प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनुलाई देशको आर्थिक क्षमता र लामो समयको प्रयासको स्वाभाविक परिणाम भएको बताएका छन्।
बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका छन्।
प्रधानमन्त्री ओलीले स्तरोन्नतिका लागि आवश्यक प्रतिव्यक्ति आयको मापदण्ड पूरा नभएको भन्ने तर्कको खण्डन गर्दै नेपालले उक्त मापदण्ड पूरा गरिसकेको दाबी गरे।
उनले भने, ‘अहिले नेपालको प्रतिव्यक्ति आय करिब १४०० डलर पुगिसकेको हुनाले त्यो मापदण्ड पनि पूरा भइसकेको छ। मापदण्ड पूरा हुन्छ भन्ने देखेर नै स्तरोन्नतिको सम्भावित सूचीमा राखिएको हो।’
उनले कोभिड-१९ महामारीको विश्वव्यापी संकटका बेला पनि नेपालको अर्थतन्त्रले देखाएको ‘प्रतिरोध क्षमता’ कै आधारमा स्तरोन्नतिको निर्णय भएको स्पष्ट पारे।
‘विश्वका धेरै देशको अर्थतन्त्र ३५ प्रतिशतसम्म ऋणात्मक हुँदा पनि नेपालको अर्थतन्त्रमा नगन्य असर परेको थियो। यही क्षमतालाई मूल्यांकन गरेर स्तरोन्नतिको सिफारिस गरिएको हो,’ उनले भने।
ओलीले स्तरोन्नतिको मूल्यांकन हुनुअघि नेपालले ७ प्रतिशतभन्दा माथिको तीव्र आर्थिक वृद्धिदर हासिल गरेको र मानव विकास सूचकांक, शिक्षा तथा स्वास्थ्यमा तीव्र विकास गरेको तथ्यलाई पनि स्मरण गराए।
नेपालको स्तरोन्नतिको प्रयास सन् २०१० बाटै सुरु भएको र सन् २०१५, २०१८ तथा २०२१ मा यसको मूल्यांकन हुँदै आएको जानकारी दिँदै उनले विक्रम संवत् २०८३ मंसिरसम्ममा नेपाल औपचारिक रूपमा विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताए।
उनले यो प्रक्रियालाई देशका लागि एक महत्त्वपूर्ण र सकारात्मक फड्कोको रूपमा लिनुपर्नेमा जोड दिए।