नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी परित्यागको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफू अब कांग्रेसमा नरहेको जानकारी दिएका हुन्।
पर्यटन व्यवसायी समेत रहेका उनले पार्टीभित्रको संस्कार र इतिहास मेटिँदै गएको र नेतृत्व विचलित भएको आरोप लगाउँदै कांग्रेस छोड्ने निर्णय गरेको बताए। उनले लेखेका छन्, ‘अन्ततः कांग्रेसमा बसिएन। सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।’
बजगाईंले संस्थापक नेता कृष्णप्रसाद भट्टराईको सदस्यता पुनःस्थापन गर्ने निर्णयको समेत आलोचना गरे। उनले अगाडि लेखेका छन्, ‘किसुनजीका सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति म खेद व्यक्त गर्दछु, त्यो फेरिफेरि भर्न किन पर्थ्यो र? त्यसको औचित्य छैन थिएन नि! संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु।’
उनले पार्टीभित्र एउटा समूह कब्जा अभियानमा लागेको र भित्री षड्यन्त्रमार्फत सदस्यताको संरचना नै बदल्न खोजिएको गम्भीर आरोप समेत लगाएका छन्।
हेर्नुस् उनको एक्स पोस्ट
अन्ततः कांग्रेसमा बसिएन।
सज्जनका हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।
किसुनजीका सदस्यता पुनर्स्थापन गर्ने निर्णयप्रति म खेद व्यक्त गर्दछु, त्यो फेरि फेरि भर्न किन पर्थ्यो र? त्यसको औचित्य छैन थिएन नि!
संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरूको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु।
विशेष वृन्दहरू चरणबद्ध रूपमा पार्टी कब्जा अभियानमा लागेका छन्।
उनीहरूले यसरी खेल खेलिरहेका छन्- सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने, नसके अप्ठ्यारो ढुंगाको पर्खाल खडा गरेर तथ्याङ्क संकलनको आडमा भित्री षड्यन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको ‘डीएनए’ बनाउने।