राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको नौ दलको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सात बुँदे संयुक्त अपिल जारी गरेको छ।
दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव, शान्तिपूर्ण संवाद र जिम्मेवार अभिव्यक्तिमार्फत समस्याको समाधान खोज्न सबै पक्षलाई आग्रह गरिएको छ।
संयुक्त अपिलमा पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
दलहरूले नेपालको विविधतायुक्त समाजमा सदियौंदेखि कायम रहेको सामाजिक सद्भाव, सहिष्णुता र सहअस्तित्वलाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुन नागरिकलाई आग्रह गरेका छन्। उनीहरूले आवेग र उत्तेजनाभन्दा संयमता अपनाउँदै समस्याको समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिएका छन्।
यस्तै, लोकतान्त्रिक प्रणालीमा जटिल समस्या र असन्तुष्टिको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै सबै सरोकारवालालाई वार्ता र संवादको माध्यम रोज्न आह्वान गरिएको छ।
यसैगरी प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी समुदायस्तरसम्म संवाद विस्तार गर्न, धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनको समन्वयमा शान्ति कायम गर्न पहल गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
संयुक्त वक्तव्यमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्दै सत्यतथ्यमा आधारित र जिम्मेवार सूचना सम्प्रेषण गर्न सबैलाई अनुरोध गरिएको छ।
त्यस्तै, नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकारले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ।
दलहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सरकार र समाजसँग सहकार्य गर्दै शान्तिपूर्ण समाधानमा प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेका छन्।