संवैधानिक परिषद्मा बहुमत नजुट्दा नियुक्तिहरूमा कठिनाइ हुनथालेपछि सत्तापक्षले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने कसरत थालेको छ।
सोमबार साँझ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको बैठकबाट सहमति गर्दै उपसभामुख रानामगरलाई हटाएर सत्तापक्षको बहुमत जुटाउनेगरी दुई दलले अभ्यास थालेका हुन्।
यसअघि संवैधानिक परिषद्को बैठक बस्दा उपस्थित सदस्य संख्याको बहुमत जुटाएर नियुक्त गर्न सकिने विधेयक संघीय सदनका दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो। तर, राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक फिर्ता पठाइदिएका थिए।
राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि एमालेले फेरि हुबहु पारित गरेर पठाउने प्रस्ताव गर्दा कांग्रेसले मानेको थिएन। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्मा बहुमत नजुट्दा काम गर्न अप्ठेरो भइरहेको गुनासो गरिरहेका थिए।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद् प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख– उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता र राष्ट्रिय सभाका अध्यक्ष गरी ६ सदस्यीय हुन्छ।
जसमा अहिले प्रधानमन्त्री ओली र सभामुख देवराज घिमिरे मात्रै सत्तापक्षका सदस्य छन्। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख रानामगर विपक्षी दलका छन्।
राष्ट्रिय सभाका अध्यक्ष दाहाल माओवादी केन्द्रबाट र उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। प्रधानन्याधीश प्रकाशमान सिंह राउतलाई तटस्थ मानिन्छ। यद्यपि प्रधानमन्त्रीले बोलाएको बैठकमा उपस्थित हुने परम्परा छ।
यही कारण कांग्रेस–एमालेले उपसभामुख रानामगरलाई पदबाट बिदा गरेर संवैधानिक परिषद्मा बहुमत जुटाउने प्रयास गरेको देखिन्छ।
पुरानै विवाद मुख्य आधार
अहिले रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध निसाना साँधेर लगातार आन्दोलन गरिरहेको छ। गृहमन्त्रीमाथि नैतिक प्रश्न उठाउँदै रास्वपाले संसद् बैठक लगातार बहिस्कार गर्दै आइरहेको छ।
रास्वपाबाटै उपसभामुख बनेकी रानामगरमाथि कांग्रेस–एमालेले उठाउन खोजेको प्रसंग पनि भिजिट भिसासँगै जोडिन्छ। जुन अढाई वर्ष पुरानो आरोप हो।
उपसभामुख रानामगरले अमेरिकामा हुने एक कार्यक्रममा सहभागी हुने भन्दै असम्बन्धित व्यक्तिका नाममा भिजिट भिसा उपलब्ध गराइदिन आफ्नै लेटरप्याड दुरुपयोग गरेर अमेरिकी दूतावासलाई सिफारिसपत्र लेखेकी थिइन्। जुन कुरा गत वर्ष बाहिरिएको थियो। त्यहीबेला कांग्रेस र एमालेका सांसदले यसविषयमा कुरा उठाउँदै उपसभामुख रानामगरको राजीनामा मागेका थिए। तर, त्यो बेला त्यसै सामसुम भयो।
त्यसबेला प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यसविषयमा उजुरी परेको थियो। अहिले कांग्रेस र एमालेले त्यही विषयलाई आधार बनाएर उपसभामुख रानामगरलाई पदबाट हटाउने तयारी गरेका हुन्।
नेपालको संविधानको धारा ९१ को उपधारा ६ (ग) अनुसार सभामुख/उपसभामुखले पदअनुकुल आचरण नगरे प्रतिनिधिसभाको दुई तिहाइ बहुमतबाट पारित भएमा पदबाट हट्ने व्यवस्था छ।
यस्तै प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१० (१) बमोजिम सभामुख/उपसभामुखले पदीय आचारण अनुकुल काम नगरेको भन्ने सूचना दिनुपर्ने र त्यो सूचना नियम २१२ को उपनियम (४) बमोजिम दुई तिहाइबाट पारित भए पदमूक्त हुने व्यवस्था छ।
कांग्रेस–एमालेले उपसभामुख रानामगरलाई हटाउन कसरत सुरु गरेको यीनै व्यवस्था अन्तर्गत देखिन्छ। त्यसका लागि दुवै दलले मंगलबार आफ्ना सांसदका हस्ताक्षर संकलन सुरु गरिसकेका छन्।
कांग्रेस–एमालेले चाहेर मात्रै पनि उपसभामुखलाई हटाउन दुई तिहाइ मत पुग्दैन। अहिले प्रतिनिधिसभामा २७४ सिट छ, दुई तिहाइ जुटाउन १८३ सिट चाहिन्छ।
त्यसमध्ये कांग्रेसको ८८ र नेकपा एमालेको ७९ सिट छ। जोड्दा १६७ पुग्छ। दुवैका एक/एक जना सांसद निलम्बनमा छन्। यसैले मतदानमा खस्ने मत १६५ मात्रै हुन्छ। दुई तिहाई पुग्न १८ सिटक कम हुन्छ। जसका लागि अन्य साना दलको सहयोग लिनुपर्ने हुन्छ।
त्यसका लागि पनि कांग्रेस एमालेले सरकारमा रहेका, समर्थन गरिरहेका र पहिले गरेका दलहरूसँग पनि संवाद अघि बढाएका छन्।
मंगलबारको बैठकमा सरकारमै रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले उपसभामुख रानामगरलाई हटाउने प्रस्तावमा समर्थन जनाएका छन्। लोसपासँग ४ र जसपासँग ७ जना सांसद छन्।
यस्तै, सरकारलाई समर्थन गरिरहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि समर्थन जनाउन सकिने बचन दिएको बुझिएको छ। जनमतका ६ सांसद छन्।
यस्तै, केही समयअघि सरकारलाई दिएको समर्थन फिर्ता लिएका नागरिक उन्मुक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले पनि उपसभामुख रानामगरलाई पदबाट हटाउने विषयमा समर्थन ग्रिन सिग्नल दिएको बुझिएको छ। जसपा नेपालसँग ५ र नाउपासँग ४ जना सांसद छन्।
तर, यी दलहरूले उपसभामुख हटाउँदा आ-आफ्नै किसिमले बार्गेनिङ गर्ने अवस्था भने हुनसक्छ।
उता विपक्षमा रहेका माओवाद केन्द्र, रास्वपा, राप्रपालगायतका दलले उपसभामुख रानामगरलाई हटाउने प्रयासको विरोध गरिरहेका छन्।
सूचना तत्काल दर्ता नहुने
उपसभामुख रानामगरलाई पदबाट हटाउने सूचना तत्काल संसद सचिवालयमा दर्ता भने नहुने देखिएको छ। विशेषगरी सत्तारुढ दल कांग्रेसभित्रकै मतभिन्नता र अन्य साना दल निर्णयमा पुगिनसकेकाले तत्काल संसद सचिवालयमा सूचना दर्ता हुने सम्भावना कम रहेको स्रोत बताउँछ।
अहिले उपसभामुख रानामगर आफै अमेरिकाको भ्रमणमा छिन्। उनी विदेशमा रहँदा सूचना दर्ता भए राम्रो सन्देश नजाने पनि सत्तापक्षका दलको निष्कर्ष छ। उनी भदौ १३ गते मात्रै फर्किने तालिका रहेको बताइएको छ। त्यहाँबाट फर्किएपछि अहिलेको कसरतले एक रूप लिने देखिन्छ।