तीन महिनामै क्षतविक्षत
२० असार २०७३
•
११ मिनेट पाठ
तीन महिनामै क्षतविक्षत
काठमाडौं-पुरानो बानेश्वर–सिनामंगल क्षेत्रका बासिन्दा निकै हर्षित थिए। नहुन् पनि किन ? महिनौंदेखि धुलो र हिलो खाएर बाँच्नुपर्ने विवशताबाट मुक्ति पाएका थिए उनीहरूले। विस्तारका नाममा सडक खनेर लामो समय अलपत्र छाडिँदा स्थानीयदेखि यात्रुसम्मलाई सास्ती थियो । वरिपरिका पसल धुलोले हेरिनसक्नु हुन्थे । कतिपय पसल सञ्चालक बिरामी नै परे । बाक्लो दबाब र संघर्षपछि बल्लतल्ल सफा अनि कालोपत्रे सडक पाएका थिए उनीहरूले ।

तर, यो खुसी तीन महिना पनि टिक्न पाएन । राम्ररी सवारीसाधन गुडिनसक्दै करिब १० करोड रुपैयाँ खर्चिइएको उक्त सडक फेरि क्षतविक्षत भइसकेको छ । ठूल्ठूला खाल्डा परेका छन् । कतिपय स्थानमा कालोपत्र धुलिएर उप्किन थालेको छ ।

अब भन्नै परेन, सडक निर्माणमा चरम लापरबाही भएको छ ! राज्यको करोडांै रकम खन्याइएको राजधानीकै मुख्य सडक यति छिट्टै भत्कुनमा दोषी को त ?

सडक विभागका प्रवक्ता दयाकान्त झा ठेकेदार कम्पनीले लापरबाही गर्दा नयाँ सडक तीन महिनामै भत्किएको बताउँछन् । ‘सडकमा सवारी चापका आधारमा डिजाइन गरेर कालोपत्रे गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘तर, यति छिट्टै भत्किनुले निर्माणक्रममा ठेकेदारको कमजोरी प्रस्ट भएको छ ।’

प्रवक्ता झाले उक्त सडकका विषयमा आवश्यक अध्ययन गरी दोषीलाई कारबाही गर्न मध्यमाञ्चल क्षेत्रीय सडक कार्यालयलाई निर्देशन दिइसकेको बताए । उनका अनुसार सामान्यतया पाँच सेन्टिमिटर बाक्लो कालोपत्र गरिएको सडक कम्तीमा पाँच वर्ष टिक्नुपर्छ ।

सेतोपुलदेखि सिनामंगलसम्मको उक्त सडक ‘लामा बिल्डर्स–विरुवा–च्याङमिला’ कम्पनीले निर्माण गरेको हो। दुई किलोमिटर निर्माण गरेबापत कम्पनीले काठमाडौं उपत्यका सडक विस्तार आयोजनाबाट ९ करोड ६३ लाख ६६ हजार ३ सय ३८ रुपैयाँ लिएको छ ।

ठेकेदार कम्पनीले भने उक्त सडकमा पाँच सेन्टिमिटर बाक्लो कालोपत्र गरिएको दाबी गरेको छ । तर, सडकका विभिन्न ठाउँमा कालोपत्र पातलो भएर माटोको तह देखिन थालिसकेको छ ।

विभाग प्रवक्ता झा ठेकेदारको यो दाबी पत्याउन तयार छैनन् । उनका अनुसार दुई सेन्टिमिटर मात्रै कालोपत्र गरिएको सडक पनि यत्ति छिट्टै उप्किने र भत्किने हुँदैन ।

ठेकेदार कम्पनीले उक्त सडक गत चैत ८ गते निर्माणसम्पन्न गरेको हो । तीन महिनामै सडकका विभिन्न स्थानमा खाल्डा पर्नु र कालोपत्र उप्किनुमा ठेकेदारकै चरम लापरबाही देखिएको आयोजनाका एक कर्मचारी पनि बताउँछन् । ‘सडक बिग्रिएपछि आयोजनाका तर्फबाट भएको निरीक्षणमा ठेकेदारले छेउछाउमा मात्र  मापदण्डअनुसार ५ सिएम कालोपत्र गरेको र धेरै ठाँउमा २ सिएम मात्र गरेको पाइएको छ,’ उनले भने, ‘प्रारम्भिक रूपमा हेर्दा नै निर्माणमा कम्पनीको कमजोरी देखिन्छ ।’

सेतोपुलबाट पुरानो बानेश्वरतर्फ जाने खण्डमा सबैभन्दा बढी भत्किएको छ । आयोजनाप्रमुख मनोज श्रेष्ठले सडक भत्किएलगत्तै कम्पनीलाई सेतोपुलनजिकैको ओरालोमा ढलान र अन्य स्थानमा पनि मर्मत गर्न निर्देशन दिइएको बताए । ‘यो विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं,’ उनले भने, ‘कम्पनीलाई बिग्रिएका स्थानमा पुनः सडक निर्माण गर्न भनिसकेका छौँ ।’ पुरानो बानेश्वर ओरालोमा निरन्तर पानी बगिरहने समस्या रहेकाले त्यहाँ ढलान नै गर्नुपर्ने उनको भनाइ छ ।

सडकको सिनामंगल खण्डमा पनि केही ठाउँ भासिएको छ भने कतिपय स्थानमा कालोपत्र डल्ला परेको छ। ठेकेदार कम्पनीले सडक ठेक्का पाएदेखि नै निर्माणमा लापरबाही गर्दै आएको थियो । लापरबाहीकै कारण निर्धारित मितिभन्दा झन्डै ९ महिना ढिला काम सकिएको थियो ।

ठेकेदारले सडकको गुणस्तरमा ध्यान नदिएको अहिले प्रस्ट भएको प्रवक्ता झाले बताए । ‘एक त उक्त सडक बनाउन नै निकै ढिला भएको थियो,’ उनले भने, ‘बल्लबल्ल बनाइएको सडक पनि भत्किन थाल्नु सरासर ठेकेदार कम्पनीको कमजोरी हो ।’ उनका अनुसार नियमअनुसार सडक निर्माण भएको एक वर्षसम्म कुनै समस्या देखिए ठेकेदार कम्पनीले आफ्नै खर्चमा निर्माण गरिदिनुपर्छ ।

कम्पनीले सडक निर्माणका लागि नियामक निकाय आयोजनासँग २०७० माघ १३ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार ०७२ असार १३ गतेभित्र निर्माण सम्पन्न गर्नुपथ्र्यो । तर, सरकारी निकाय र ठेकेदार कम्पनीकै लापरबाहीका कारण तीन महिनाअघि चैतमा मात्र निर्माण सम्पन्न भएको थियो ।

मध्य सहरभित्रको दुई किलोमिटर सडक निर्माणमा विभिन्न बहानाबाजी गर्दै आलटाल गर्दै आएको ठेकेदार कम्पनीले सर्वत्र आलोचना र चर्को दबाबपछि मात्र कालोपत्र गरेको हो । सडक निर्माणमा लापरबाही गरेको विषयमा स्थानीयदेखि प्रधानमन्त्री कार्यालयबाटसम्मबाट दबाब परेको थियो ।

कम्पनीको बहानाबाजीमा सही थाप्दै गएको पाएपछि प्रधानमन्त्री कार्यालयले आयोजनाका कर्मचारी तथा सडक विभागका कर्मचारीलाई स्पष्टीकरणसमेत मागेको थियो । कार्यालयले सडक निर्माणमा लापरबाही गर्ने कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी दिएपछि कम्पनीले निर्माण तीव्र पारेको थियो ।

निर्माणमा ढिलाइ गरेको विरोधमा गत साउनमा स्थानीयले सडकमै रोपाइँ गरेका थिए भने फागुन अन्तिममा सवारी आवतजावत ठप्प पारेका थिए । चर्को दबाबपछि बनाइएको सडक गुणस्तरहीन निस्किएपछि स्थानीय आजित छन् ।

उपत्यकामा नयाँ बनाइएको सडक केही दिनमै भत्किएको यो पहिलो घटना भने होइन । यसअघि कति सडक एक सातामै भत्किएका उदाहरण पनि छन् । केही समयअघि पुरानो बानेश्वर–नयाँ बानेश्वर सडक खण्डको एपेक्सकलेज नजिकै र सिफलबाट चाबहिल जाने सडकको बीचमा भासिएर खाल्डो परेको थियो ।

नयाँ कालोपत्रे गरिएका केही सडक त तीन दिनमै पनि भत्किएका छन् । सडक विस्तार अभियानयता उपत्यकाका विभिन्न खण्डमा गरी जम्मा १ सय २० किलोमिटर सडक मात्र पिच भएका छन् । सडक विस्तारमा हालसम्म २० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर, सबैजसो सडक खाल्डाखुल्डी पर्ने र भत्कन थालेपछि राज्यको यति धेरै लगानी पानीमै बगाएसरह भएको छ ।

उपत्यकाका सडक निर्माणको जिम्मेवारी पाएका निकाय काठमाडौं उपत्यका सडक विस्तार आयोजना, तीनवटै जिल्लाका डिभिजन सडक कार्यालय र काठमाडौं महारनगरपालिकाले निर्माण गरेका सडक बनाउन नपाउँदै भत्कने गरेका छन् । विज्ञहरुका अनुसार एकपटक बनाइएको कालोपत्रे सडक पाँचदेखि सात वर्षसम्म टिक्नुपर्ने हो । तर, डिल्लीबजार–महाराजगन्ज, कमलपोखरी–रातोपुल, गैरीधारा–बालुवाटार, डिल्लीबजार–कालिकास्थान, मित्रपार्क–गौरीघाट, भत्केको पुल–चावहिल, बालाजु–बाइपास र भक्ति थापा मार्ग सडकका कुनै न कुनै खण्डमा पिच उप्कने, खाल्डा पर्ने र चर्किने समस्या देखिएको छ ।

विस्तारित नयाँ सडकको पिच सबैभन्दा बढी कमलपोखरी–ज्ञानेश्वर मार्ग र डिल्लीबजार–नक्साल खण्डमा भत्किएको थियो । कालिकास्थान–डिल्लीबजार खण्ड र गैरीधारा–बालुवाटार–टिचिङ खण्ड पनि लामो समय टिकेनन् । ज्ञानेश्वर खण्डको सडक पिच गरेको तीन दिनमै भत्किएको थियो । जिम्मेवार निकाय भने तीव्र वर्षा र ढल व्यवस्था नहुनुलाई दोष देखाएर उम्कने प्रयासमा छन्।
अर्को समाचार
मर्मतको दुई महिनामै सडक खत्तम
२४ भदौ २०७०
•
७ मिनेट पाठ
मर्मतको दुई महिनामै सडक खत्तम
धादिङ - दुई महिनाअघि मात्रै मर्मत गरिएको नागढुंगा–नौबिसे सडक खण्डले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका टिपर गुडाउँदा एउटा लेन कामै नलाग्ने गरी क्षतविक्षत भएको छ। यो सडक खण्ड असार मसान्तमा मर्मत गरिएको हो। डिभिजन सडक कार्यालयलाई बुझाएलगत्तै काठमाडौं भित्रिने देब्रे लेन भत्कन थालेको थियो। बर्खा नसकिँदै ८० प्रतिशत भाग कामै नलाग्ने अवस्थामा पुगेको छ। यसले गाडी ओहोरदोहार गर्न मुस्किल हुँदा १० किलोमिटर सडक पार गर्न तीन घन्टाभन्दा बढी लाग्ने अवस्था छ।सडकको भारवहन क्षमताले नधान्ने सवारी गुडेकाले तीन महिनामै पिच भत्किएको सडकका कर्मचारी बताउँछन्। ‘यो सडकको भारवहन क्षमता १० टनमात्र हो, तर ५० टनसम्म भारी बोकेका सवारी गुड्ने गरेकाले पिच चाँडै भत्किन्छ,' डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर राजदेव साहले भने।
पृथ्वी राजमार्गको मुग्लिङदेखि नौबिसेसम्मको सडक मर्मत एड्भेन्चर निर्माण सेवाले करिब ८० लाख रुपैयाँ लागतमा गरेको हो। यसभित्र खाल्डाखुल्डी टाल्ने, ओटासिल र रङरोगन गरिएको साह बताउँछन्। अहिले त्यही टालिएका खाल्डाखुल्डी जस्ताको तस्तै बनेका छन्। यहाँ १ हजार ७० मिटर ढलानको क्रममा छ भने बाँकी भाग निर्माण नसकिँदै जीर्ण हालतमा पुगेको छ।
हरेक वर्ष सडक मर्मतसम्भारका नाममा करोडौं बजेट विनियोजन हुन्छ। वर्षभरि कुनै न कुनै स्थानमा मर्मत भइरहेको हुन्छ, तर कहिल्यै बनिसक्दैन। कमजोर पिचका कारण सडक कामै नलाग्नेगरी बिग्रिएको स्थानीयको आरोप छ।
'सडक विभागको लापरवाहीले कमजोर पिच गरिँदा यति छिटो बिग्रिएको हो,' नौबिसे–नागढुंगा खण्डअन्तर्गत सिस्ने खोलाका होटल व्यवसायी रामकृष्ण पोखरेलले नागरिकसँग भने, ‘दुनियाँका आँखामा छारो हालेर माकुराको जालोजस्तो पिच गरिन्छ, अनि तीन महिना पनि टिक्दैन।'
सार्वजनिक सडकमा कसैको चासो नहुँदा निर्माण कम्पनी र अनुगमन जिम्मा पाएका इन्जिनियरले फाइदा उठाएको पोखरेलको आरोप छ। ‘नागरिक स्तरबाट उपभोक्ता समिति वा यस्तै स्वतन्त्र निकाय गठन गरी अनुगमन गर्ने हो भने सत्यतथ्य बाहिर आउँथ्यो होला,' उनले भने।
मर्मतको गुणस्तर गतिलो नभएको प्राविधिक पनि स्विकार गर्छन्। तल्लो बेस गतिलो नबनाइकन धुलो माटोमाथि गिटी छरेर अलकत्रा हाल्ने र माथि चिल्लो कालो देखाउने प्रवृत्तिले यस्तो अवस्था आएको एक प्राविधिकले जनाए। मर्मतको गुणस्तरै कमजोर भएका बेला धादिङ र नुवाकोटबाट गिटी–बालुवा बोक्ने टिपरले सडक तहसनहस पार्ने उनीहरू बताउँछन्।
नदीबाट निकालेको र प्रशोधन गरिएको चिसो बालुवा बोकेर गुड्ने टिपरको भार सडकले थेग्नसक्ने क्षमताभन्दा दोब्बर हुन्छ। त्यसमाथि टिपरले उकालोमा पानी चुहाउँदा सडक सधैं चिसो भइरहन्छ। यसले चाँडो पिच भत्कने गरेको डिभिजन सडक कार्यालयको भनाइ छ।
दुई वर्षअघि बढी लोड बोकेर पानी चुहाउँदै गुड्ने टिपरलाई नियमन गरेपछि केही मात्रामा नियन्त्रण भएको थियो। धादिङ र नुवाकोटबाट दैनिक ५ सयभन्दा बढी टिपर राजधानी भित्रिने गरेका छन्। खासगरी पृथ्वी राजमार्गको मलेखुदेखि काठमाडौंसम्मको भागमा छिटो पिच उप्कनुको कारण यही हो। गल्छीको उकालोमा त सडक भत्किएर हरेक वर्ष डुँड बन्ने गरेको छ। अहिले साना सवारी सडकमै अड्कने खालका खाल्डाखुल्डी प्रशस्तै छन्।
यो बाटोको भारवहन क्षमता १० टन भए पनि १७ देखि ५० टनसम्म बोकेका लोडगाडी गुडाइन्छ। उकालो बाटोमा लोडगाडी तान्न नसकेर रोकिएका दृश्य थुप्रै देखिन्छ। ती गाडीलाई गुड्काको सहायताले धक्का दिँदै अगाडि बढाइएको हुन्छ। गाडी उठाउनका लागि धक्का दिँदा सडकमा प्रेसर पर्छ। गुड्काले पिच यताउता बनाइदिन्छ। भार थेग्न नसकी पिच सोहोरिएर एकातिर पोको पर्छ। त्यही ठाउँबाट पानी पस्न थाल्छ। पिच झन्झन् कमजोर हुँदै जान्छ। त्यही ठाउँमा दिनहुँ गाडीले खोस्रने गर्दा खाल्डाखुल्डी परेर सडक भत्किन सुरु हुन्छ।
'ओभरलोड बोक्ने सवारीलाई जरिवाना गराउनेबाहेक नियन्त्रण र नियमनको कानुन नहुँदा सडक हरेक वर्ष क्षतविक्षत भएको हो,' इन्जिनियर साहले भने।
उनका अनुसार विगतमा गर्दै आएको अलकत्रा–कालोपत्रे नटिकेपछि स्थायी समाधानका लागि 'कंक्रिट पेभमेन्ट' (ढलान) सुरु गरिएको हो। गत वर्ष नमूनाका रूपमा झाप्रेखोलामा गरिएको ढलानमा समस्या नआएको उनले बताए। 'त्यही अनुभवका आधारमा यसपटक नियमित समस्या आइरहने नौबिसे–नागढुंगाका नौ स्थानमा ढलान गरिँदैछ,' उनले भने।
यो ढलान एक फिट उचाइ, चार मिटर चौडाइ र ६ मिटर लम्बाइको हुनेछ। अलकत्रा–कालोपत्रेको तुलनामा ६ गुणा बढी लागत लाग्ने ढलान कम्तीमा ५० वर्ष टिक्ने अनुमान छ। तर, सडकबाट गाडी पल्टिँदा चेनपुल्ली लगाएर तान्न सडक प्वाल पार्नेजस्ता समस्या आए तोकिएको समय नटिक्ने इन्जिनियर साह बताउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस