अब दुई ठाउँ वीर अस्पताल
०८ साउन २०७३
•
७ मिनेट पाठ
अब दुई ठाउँ वीर अस्पताल
काठमाडौं- सरकारले नेपालकै जेठो वीर अस्पताललाई विस्तार गर्दै आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ। स्थापनाको १ सय २७ वर्षपछि सरकारले अस्पतालको सेवा विस्तार गर्दै भक्तपुरमा पनि विशेषज्ञ सेवा दिनेगरी अस्पताल निर्माण गर्ने भएको हो।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले वीर अस्पतालको सेवा विस्तारका लागि भक्तपुर, दुवाकोटमा करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। यो निर्णयसँगै काठमाडौंको महाबौद्धमा रहेको वीर अस्पताल अब दुईतिर हुने पक्का भएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. गणेश गुरुङका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि भक्तपुरमा कम्तीमा एक हजार शऒ्ढया क्षमताको आधुनिक अस्पताल बन्नेछ। उनले हाल वीर अस्पताल रहेको स्थानमा पनि १ हजार ५ सय शऒ्ढयाको आधुनिक केन्द्रीय वीर अस्पताल रहने जानकारी दिए।

'देशकै जेठो अस्पताललाई आधुनिक बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्न सरकारले गरेको निर्णय निकै राम्रो छ,' उनले भने, 'यो निर्णयपछि हाल वीर अस्पताल रहेको स्थानमा १ हजार ५ सय शऒ्ढया क्षमताको केन्द्रीय अस्पताल रहने र भक्तपुरमा एक हजार शऒ्ढया क्षमताको अर्को अस्पताल पनि खुल्नेछ।' उनले भक्तपुरमा बन्ने अस्पतालमा न्याम्सको कार्यालय, विशेषज्ञ पढाइ र अस्पतालसमेत सञ्चालन हुने जानकारी दिए।

सरकारले सम्पूर्ण नेपाली जनतालाई गुणस्तरीय एवं विशेषज्ञ उपचार सेवा दिन आधुनिक वीर अस्पताल निर्माणका लागि भक्तपुरको दुवाकोटमा करिब ७ सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।

सरकारले नीति तथा कार्यक्रम र बजेट भाषणमा पनि वीर अस्पताललाई उपत्यकाको कुनै एक स्थानमा करिब ५ सय रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गरी विस्तार गर्ने घोषणा गरेको थियो। उक्त घोषणापछि सरकारी टोलीले उपत्यकाका विभिन्न स्थानमा जाग्गा खोजी गरेको थियो। जसमध्ये टोलीले चाँगुनारायण नगरपालिकाको दुवाकोट र मध्यपुरठिमीको सानोठिमीमध्ये एक ठाउँमा सार्ने विकल्प सुझाएको थियो।

उपकुलपति गुरुङका अनुसार विभिन्न ठाउँमा जग्गा खोजी गरे पनि उपयुक्त नपाएपछि सरकारले सानोठिमीस्थित हवाई विभाग र सानोठिमी क्याम्पस रहेको क्षेत्र वा चाँगुनारायण नगरपालिकास्थित इन्जिनियरिङ कलेज आसपासको जग्गामा बनाउने टुंगोमा पुगेको थियो। दुवाकोटमा ५ सय रोपनीभन्दा बढी जग्गा फेला परेपछि दुवाकोटमा अस्पताल बनाउने निर्णय भएको हो। सानोठिमीमा करिब ३ सय रोपनी जग्गा मात्र थियो।

दुवाकोटमा पर्याप्त जग्गा फेला परेपछि दुई साताअघि अर्थमन्त्री विष्णु पौडेल र उपकुलपति गुरुङसहितको टोलीले जग्गा निरीक्षण गरेको थियो। निरीक्षणक्रममा उक्त स्थानमा सामान्य ढिस्को र बालुवाको थुम्कोजस्तो फराकिलो जग्गा देखेपछि अस्पताललाई दिन मिल्ने निर्णयमा टोली पुगेको थियो।

वीर अस्पतालको विस्तारित सेवाअन्तर्गत निर्माण हुने भनिएको उक्त स्थानमा रहेको ५ सय ८३ रोपनी जग्गामध्ये ३ सय ३४ रोपनी परोपकारको नाममा, १ सय ७४ रोपनी नेपाल इन्जिनियरिङ कलेजको नाममा, १५ रोपनी चाँगुनारायण उच्चमाविको नाममा र ६० रोपनी जग्गा खाली छ।

सरकारले भक्तपुरको विस्तारित अस्पतालमा सर्वसाधारणको आउजाउलाई सहज बनाउन मनोहरा खोलामा चार लेनको करिडोरसमेत निर्माण गर्ने भएको छ। दुवाकोटको अस्पतालमा कोटेश्वरबाट जडीबुटी हुँदै आउजाउ गर्न मनोहरा करिडोर निर्माणको काम पनि अगाडि बढाउने योजना बनाइएको छ। करिडोर निर्माणको काम सडक विभागअन्तर्गतका निकायले गर्नेछन्। मनोहरा करिडोर खोलपछि कोटेश्वरबाट पा“च किलोमिटरमा विस्तारित अस्पताल पुग्न सकिनेछ।

भक्तपुरमा विस्तारित अस्पताल निर्माणसँगै हाल अस्पताल रहेको वीर अस्पताल परिसरमा पनि ९ तले नयाँ आधुनिक भवन निर्माण हुनेछ। भूकम्पअगाडि अस्पताल परिसरमा १५ तलाको भवन बनाउने तयारी भएको थियो। तर, भूकम्पपछि उक्त भवनको डिजाइन परिवर्तन गरी ९ तलाको बनाउन लागिएको हो। 'यहाँ केन्द्रीय अस्पताल बनाउने गुरुयोजना पास भइसकेको छ,' उनले भने, 'गुरुयोजनाअनुसार नै काम भएमा अबको ५ वर्षमा यहाँ १५ सय शऒ्ढयाको अत्याधुनिक केन्द्रीय अस्पताल चल्नेछ।'

उनका अनुसार महाबौद्धमा ९ तले भवनमा ९ सय शऒ्ढया र हाल रहेका ट्रमा सेन्टरसहितको ६ सय गरी १५ सय शऒ्ढयाको अस्पताल हुनेछ। हाल वीर अस्पताल ४ सय शऒ्ढयाको छ भने ट्रमा सेन्टर दुई सय शऒ्ढयाको। भूकम्पका कारण वीर अस्पतालको एक सय शऒ्ढयामा क्षति पुगेका कारण अहिले वीर अस्पताल मुस्किलले ५ सय शऒ्ढयामा मात्र चलिरहेको छ।

भूकम्पले क्षति पुर्‍याएको वीर अस्पतालको भवन भत्काएर जाइकाले नयाँ भवन निर्माण गरिदिने भएको छ। जाइकाले भवन निर्माणका लागि काम अगाडि बढाइसकेको छ। वीर अस्पताल वि.सं. १९४६ सालमा वीर शम्सेरको पालामा स्थापना भएको हो।
अर्को समाचार
वीर अस्पतालमा करोडौंका उपकरण बेकामे
२९ फागुन २०६६
•
७ मिनेट पाठ
वीर अस्पतालमा करोडौंका उपकरण बेकामे
दीपक दाहाल, काठमाडौं, चैत १- मुलुककै ठूलो अस्पताल वीरमा ६ महिनायता भित्रिएका २० करोडभन्दा बढी मूल्यका सामग्री जडान गर्ने ठाउँ र कम मूल्यका सामान नकिन्दा काममा आउन सकेका छैनन्।

नयाँ उपचार पद्धति भिœयाउन तीन महिनाअघि ल्याइएको गामा क्यामेरा चार महिनादेखि अस्पतालकै ढोकामा अलपत्र छ। दुई महिनादेखि ल्याएको एक्सरे मेसिन नयाँ भवनको प्रवेशद्वारमा थन्किएको छ। स्वास्थ्य मन्त्रालयले खरिद गरेर दिएको मुटु र नसाका रोगीलाई आवश्यक एन्जियोग्राफी र स्तन क्यान्सर जाँच गर्ने मेमोग्राफी मेसिन साना कारण देखाएर सञ्चालनमा ल्याइएको छैन। आइसियू कक्षमा चाहिने कार्डियाक्ट मोनिटर र मेकानिकल भेन्टिलेटरजस्ता उपकरण स्टोरमै छन्।
सधैं व्यस्त रहने सिटीस्क्यान मेसिन बिग्रिएको दुई महिना भयो। निजीमा उपचारका लागि जान नसकेर वीरमा मेसिन बन्ने प्रतीक्षामा बसेका बिरामी सयभन्दा बढी छ। दैनिक १५ देखि २० जना बिरामी सिटीस्क्यान गर्न नपाएर फर्कन्छन्। नौ वर्ष पुरानो सिटीस्क्यानको स्लियरिङ पावर ब्रस खिइएकाले तत्काल मर्मत गर्नुपर्ने जानकारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
(न्याम्स)लाई पठाइएको छ।
न्युक्लियर विधिबाट गरिने आधुनिक उपचारका लागि मंसिर अन्तिम साता वीरमा ल्याइएको अढाइ करोडभन्दा बढी मूल्यको गामा क्यामेरा कम गुणस्तरको भन्दै रेडियोलोजी विभागका चिकित्सक र प्राविधिकले जडान गरेनन्। ल्याइसकेको उपकरण फाल्न भएन भन्दै विभागीय चिकित्सकले लचकता देखाए पनि प्रशासनले जडान गरेको छैन। अस्पताल प्रशासन रेडियोलोजी विभागभित्रै क्यामेरा जडान गर्नुपर्ने अडानमा छ भने विभागीय चिकित्सकहरूले अर्कै ठाउँ देखाएका छन्।
दुई महिनादेखि ढोकैमा थन्किएको एक्सरे मेसिनको मूल्य १ करोड बढी पर्छ। विशेष प्रकारको फ्रुसोसकोपी नामको एक्सरेले काम नगरेको ७ महिनाभन्दा लामो समयपछि अस्पतालले ल्याएको नयाँ मेसिन जडान नगर्नुको कारण बताइएको छैन।
मुटुभित्रका मसिना नसाको अवस्था अवलोकन गर्न प्रयोग गरिने करिब ४ करोड मूल्य पर्ने एन्जियोग्राफी मेसिन स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले खरिद गरेर दिएको हो। त्यो सञ्चालनका लागि वर्कस्टेसन निर्माण गर्नुपर्ने भन्दै पटकपटक न्याम्स र निर्देशकलाई जानकारी गराएको अस्पतालको कार्डियोलोजी विभागका निमित्त प्रमुख डा.प्रकाशराज रेग्मी बताउँछन्। वर्कस्टेसन बनाउन करिब ४ लाख रुपैयाँ भए पुग्छ।
'पहिला सरकारले पैसा दिएर अस्पतालले उपकरण किन्थ्यो, अब माथिबाटै किनेर दिन थालियो तर अपूरो,' डा.रेग्मीले भने, 'किन्नेले किन अपूरो दिएको? पाउनेले पनि अपुग उपकरण किनेर चलाउँदैन।'
सरकारले यो वर्ष आधुनिक सिटीस्क्यान पिएमटिसिटी खरिद गर्न छुट्टयाएको ६ करोड रुपैयाँसमेेत विवादमा छ। रेडियोलोजी विभागका प्रमुख सोही उपकरण किन्ने पक्षमा छन् भने अस्पताल प्रशासन क्यान्सर उपचारमा प्रयोग हुने ब्याक्रोथेरापी उपकरण किन्ने पक्षमा छ। अस्पतालका एक वरिष्ठ चिकित्सकले भने, 'उपकरण विवाद सधैं यस्तै हो, किन्छन्, फाल्छन् नयाँ किन्छन्।'
स्तनको अवस्था जाँच गर्ने डेढ करोढभन्दा बढी मूल्यको मेमोग्राफी मेसिन स्वास्थ्य मन्त्रालयले अघिल्लो आर्थिक वर्ष अन्त्यमा अस्पताललाई अनुदानमा दियो। मेसिन चलाउन आवश्यक स्टेपलाइजरको मूल्य ५० हजारमात्रै पर्छ। 'मेसिन जडान भइसक्यो, स्टेपलाइजर किन्न पटकपटक पत्राचार भयो, छ महिनासम्म आएन,' वीरका रेडियोलोजी विभाग प्रमुख डा.मुकुन्दराज पन्थीले भने।
एनेस्थेसिया विभागीय प्रमुख डा.ब्रह्मदेव झालाई तीन महिनाअघि १५ लाख भन्दा बढी मूल्यका भेन्टिलेटर र कार्डियाक्ट मोनिटर ल्याएको मौखिक जानकारी गराइएको थियो। झाले भने, 'त्यसपछि कुनै जानकारी आएको छैन।' स्रोतका अनुसार करिब ७ करोड मूल्यका ती सामग्रीमध्ये केही परीक्षणकै क्रममा बिग्रिएपछि अहिले स्टोरमा गुपचुप पारिएको छ।
न्याम्सका उपकुलपति डा. सिपी मास्केले आवश्यक सामग्री जुटाउन सहयोग गर्ने काम न्याम्सको भए पनि सञ्चालन गर्ने जिम्मा निर्देशकको भएको बताए। निर्देशक दीर्घराज आरसीले भने, 'उपकरण खरिदका विवाद न्याम्सलाई थाहा हुन्छ, मेरो काम दैनिक कार्यसञ्चालन हो।'
उनले पुस ५ गतेदेखि उपकुलपति कार्यालयमा सुरू तालाबन्दी र त्यसपछि विभिन्न नाममा जारी आन्दोलनका कारण कर्मचारी र चिकित्सकबाट असहयोग भएको जनाए। उनले धेरै उपकरण न्याम्सले खरिद गरेकाले आफूलाई जानकारी नभएको बताए।
गामा क्यामेरा सञ्चालनबाट रेडियो विकिरण निस्किने भएकाले मानिसको आवतजावत कम हुने स्थानमा राख्नुपर्ने पन्थी बताउँछन्। प्रतिष्ठानले हालै हंगेरीको मेडिसो कम्पनीबाट किनेको क्यामेराको मूल्य २ करोड ५१ लाख छ। बेलायतको नेसनल हेल्थ सर्भिसले गरेको अध्ययनले भने उक्त कम्पनीको गामा क्यामेरा खासै बजारमा नचल्ने जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस