पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड
०४ जेष्ठ २०८३
•
५ मिनेट पाठ
पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड
राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।




बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले पूर्वाधार योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए। उनले योजनाको कार्यान्वयनमा परिणाममुखी दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए। सांसद घनश्याम रिजालले विगतदेखि नै बजेट कार्यान्वयन, पुँजीगत खर्च तथा आयोजना व्यवस्थापनमा विभिन्न कमजोरी देखिँदै आएको उल्लेख गर्दै विशेष गरी पुँजीगत खर्च वृद्धि गर्न आवश्यक रहेको बताए।

सांसद सम्झना देवकोटाले गाउँगाउँमा बस्ती एकीकृत गर्ने योजना ल्याउनुपर्ने धारणा राख्दै सडक सुरक्षासँगै निर्माणको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्। सांसद कमला पन्तले निर्माण व्यवसायीले समयमा भुक्तानी नपाउँदा पूर्वाधार विकासका काम समयमै सम्पन्न गर्न चुनौती भइरहेको बताइन्।

सांसद भुवनबहादुर सुनुवारले सांसदहरूले माग गरेका योजनाप्राप्त गर्न कठिनाइ हुने गरेको गुनासो गर्दै बूढीगण्डकी जलविद्युत् आयोजना समयमै कार्यान्वयन सुरु गर्नुपर्ने बताए। त्यसैगरी, सांसद सावित्री मल्लले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गरिन्।

पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आर्थिक गतिविधि विस्तार हुने सम्भावना रहेका सहर तथा बस्ती केन्द्रमा एकीकृत सहरी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८३/८४ का कार्यक्रम अघि बढाइएको बताएका छन्।

सचिव सिग्देलले स्थानीय तहका सडक तथा सामुदायिक पहुँच सुधार, झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रम, वैकल्पिक सहायक राजमार्ग विकास, स्थानीय तहका केन्द्र जोड्ने सडक विकास तथा सडक सुरक्षा एवं मर्मतसम्भार कार्यक्रमलाई आगामी वर्षका प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिए।

उनका अनुसार स्थानीयस्तरका सडक तथा सामुदायिक पहुँच सुधार कार्यक्रमका लागि १४ दशमलव सात अर्ब, झोलुङ्गेपुल क्षेत्रगत कार्यक्रमका लागि चार दशमलव ०६ अर्ब तथा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि २१ दशमलव ३५ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको छ।

सचिव सिग्देलले पाँच वर्षभित्र ४६० गाउँपालिकाका मुख्य बजार तथा बस्ती केन्द्रको सुधार गर्ने लक्ष्यका साथ ‘बस्ती विकास कार्यक्रम’ अघि सारिएको जानकारी दिए। आगामी आवमा कम्तीमा ५८ गाउँपालिकाका विभिन्न बस्तीमा स्रोत व्यवस्थापन गरिने उनको भनाइ थियो।

त्यस्तै, २९३ नगरपालिकामध्ये हालसम्म ठूलो लगानी नभएका नगरपालिकामा मुख्य पूर्वाधारको एकीकृत विकास गर्न ‘मध्यम सहरी विकास कार्यक्रम’ सञ्चालन गरिने जनाइएको छ। उक्त कार्यक्रमका लागि करिब रु १०० अर्ब अतिरिक्त स्रोत आवश्यक पर्ने तथा पहिलो वर्षका लागि रु ११ अर्ब ८१ करोड आवश्यक पर्ने मन्त्रालयले जनाएको छ।

कार्यक्रममा बागमती सभ्यता एकीकृत विकास समितिमार्फत बागमती र सहायक नदी किनारको भौतिक तथा प्राकृतिक वातावरण सुधार गर्ने योजना रहेको जानकारी दिइयो। काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत सार्वजनिक जग्गा संरक्षण, सडक सुधार तथा धुलोमुक्त सहर निर्माणमा योगदान पुर्याउने कार्यक्रमसमेत अघि बढाइएको सचिव सिग्देलले बताए।

त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभाग मातहतका कार्यालय र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत सञ्चालन भइरहेका पुनर्निर्माण कार्यक्रम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।

आगामी आव २०८३/८४ को बजेटमा राष्ट्रिय राजमार्गमा सुरक्षित यातायात सुनिश्चित गर्न सडक सुरक्षा तथा पहिरो नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ। सचिव सिग्देलले सडक सुरक्षाको दृष्टिकोणले राजमार्ग चौडाइ विस्तार कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिए। उनका अनुसार सडक मर्मतसम्भारका लागि आवश्यक बजेट विनियोजन गरिएको छ भने राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने गरी बजेट प्रस्ताव गरिएको छ।

सचिव सिग्देलले सडक विभागमार्फत राष्ट्रिय राजमार्ग तथा पुल निर्माणलाई प्राथमिकता दिइने बताए। अन्य स्थानीय सडक तथा पुल निर्माणको कार्य भने स्थानीय पूर्वाधार विकास विभागमार्फत सञ्चालन गरिने प्रस्ताव गरिएको उनले उल्लेख गरे।

यसैगरी सचिव विश्वबाबु पुडासैनीले खानेपानी तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार विसं २०८७ सम्म सबै नागरिकलाई स्वच्छ खानेपानी तथा आधारभूत सरसफाइ सुविधा सुनिश्चित गर्ने लक्ष्यसहित सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी एकीकृत कार्यक्रम कार्यान्वयन गरिने तयारी छ। ठूला तथा अधुरा खानेपानी आयोजनालाई शीघ्र सम्पन्न गरिने, तराई–मधेश क्षेत्रमा आर्सेनिकमुक्त खानेपानी उपलब्ध गराउन डिप बोरिङ तथा सतही जल प्रणाली विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

ढल व्यवस्थापन प्रणाली सुधार गरी नदी तथा नालाको स्वच्छता कायम गरिने तथा खानेपानीको गुणस्तरप्रति सार्वजनिक विश्वास बढाउन पानी परीक्षण प्रयोगशाला स्थापना र नियमित परीक्षण प्रणाली विकास गरिने जनाइएको छ।

त्यसैगरी, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि भूमिगत जल पुनर्भरण, वर्षाको पानी सङ्कलन, जलाशयमा आधारित आयोजना तथा पानीका मुहान संरक्षणलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। ‘हिमालयन ओरिजिन सर्टिफाइड वाटर’ अवधारणामार्फत नेपाली पानीको ब्रान्डिङ गरिने सरकारको योजना छ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव (जलस्रोत) सरिता दवाडीले नेपाललाई ऊर्जा निर्यात केन्द्रका रूपमा विकास गर्ने वर्तमान सरकारको लक्ष्य रहेको बताएकी छन्। उनले ऊर्जा विकास मार्गचित्र, २०८१ अनुसार आगामी १० वर्षभित्र ३५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य निर्धारण गरिएको जानकारी दिइन्। उक्त लक्ष्य हासिल गर्न प्रसारण लाइन निर्माण तथा विस्तारमा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो।

सचिव दवाडीले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचनासम्बन्धी स्पष्ट रोडम्याप तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्युत् विधेयक तर्जुमा गरिनुपर्ने बताइन्। उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकसमेत शीघ्र स्वीकृत गरिनुपर्नेमा जोड दिइन्।

उनका अनुसार २०० मेगावाटभन्दा माथिका ठूला आयोजनामा लगानी बोर्ड, विद्युत् नियमन आयोग र विद्युत् उत्पादन कम्पनी लिमिटेडबीच कार्यक्षेत्र तथा अधिकारको स्पष्ट विभाजन आवश्यक रहेको छ। हाल ती निकायबीचको भूमिका र स्वायत्ततासम्बन्धी विषय स्पष्ट नभएको उनले उल्लेख गरिन्।

सचिव दवाडीले मध्यमकालीन खर्च संरचना (एमटीईएफ) को अधीनमा रही रु २० करोडभन्दा कम लागत अनुमान भएका परामर्श सेवाको बहुवर्षीय खरिद स्वीकृति लेखा उत्तरदायी अधिकृतबाट स्वीकृत हुने व्यवस्था मिलाइनुपर्ने सुझावसमेत दिइन्। 
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस