निर्माणाधीन खानेपानी ट्यांकी गुणस्तरहीन फेला, भत्काएर अर्को बनाउन नगरपालिकाको निर्देशन
०५ चैत्र २०७९
•
३ मिनेट पाठ
निर्माणाधीन खानेपानी ट्यांकी गुणस्तरहीन फेला, भत्काएर अर्को बनाउन नगरपालिकाको निर्देशन
अर्को ट्यांकी बनाउन पहिलेको ट्यांकी भत्काउँदै कामदारहरू। तस्बिर: नागरिक।
खोटाङमा निर्माणाधीन खानेपानीको ट्यांकी गुणस्तरहीन पाइएपछि भत्काएर अर्को बनाउन लागिएको छ।




सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कमा निर्माणाधीन ‘साप्सु खोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को ट्यांकी बनी नसक्दै चर्केपछि अर्को बनाउनका लागि भत्काउन थालिएको हो।

ट्यांकी निर्माणको क्रममा प्राविधिक गडबडी भएका कारण बनाई नसक्दै चर्केको अनुगमनको क्रममा फेला परेको थियो। स्थानीयवासीको गुनासो आएपछि नगरपालिकाले गरेको प्राविधिकसहितको स्थलगत अनुगमनमा खानेपानी ट्यांकी गुणस्तरहीन भएको भेटिएपछि भत्काएर अर्को बनाउन निर्देशन दिइएको थियो। नगरपालिकाको निर्देशन अनुसार शुक्रबारदेखि ट्यांकी भत्काउन थालिएको छ।

नगरप्रमुख तीर्थराज भट्टराईले जनताको गुनासो आए अनुसार प्राविधिक र अनुगमन संयोजक उप-प्रमुख बिसन राईसहित स्थलगत अनुगमनमा गएर हेर्दा ट्यांकी चर्केको पाएको बताए। उनले दीर्घकालीन महत्त्वको योजनाको काम गुणस्तरहीन भएको पाएपछि तत्काल भत्काएर अर्को बनाउन निर्देशन दिएको र सोही अनुसार निर्माण व्यवसायीले अर्को बनाउन भत्काउन थालेको बताए। शुक्रबारदेखि एक्स्काभेटर र मानव जनशक्ति प्रयोग गरेर ट्यांकी भत्काउने काम भईरहेको छ।

खानेपानी जस्तो संवेदनशील योजना भएकाले भत्काएर अर्को बनाउन लगाएको उनले बताए। स्थानीयवासीले गुणस्तरहीन सामग्री प्रयोग भएको जनाएको तर, प्राविधिकहरूको भनाई अनुसार ट्यांकी ढलान गर्दा एकैदिनमा सक्नुपर्नेमा दुई दिन लगाएर गर्दा चर्केको उनको बुझाई छ।

‘गोलाकारको ट्यांकी भएकाले ढलान गर्दा एकैदिनमा सक्नुपर्ने रहेछ’ प्राविधिकलाई उद्धृत गर्दै मेयर भट्टराईले भने ‘तर, जनशक्ति अभावले गर्दा दुई दिन लगाएर ढलान गरेछन्, त्यसो हुँदा चर्केको रहेछ। तर, जसरी भए पनि चर्केको ट्यांकीले हुँदैन भनेर अर्को बनाउन लगाएको हुँ।’
नगरपालिकाको निर्देशन अनुसार शुक्रबार बिहानदेखि भत्काउन थालेको ट्यांकी शनिबार साँझसम्ममा भत्काई सकेर आइतबार देखि अर्को बनाउन थाल्ने उनले बताए। ठुलो आकारको ट्यांकी भएकाले भत्काउन मात्र दुई दिन लाग्ने साइटमा खट्ने प्राविधिकले जनाएका छन्। ट्याङ्की बनी नसक्दै चर्किएपछि स्थानीयले चर्को आलोचना गर्दै नगरपालिकामा उजुरी दिनुका साथै अख्तियारमा मुद्दा हाल्ने चेतावनी दिएपछि निर्माण व्यवसायी चर्केको ट्यांकी भत्काएर नयाँ बनाउन मन्जुर भएको हो।

निर्माण कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँ बुढानीलकण्ठले मूल्य अभिवृद्धि कर (भ्याट) सहित २९ करोड १३ लाख ९८ हजार ९ सय ९० रुपैयाँ लागतमा सो आयोजना निर्माणको जिम्मा लिएको छ। संघीय सरकार मातहत खानेपानी तथा ढल व्यवस्थापन आयोजना, खोटाङको रेखदेखमा निर्माण भईरहेको सो आयोजना २०८१ साउन ४ गतेभित्र निर्माण सकेर हस्तान्तरण गर्नेगरी २०७९ असार २२ गते सम्झौता भएको हो। आयोजनाले साप्सु खोलाको पानी लिफ्टिङ प्रविधिमार्फत तानेर १५ नं. वडा विजयखर्कका ७ सय २५ घरधुरीलाई सुद्ध खानेपानी उपलब्ध गराउने प्राविधिक इस्टीमेट रहेको छ।

साप्सु खोलाको पानी लिफ्टिटङ मार्फत तानेर १ हजार ७ सय मिटर माथि रहेको वितरण लाइनसम्म ल्याई एउटा २० हजार लिटर क्षमताका २ वटा र अन्य १४, १२ र १०  हजार लिटर क्षमताका ३ वटा ट्यांकी बनाएर जम्मा गरी उपभोक्तालाई वितरण गर्ने इस्टीमेट रहेको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय दिक्तेलले जनाएको छ। अब ४ महिना मात्र निर्माण अवधि बाँकी रहेको आयोजनाको हाम ट्रीटमेन्ट प्लान्टलगायत मुख्य र सहायक ट्यांकीहरु निर्माणको अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ। निर्माण कम्पनीका इन्जिनियर सञ्जिव साहले हालसम्म ३३ प्रतिशत सम्पन्न भएको बताएका छन्।
अर्को समाचार
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
५३ मिनेट अघि
•
१ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।




आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए। 

राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए। 

भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'

चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।

आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।

उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
यो पनि पढौँ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस