नेपाल सरकार र दातृ निकायहरूको सहयोगमा पानीको अभाव भएका दैलेखका दुर्गम गाउँहरूमा सोलार लिफ्टबाट खानेपानी र सिचाइ योजना सञ्चालन भएकोमा २०७९ साउन यता आधा दर्जन ठूला लिफ्ट योजना बन्द भएर अलपत्र परेका छन्। करोडौं रकम खर्च गरेर निर्माण गरेका योजना मर्मत गरेर सञ्चालनमा ल्याउन कसैले चासो नदिँदा बन्द भएका हुन्।
दैलेखका उच्च तथा सुक्खा भागहरूमा खानेपानी र सिचाइ समस्या समाधानका लागि निर्माण गरेको आधा दर्जन बढी लिफ्टहरूले काम गर्न छाडेका छन्। सोलार सिस्टमबाट सुक्खा पहाडी बस्तीहरूमा खानेपानी सुविधाको लागि बनाएका लिफ्टहरू बन्द हुन थालेपछि स्थानीयहरू चिन्तित छन्। जसका कारण विगतमा झै खानेपानीकै कारण घण्टौ समय खर्चनुपर्ने र सिचाइका लागि बर्सात कुर्नु स्थानीयको दैनिकि बनेको छ ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा निर्माण भएका ५ वटा लिफ्ट बन्द भएका हुन्। पानीका मुहानबाट डाँडाँमा रहेका बस्तीहरूमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले निर्माण भएको लिफ्ट प्रविधि बन्द हुदाँ असफल भएको हो। दैलेखमा निर्माण भएका लिफ्ट प्रायः बन्द छन्। चामुण्डाविन्द्रासैनी नगरपालिका –८ मा रहेको खाडा लिफ्ट खानेपानी योजना, ६ मा रहेको धुपीधारा लिफ्ट खानेपानी योजना, ४ मा रहेको नाव लिफ्ट खानेपानी योजना र ९ मा रहेको लिफ्ट खानेपानी योजना बन्द छन्। यसैगरी ४ मा रहेको रोशनीडाँडाँ लिफ्ट खानेपानी योजना भने आंशिकरूपमा मात्र चलेको छ। यहाँ अर्को कर्णाली लिफ्ट खानेपानी योजना निर्माणाधीन रहेको छ। पालिकामा विद्युत्को पहुँच नहुँदा सोलारबाट सञ्चालित लिफ्ट खानेपानीमा समस्या देखिने गरेको छ ।
जिल्लामा लिफ्ट योजना असफल भैरहँदा पनि सघींय सरकारले करोडौंका ठूला लिफ्ट योजना निर्माण गर्न रोकेको छैन जसका कारण प्राविधिक र भौगलिक अवस्था पहिचान नगरी बनाइएका यस्ता योजनाले राज्यको करोडौं रकम वर्षेनी खोलामा बगेको छ। नगरमा सञ्चालित लिफ्ट योजनाहरू प्रायः बन्द हुँदा खानेपानीको समस्याबाट जनताहरू जुधिरहेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीले बताए। ‘नगरभित्र सञ्चालित लिफ्ट खानेपानीहरू असफल भए। अब सरकारले लिफ्टभन्दा स्थानीय मूल सुधार कार्यक्रम ल्याउनुपर्छ । ’ नगर प्रमुख शाहीले भने ‘नगरकै ठूलो योजना मझुवा खानेपानी आयोजनालाई सरकारले प्राथमिकता दिए नगरको १ देखि ९ नम्वर वडासम्म घरघरमा खानेपानी पुग्नेछ । ’ चामुण्डाविन्दासैनी नगरपालिकामा २०७५ बाट लिफ्ट खानेपानी आयोजनाहरू सञ्चालन भएका हुन्। छोटो समयमा सोलारसिस्टममा समस्या आउँदा करोडौं रकम खर्चिएर बनाएका योजना नै असफल भएको स्थानीयहरू बताउँछन्।
हिउँद लाग्ने बित्तिकै दैलेखका पश्चिम क्षेत्रका ५ वटा पालिकामा खानेपानीको हाहाकार हुने गरेको छ। यस क्षेत्रका स्थानीयले खानेपानी र सिँचाइको अभाव भोगेको वर्षौ बित्दा पनि स्थानीय सरकारले केही नगरेपछि नेपाल सरकार र दातृ निकायको सहयोगबाट करौडौं रकम खर्चेर बनाएका सोलार लिफ्ट खानेपानी तथा सिँचाइ योजना बन्द छ। सोलार लिफ्ट खानेपानी र सिँचाइ योजना बन्द हुँदा केही महिना खुसी भएका स्थानीयहरू पुरानै दुःखमा फर्किएका छन्। लिफ्टबाट खानेपानी नआउँदा अहिले स्थानीयहरू खोला र कुवामै खानेपानीको जोहोका लागि धाउने गरेको धुपीधारा खानेपानी लिफ्ट योजना उपभोक्ता समिति जम्वुकाँधकी शान्ती विकले बताइन्।
अधिकांश लिफ्ट योजना खोलाबाट ल्याउन खोज्दा वर्षातले क्षति गरेको छ। भौगोलिक विकट्ता र पहाडी क्षेत्रमा आउने बाढीको पूर्वानुमान नगरी लिफ्ट खोलामा बनाइएका संरचना सबै बग्ने गरेको हो। सिँचाइका लागि बनाइएको लिफ्ट योजना बगाउँदा सिँचाइ असुविधा हुदाँ बर्सात नै हुनुपर्ने बाध्यता रहेको भैरवी गाउँपालिका –१ स्थित छामगाड लिफ्ट सिँचाइ योजनाको उपभोक्ता सरिता थापाले बताइन्।
लिफ्ट योजना बन्द भएपछि दैलेखका स्थानीय २ घण्टासम्म पानी बोकेर खान बाध्य छन्। स्थानीयले योजनाहरूको पुनःनिर्माणको प्रतिक्षा गरिरहेका छन्। सरकारले सबैलाई स्वच्छ पिउने पानी दैनिक ६५ लिटरका दरले उपलब्ध गराउने भने तापनि दीर्घकालीन योजना नहुँदा पानी अभावले यहाँका समुदायको दैनिकी कष्टकर बनेको छ। पानीकै लागि दिनभर एक जनाले काम गर्नुपर्ने बाध्यता बनेको छ। स्थानीय पालिकाहरूको सानो बजेटले ठूलो योजनाहरूमा रकम अभाव हुने भएकाले मर्मत हुन सकेको छैन्।