अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार
२६ कार्तिक २०८३
•
१ मिनेट पाठ
अस्ट्रेलियाको घना जंगलमा ६ दिनदेखि बेपत्ता किशोरको सकुशल उद्धार
अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित घना जंगलमा ६ दिनदेखि बेपत्ता रहेका १७ वर्षीय किशोर जीवितै फेला परेका छन्। लामो खोजी अभियानपछि बिहीबार बिहान उनलाई सकुशल उद्धार गरिएको हो।




विलियम नाम गरेका ती किशोर गत शुक्रबार एक साथीसँग क्याम्पिङका लागि मेलबर्नबाट करिब १८० किलोमिटर पूर्वमा रहेको जंगल क्षेत्रमा गएका बेला सम्पर्कविहीन भएका थिए।

रातको अत्यधिक चिसो तापक्रमका कारण उनको सुरक्षालाई लिएर प्रहरी तथा उद्धार टोली चिन्तित बनेका थिए। खोजी अभियानमा प्रहरीका तालिमप्राप्त कुकुर, गोताखोर र हेलिकप्टरसमेत परिचालन गरिएको थियो।

लामो खोजीपछि फेला परेका विलियमलाई उद्धारकर्मीले विशेष उपकरणको सहायताले सुरक्षित स्थानमा ल्याएका थिए। उद्धारपछि उनलाई डोनट र पानी दिइएको थियो भने स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।

उनकी आमा एलिजाबेथ बार्कलीका अनुसार विलियमको शरीरमा केही सामान्य कोतारिएका दागबाहेक कुनै गम्भीर चोटपटक छैन। उनको स्वास्थ्य अवस्था सामान्य र राम्रो रहेको उनले बताइन्।

'ऊ एउटा स्थानमा बसेर उद्धार टोलीको प्रतीक्षा गरिरहेको रहेछ। छोरा जीवितै भेटिएकोमा म अत्यन्तै खुसी छु,' आमाले सञ्चारकर्मीसँग भनिन्।

उनले ठट्टा गर्दै अब छोरालाई जीवनभर घरबाहिर जान नदिने बताएकी छन्।

भिक्टोरिया प्रहरीका कार्यवाहक निरीक्षक जेसन बेन्बोले किशोरलाई जीवितै फेला पार्दा प्रहरी अधिकारीहरू भावुक बनेको बताए। उनले विलियमले जंगलमा बिताएका दिनहरूको अनुभवबारे चाँडै जानकारी दिने अपेक्षा गरिएको पनि उल्लेख गरे।

६ दिनसम्म जंगलमा बेपत्ता रहेका किशोर सकुशल भेटिएपछि उनको परिवार र उद्धार अभियानमा संलग्न टोलीले राहत महसुस गरेका छन्।

बीबीसी
अर्को समाचार
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
१ मिनेट अघि
•
१ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
फाइल तस्बिर
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।




काठमाडौं क्षेत्र नं ६ अन्तर्गत टोखा नगरपालिका-१ बौडेश्वर झोरमा आज आयोजित मतदाता भेटका क्रममा उनले केही दिनभित्रै लगानीसँग जोडिएका केही कानुन संशोधन गर्न लागिएको उल्लेख गरेका हुन्। 

कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न कठिन हुने उनको भनाइ थियो। उद्योग व्यवसाय फस्टाउने वातावरण बनेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने उनले जानकारी गराए। 

मन्त्री खनालले काठमाडौं क्षेत्र नं ६ मा विकाससँग जोडिएका विभिन्न योजनामध्ये साङ्ला खोला करिडोरलाई जोड्ने विषयलाई आफूले प्राथमिकता दिएको पनि उल्लेख गरे। काठमाडौं क्षेत्र नं ६ को विकासका लागि आफू निरन्तर लागिपरेको उनको भनाइ थियो।

फरक एक प्रसंगमा मन्त्री खनालले परराष्ट्रमन्त्री प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणको मिति तय भइनसकेको बताए। रासस
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
यो पनि पढौँ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस