फरार तुलसी सहकारी प्रकरणः उपाध्यक्षसहित तीनजना विराटनगरबाट पक्राउ
३० फागुन २०७९
•
४ मिनेट पाठ
फरार तुलसी सहकारी प्रकरणः उपाध्यक्षसहित तीनजना विराटनगरबाट पक्राउ
विराटनगरबाट पक्राउ सहकारीका उपाध्यक्ष, सचिव र क्षेत्रीय प्रबन्धक. तस्बिरः महेश्वर-नागरिक
सदरमुकाम गाईघाटलगायत जिल्लाका सर्वसाधारणको करोडौं रकम अपचलन गरी महिना दिनयता फरार रहेको ‘तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ का सञ्चालकमध्ये तीनजना पक्राउ परेका छन्। लोभलाग्दो ब्याज र बोनसजस्ता विभिन्न आकर्षण देखाएर सर्वसाधारणबाट बचत गराएको ठूलो रकम ठगी गरेको आरोपमा सहकारीका उपाध्यक्ष, सचिव र क्षेत्रीय प्रबन्धक सोमबार पक्राउ परेका हुन्।




जिल्ला प्रहरी कार्यालय मोरङबाट पक्राउ परेकाहरू सहकारीका उपाध्यक्ष मोरङ उर्लाबारी नगरपालिका– ६ की अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका १४ घर भई विराटनगर महानगरपालिका– ३ बस्ने सविना न्यौपाने र सहकारीका क्षेत्रीय प्रबन्धक विराटनगर महानगरपालिका– २ का मन्दिप खवास रहेका छन्। सञ्चालकले सर्वसाधारणको करोडौं बचत र निक्षेप रकम लिएर फागुन सुरुदेखि सम्पर्कविहीन भएको भन्दै बचतकर्ताले आइतबार प्रहरी गुहारेपछि उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

बहुउद्देश्यीय सहकारी, डिपार्टमेन्ट स्टोर र अन्य विभिन्न दर्जन हाराहारी वित्तीय तथा गैरवित्तीय संस्था दर्ता गरेर कारोबार गरेको देखाउँदै सर्वसाधारणको रकम सोहोर्ने गरेको रहस्य खुल्दै छ। सञ्चालकहरू महिनादेखि फरार भएर सम्पर्कमै नआएको सर्वसाधारणको उजुरीका आधारमा सञ्चालकमध्ये तीनजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। विराटनगरका सर्वसाधारणले बचत गरेको १२ करोड ९ लाख ४ हजार ४ सय रूपैयाँ रकम ठगी भएको भन्दै सञ्चालक ८ जनाविरुद्ध उजुरी परेको छ। उजुरीअनुसार प्रहरीले ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको र बाँकी ५ जनाको खोजतलास भइरहेको जनाएको छ।

उदयपुरको गाईघाटमा २ वर्षदेखि सञ्चालनमा आएको तुलसी सहकारी र गार्डेनमार्ट डिपार्टमेन्ट माघ तेस्रो सातादेखि नै बन्द भएको छ। त्रियुगा नगरपालिका– ११ हिमाली टोलमा ५ तले भवन किनेर त्यसैको भुइँतलामा डिपार्टमेन्ट र माथिल्लो तलामा सञ्चालित सहकारीमा ४ हजार २ सय सर्वसाधारण बचतकर्ताको झन्डै ५० करोड बचत, निक्षेप र सेयर लगानी रहेको बताइएको छ। गाईघाटका एकै व्यापारीको ५० हजारदेखि ४ करोडसम्म बचत रकम लिएर सञ्चालक भागेको रहस्य भने महिना दिनपछि कार्यालय बन्द हुने सूचना जारी भएपछि मात्र खुलेको थियो।

सर्वसाधारणको ठूलो परिमाणको रकम अपचलन गरेर बेपत्ता भएपछि जिल्ला प्रशासन, त्रियुगा नगरपालिका र बचतकर्ताका तर्फबाट प्रतिनिधित्व गर्दै गठित संयुक्त छानबिन समितिले छानबिन गरिरहेको छ। समितिका अनुसार सहकारीका मुख्य सञ्चालक भनिएका बाँकेको उढरापुर गाउँपालिका– २ स्थायी ठेगाना भएका केदारनाथ शर्मा फागुन २ मै पश्चिम नेपालको भैरहवा नाका हुँदै भारत छिरिसकेको पत्ता लागेको छ। शर्मा सम्पर्कविहीन भएपछि उपाध्यक्ष र सचिवलगायत पदाधिकारीको खोजी गर्दा सचिव न्यौपाने सम्पर्कमा आएको तर उनले सबै कारोबारको जिम्मेवार शर्मा नै रहेको बताएको उदयपुरमा गठित छानबिन समितिले जनाएको छ।

पक्राउ पर्नुअघि माघ अन्तिममा जिल्ला प्रशासन कार्यालय उदयपुरमा भएको छलफलमा सचिव न्यौपाने उपस्थित भएको र उनले सहकारीले कसैको बचत अपचलन नगरेको भन्दै केही समय आर्थिक कारोबार रोक्न खोजेको बताएकी थिइन्। ‘हामीले कसैको रकम खाएका छैनौं, आर्थिक मन्दी भएकाले केही दिन कारोबार रोक्न खोजेको मात्र हौं’, न्यौपानेलाई उधृत गर्दै समितिका एक सदस्यले भने, ‘बचत, निक्षेप र सेयर सबै सुरक्षित छ। एकएक गरी फिर्ता दिन्छौं।’ तर त्यस्तो प्रतिबद्धता जनाए पनि महिना दिनसम्म मुख्य सञ्चालक सम्पर्कमा नआएपछि सर्वसाधारणको रकम जोखिममा परेको ठान्नुपर्ने एक बचतकर्ताले बताए।

सहकारीले ऋण लगानी नगरी विभिन्न किसिमका बचत मात्र गर्न लगाएकाले पाइएको छ। बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, आवधिक बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत दर्जन हाराहारी बचत खाता खोल्न लगाएर बचत गराएको थियो। बजारकै केही सामाजिक अगुवाका निकट र नातेदार युवायुवतीलाई संकलकमा भर्ना गरेर १५ प्रतिशतसम्म ब्याज, बोनस र अतिरिक्त सुविधा दिने प्रलोभन देखाउँदै आक्रामक रूपमा निक्षेप संकलन गर्न थालेपछि बैंकमा राखेको रकमसमेत झिकेर सहकारीमा जम्मा गर्दा डुब्न पुगेको पीडित बताउँछन्।

छानबिन समितिले सहकारी सञ्चालकले भवन, डिपार्टमेन्ट, जग्गाजमिन र अन्य स्थिर पुँजी धेरै रहेको दाबी गर्दै आएको भए पनि वास्तविक सम्पत्तिभन्दा दायित्व धेरै रहेको निष्कर्ष निकालेको छ। सहकारी रहेको चारतले भवन, डिपार्टमेन्टमा मौज्दात सामग्री तथा विभिन्न ठाउँमा देखाएको जग्गाजमिनको मूल्यभन्दा सर्वसाधारणको बचत, सेयर, निक्षेप र प्रतिबद्धताअनुसार बोनस दायित्व धेरै गुणा बढी हुन आउने देखिएको त्रियुगा नगरपालिका– ११ का वडाध्यक्ष सुमन्त कोइरालाले बताए। छानबिनका क्रममा विराटनगरसम्म पुगेका वडाध्यक्ष कोइरालाका अनुसार सहकारीको ४० करोड रकम सचिव न्यौपानेको खातामा ‘ट्रान्सफर’ भएको देखिएको र उनको खाताबाट १० करोड अन्यत्र गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

छानबिन समिति सदस्य तथा त्रियुगा नगरपालिका, उद्योग तथा सहकारी शाखा प्रमुख विष्णु खत्रीले सहकारीको भवन, जग्गाजमिन र डिपार्टमेन्ट सबै तुलसी बहुउद्देश्यीय सहकारीका नाममा दर्ता नदेखिएको बताए। भवन, डिपार्टमेन्ट स्टोर, त्रियुगा– ४ बगाहा र त्रियुगा– १५ खाँबुस्थित सहकारीले किनेको भनिएको जग्गाजमिन सहकारीको नभई अन्य नाममा दर्ता रहेको उनले बताए। बगाहा र खाँबुमा पाखो बारी तुलसी रिसर्च सेन्टर, शिखर अर्गनाइजेसन र नटराज एग्रो प्रालिको नाममा रहेको मालपोत कार्यालयको अभिलेखले देखाएको पनि खत्रीले बताए। सहकारीकै भए पनि देखिएको जग्गाजमिन र भौतिक सम्पत्तिको मूल्यभन्दा दशौं गुणा बढी सर्वसाधारणको बचत रहेको उनको भनाइ छ।
अर्को समाचार
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
४५ मिनेट अघि
•
१ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।




आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए। 

राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए। 

भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'

चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।

आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।

उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
यो पनि पढौँ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस