हेटौँडा, फागुन १७ (नागरिक)- त्रिभुवन राजपथको हेटौँडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ना १२ प ५७०१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुर गढी– ९ का २५ वर्षीय सरोज महतको गएराति मृत्यु भएको हो।
शनिबार राति त्रिभुवन राजपथको हेटौँडा–१ चौकीटोलमा दुर्घटनामा परी गम्भीर घाइते भएका उनको भरतपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सामरीबाट हेटौँडा बजारतर्फ आउँदै गर्दा तीब्र गतिमा रहेको ना १२ प ५७०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ। उनी मकवानपुर क्रसरका सवारी चालक रहेको प्रहरीले जानकारी दिएको छ।