर विकास घिमिरेले बताए।घिमिरेले संस्थाले यसअघि सिराहामा यस्तो घरको पुरै बस्ती खडा गरेको र सबै घर टिकाऊ प्रमाणित भएको बताएका छन्।
सुरक्षित आवास गृहको सिलान्यास गर्दै मेयर बस्नेतले त्रियुगा नगरपालिकाका सबै जनतालाई सुरक्षित रुपमा बस्न पाउने अधिकारको सुनिश्चित गर्न यो परियोजनाले मद्धत गर्ने अपेक्षा गरेको बताए।सबै नेपालीजनको सुरक्षितसाथ बस्न पाउने नैसर्गिक र संबिधान प्रद्धत अधिकारको उपयोग गर्दै यो परियोजनाले बिपन्न, सीमान्तकृत, दलित र कमजोर अवस्थाका नगरबासीलाई ठूलो योगदान दिने विश्वास मेयर बस्नेतको छ।घर निर्माण कार्यले स्थानीय दक्ष र अदक्ष कामदारलाई रोजगारीको अवसरसमेत पाएको र प्रयोगबिहीन भईरहेको स्थानीय बाँस प्रयोगमा आउँदा थप सहज हुने उनले बताए।
नगर उपप्रमुख महेश्वरी राईले हेर्दा सामान्यजस्तो लाग्ने भए पनि बाँसको घर ३ दशक बढी टिक्ने तथा हावाहुरी, घामपानी र जंगली जनावरलेसमेत भत्काउन नसक्ने भएकाले गरिव, बिपन्न र कम आयस्रोतका घरबिहीन नगरबासीलाई यसले महत्वपूर्ण सहयोग गर्ने बताईन्।नगर जनप्रतिनिधिले अव्यवस्थित र घरविहीन नगरबासीलाई व्यवस्थित बनाउने मुख्य भूमिका निभाउनुपर्ने दायित्वबोध गर्दै सञ्चालनमा ल्याइएको यो परियोजनाले तत्काललाई ५० घरधुरी परिवार लाभान्वित हुनु खुसीको कुरा भएको उपमेयर राईले बताईन्।