नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र पनि गडबडी रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टीको एक समारोहमा सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीभित्र बस्दा अनुशासनको पालन गर्नुपर्ने बताएका हुन्।
‘अहिले कम्युनिस्ट पार्टीभित्र महासंकट छ। हाम्रो पार्टीभित्र पनि केही गडबडी छ, तर यस्ता कुराबाट आत्तिने होइन,’ अध्यक्ष नेपालले भने, ‘पार्टीको अनुशासन पालन गरे कि गरेनन्? गर्दैनन् भने त्यसको खुलेआम विरोध गर्नुस्।’
पार्टीको पक्षमा बोल्ने र नबोल्ने एउटै नहुने उनले बताए। त्यसपछि पार्टीका सम्मानित नेता झलनाथ खनालसँगको आफ्नो पछिल्लो वाक युद्धलाई इङ्गित गर्दै उनले भने, ‘अनि दुइटै नेताले किन लडाइँ झगडा गरेको आदि इत्यादि।’
पार्टीको पक्षमा जति पनि बोल्न पाइने उल्लेख गर्दै अध्यक्ष नेपालले पार्टी बनाएरै देखाउने बताए। ‘यो पार्टी बन्छ, चल्छ, बनाएर चलाएर देखाइन्छ,’ उनले भने, ‘तर बन्दैन भन्न पाइँदैन। चल्दैन भन्न पाइँदैन।’
भन्नेहरूका लागि पनि पार्टीको कमिटी भित्र कुरा गर्न उनले आग्रह गरे। ‘कहाँ पाइन्छ? कमिटीभित्र पाइन्छ। त्यहाँ भन्नुस् भडास पोख्नुस्। तर सधैँ दुःख दिन पाइँदैन,’ अध्यक्ष नेपालले भने।
ताकत भए महाधिवेशनमै देखाउन पनि उनले चुनौती दिए।