महत्वाकांक्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेका छन् : सूर्य थापा
१० कार्तिक २०८३
•
८ मिनेट पाठ
महत्वाकांक्षी पदलोलुपहरूले देश बर्बाद पारिरहेका छन् : सूर्य थापा
नेकपा एमालेका नेता सूर्य थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गर्दै उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।




सामाजिक सञ्जालमार्फत थापाले उक्त माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले नेपालको राष्ट्रिय हित, स्वाभिमान र कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएको आरोप लगाएका छन्। उनले वाग्लेलाई ‘महत्वाकांक्षी पदलोलुप’को संज्ञा दिँदै यस्ता व्यक्तिले देश बर्बाद पारिरहेको टिप्पणी गरे।

थापाले वाग्लेसँग व्यक्तिगत रूपमा खासै संगत नभए पनि प्रतिनिधि सभाको अर्थ समितिमा सँगै रहेर काम गरेको अनुभव रहेको उल्लेख गरेका छन्। २०७९ को निर्वाचनपछि आफू प्युठानबाट निर्वाचित भएर आएको र वाग्ले उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेपछि अर्थ समितिमा सँगै काम गरेको उनले बताएका छन्।

थापाले अर्थ समितिमा वाग्लेको भूमिका र उपस्थितिमाथि प्रश्न उठाएका छन्। नयाँ स्टक एक्सचेञ्जसम्बन्धी निर्देशन, गोकर्ण फरेस्ट रिसोर्टमा भएको समितिको छलफल तथा वैकल्पिक विकास वित्त परिचालन कोष विधेयकका विषयमा वाग्लेको भूमिका विवादास्पद रहेको उनको दाबी छ।

उनका अनुसार अर्थ समितिले सर्वसम्मतिले पारित गरेको वैकल्पिक विकास वित्त परिचालन कोष विधेयक अर्थमन्त्री बनेपछि वाग्लेले संशोधन गरी त्यसका महत्त्वपूर्ण प्रावधान कमजोर बनाएको आरोप छ। संसद्ले पारित गरेको विधेयकको मूल मर्म प्रभावित भएको भन्दै थापाले असन्तुष्टि जनाएका छन्।

थापाले वाग्लेको परराष्ट्र मामिलासम्बन्धी अभिव्यक्तिमाथि पनि प्रश्न उठाएका छन्। विशेषगरी भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँगको अन्तरक्रियामा वाग्लेले दिएको अभिव्यक्ति र ‘राष्ट्रवादी देखिन भारतको विरोध गर्ने युग सकियो’ भन्ने भनाइलाई उनले नेपालको राष्ट्रिय स्वाभिमानविपरीत भएको टिप्पणी गरेका छन्।

भारतसँगको द्विपक्षीय बैठकमा नेपालको झण्डा राख्न नसकेको विषयलाई समेत थापाले आलोचनाको विषय बनाएका छन्। उनका अनुसार यस्ता गतिविधिले नेपालको कूटनीतिक मर्यादा र राष्ट्रिय हितप्रति सरकारको दृष्टिकोणमाथि प्रश्न उठाउँछन्।

अर्थमन्त्री वाग्लेको आर्थिक व्यवस्थापनसम्बन्धी भूमिकामाथि पनि थापाले आलोचना गरेका छन्। उनले अर्थतन्त्र सुधारमा अपेक्षित परिणाम नदेखिएको, कथित चिठ्ठा प्रकरण तथा बजेट वक्तव्यसँगै जोडिएको बीवाईडी विद्युतीय गाडीको भन्सारसम्बन्धी विवादमा सरकारले पर्याप्त जवाफदेहिता नदेखाएको आरोप लगाएका छन्।

थापाले वाग्लेको विगतको राजनीतिक तथा व्यावसायिक यात्रामाथि पनि टिप्पणी गरेका छन्। नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको सिफारिसमा अन्तर्राष्ट्रिय संस्थामा काम गर्न गएको र पछि अवसरको खोजीमा नेपाल फर्किएको उल्लेख गर्दै उनले वाग्लेको नेपालप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।

विदेशी विश्वविद्यालयको शैक्षिक उपाधिलाई मात्र आधार बनाएर व्यक्तिलाई महत्त्व दिने प्रवृत्तिले नेपालका विश्वविद्यालयबाट उत्पादित योग्य जनशक्तिको अवमूल्यन भइरहेको थापाको भनाइ छ। उनले नेपाली बौद्धिक क्षेत्रलाई बेवास्ता गर्दै विदेशमा अध्ययन गरेका व्यक्तिलाई पटकपटक अवसर दिने प्रवृत्तिको आलोचना गरेका छन्।

थापाले अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा व्यक्त अभिव्यक्ति अर्थ मन्त्रालयको कार्यक्षेत्रसँग असम्बन्धित रहेको र मन्त्रिपरिषद्को कार्यविभाजन व्यवस्थाविपरीत भएको दाबी गरेका छन्।

उनले प्रधानमन्त्रीलाई अर्थमन्त्री वाग्लेलाई यथाशीघ्र पदबाट बर्खास्त गर्न आग्रह गरेका छन्। अन्यथा राष्ट्रिय हित, स्वाभिमान र गरिमाविपरीतका गतिविधि अझ बढ्न सक्ने उनको आशंका छ।

यस्तो छ उनको स्टाटस:

महत्वाकांक्षी पदलोलुपहरूले  

देश बर्बाद पारिरहेका छन्-

खराने कठपुतली सरकारका लम्पसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई व्यक्तिगत रूपमा मैले खासै संगत गरेको छैन। व्यक्तिगत रूपमा कुनै रिसराग र मायामोह हुने पनि कुरा भएन। उनी संसार देखेका, भियतनामी अमेरिकी बिहे गरेका, अमेरिकी नागरिकताप्राप्त, विदेशी विश्वविद्यालय पढेका, विश्व बैंक लगायतले पत्याएका र अंग्रेजी खर्रर्र बोल्ने मान्छे परे। मानौं उनी बाहेक यसरी अंग्रेजी बोल्ने नेपालमा दोस्रो कोही थिएन, घण्टे अपराधी ग्याङले यसै भनेको पाइन्छ! २०७९ को निर्वाचनमा प्युठानबाट म निर्वाचित भएर आएपछि दलबदलु हुँदै संयोगवश उनी उपचुनावबाट प्रतिनिधिसभामा आए र अर्थ समितिमा पनि सँगसँगै सदस्य रहेर काम गरेको अनुभव भने साझा रहेको छ।

उनी भेटरान अर्थशास्त्री रहेको सुनिन्थे।तर तीन बर्ष अर्थ समितिमा रहँदा उनको भेटरान नभएर अति सामान्य भूमिका र अत्यन्त न्यून उपस्थिति मात्र देख्दा आश्चर्य लाग्यो। राष्ट्रिय योजना आयोगका सदस्य र उपाध्यक्ष रहिसकेका उनी सदनमा पनि अत्यन्त विवदास्पद सुनिन्थे।

जस्तोकि-

१) अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जका सम्बन्धमा प्रक्रिया रोक्न पहिले प्रारम्भिक बुलामा दिएको निर्देशन कायम राखिरहनुपर्ने सान्दर्भिकता समाप्त भएको थियो। त्यस्तो स्थितिमा समितिले सर्वोच्च अदालतको नयाँ आदेशअनुरूप पनि हुनेगरी निर्णय र निर्देशन गर्दै समितिको पूर्व निर्देशन फुकाऊ गर्ने निर्णय ग-यो। त्यसमा उनले लेखेको नोट अफ डिसेन्ट लेख्नु अनावश्यक, रोचक र हास्यास्पद थियो। त्यसले उनको बौद्धिक दिवालियापन स्पष्ट गरेको पाउन सकिन्थ्यो।

२) अर्थ समितिमा रहेको एक विधेयकमा आवासीय गृहकार्य र छलफल गर्न हामीहरू सभापतिजीले व्यक्तिगत प्रबन्ध गरी मिलाउनुभएको गोकर्ण फरेस्ट रिसोर्टमा पुगेका थियौं। त्यहाँ अन्तिम दिन बिहानको सत्रमा उनी अतिथिसरी पुगेर पूर्व अर्थमन्त्रीहरूको लहरमा आफै आसनग्रहण गर्दै आफू नयाँ रहेको भाषण दिनपुगे। मैले त्यहीं राष्ट्रिय योजना आयोगमा सदस्य र उपाध्यक्ष रहेर विगतमा बजेटको सिलिङ तथा बजेट निर्माण प्रक्रियामा लागिसकेको अनुभव बोकेको तपाईं कसरी नयाँ हुनुभयो? तपाईं नयाँ होइन, परीक्षण भइसकेको पात्र हो भनेर टिप्पणी गरेपछि उनी त्यही सत्रका लागि उपस्थित भएको जसरी आफ्नै समितिको कार्यक्रम नै पूरा नगरी बिचमै हिडेको देख्दा कमजोर जिम्मेवारीबोध पनि छर्लङ्ग अनुभव भएको थियो।  

३. अर्थ समितिले निकै मिहिनेतका साथ वैकल्पिक विकास वित्त परिचालन कोष विधेयक सर्वसम्मतिले पारित गर्दा सायद उनको पनि उपस्थिति थियो। तर उनी नै अर्थमन्त्री भइसकेपछि प्रतिनिधिसभा र संसदले पारित गरेको त्यही नामको विधेयकमा त्यतिबेला अर्थ मन्त्रालय र अर्थमन्त्रीसँग हामीले समितिमा गरेको कठोर र एकताबद्ध प्रयासका साझा प्रावधानहरू भाँचभुच र काटकुट पारेर अर्थहीन बनाइएको छ। कोषको पूँजी संरचनासम्बन्धमा अर्थमन्त्रीसँग नोकझोक गरिकन गरिएको संशोधित व्यवस्थासमेत स्यालको सिङ हराएजस्तै गरेर नाममात्रको अर्थहीन कानुन बनाइएको छ। दुई तिहाइको संख्या यस्तो निकम्मा भएको पाउँदा झन् उदेक लागेको छ।  

४. त्यतिबेला उनले प्रतिनिधिसभामा नेपाली सेना र पार्टीको प्रशिक्षणका क्रममा परराष्ट्र मामिलामा मुनरो डक्ट्रिनका बारेका बोलेका विषय त घोर आपत्तिजनक र नेपालको हित एवं पुर्खाको गौरवशाली विरासतविपरीत नै थिए। उनले आफ्नो राष्ट्रियता समेत अमेरिकी रहेको विवरण नेपालमा राजनीतिक नियुक्ति लिंदा सार्वजनिक भइसकेको छ।

५. केही समयअघि र भर्खरै नयाँ दिल्ली पुगेर त उनले आफ्नो हरिबिजोग हविगत नै प्रदर्शन गरे।दर्शक दीर्घाबाट उनले भारतीय विदेशमन्त्रीलाई गरेको प्रश्न र बोलेको 'राष्ट्रवादी देखिन भारतको विरोध गर्ने युग सकियो' भन्ने घोषणा खासमा टिप्पणीकारहरूले उल्लेख गरेजस्तै 'तेल घस्ने' क्रममा चिप्लिएको नभएर मात्र नेपालको राष्ट्रिय पीडा, अपमानको अनदेखा गर्दै प्रदर्शन गरेको स्वाभिमानविपरितको निर्लज्ज लम्पसारवाद हो। पद प्राप्त गर्न र व्यक्तिगत स्वार्थसिद्ध गर्न उनी कतिसम्म घुँडा टेक्न, प्रोटोकल उल्लंघन गरी तेल घस्न र राष्ट्रिय स्वार्थको सौदावाजी गर्न तम्तयार छन् भन्ने दृष्टान्त यसमा स्पष्ट  पाइएको छ।उहिले डा. मुकुल ढकालले सार्वजनिक गरेको तथ्यमा विश्वास गरिनहालेकाहरू पनि अब छाँगाबाट खसेजस्तै हुन पुगेका छन।

उनले भारतीय समकक्षीसँगको द्वीपक्षीय बैठकमा नेपालको झण्डासम्म राख्ने ढंग नपु-याउने तोइलामे व्यवहार र कार्यको पहिल्यै आलोचना भइसकेको छ।

६. देशको अर्थतन्त्रको सुधारमा यिनको विज्ञताले कुनै सारभूत प्रयास र परिणाम देखाउन सकेको छैन।कथित चिठ्ठा प्रकरणले यिनको अवस्था देखाइसकेको छ। बजेट वक्तव्यसँगैको  BYD Ev गाडीको भन्सार मिलेमतो र घोटालाका बारेमा त संसदमा यथेष्ट आवाज उठेको हो, जसलाई दुई तिहाइको कालो रूमालले मुख छोप्नेगरी ढाकछोप गरिएको देख्दा यिनको सुशासनको खोक्रो बकवास पनि उदाङ्गो भएको छ।

७. नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले २०७४ सालमा वाम गठबन्धनमार्फत झण्डै दुई तिहाई बहुमतको सरकार बनाएपछि नेपाली काँग्रेस करिब दुई दशक सरकारमा आउन नसक्ने स्वआंकलनका साथ उनी देश छाडेर पलायन भई शेरबहादुर देउवाको लिखित सिफारिस लिएर सायद अन्तर्राष्ट्रिय एजेन्सीमा जागिर खान पुगेका थिए। पछि सर्वोच्च अदालतको परमादेशमा देउवा प्रधानमन्त्री नियुक्त भएपछि उनी पुन: अवसरको खोजीकै क्रममा नेपाल फर्किएका थिए।यिनको नेपालमोह पदमोहबाहेक अरू केही नरहेको स्पष्ट छ।केही महिना पद नभएर खाली बस्नुपरे यिनी जागिरको खोजीमा भौतारिदैं विदेश पलायन भइहाल्ने ट्रयाक  रेकर्ड बनेको छ।

८. विदेशी नाम चलेका विश्वविद्यालयको उपाधिलाई केही भन्नुभन्दा पनि पदलोलुपहरूले त्यसको दुरूपयोग गरेको विरोधाभासपूर्ण अभ्यासमा नेपाली रैथाने (होमग्रोन) बौद्धिक क्षेत्रले हस्तक्षेप गर्न सकेको छैन। त्रिभुवन विश्वविद्यालयका उत्पादित उच्च योग्यतायुक्त जनशक्ति विदेशमा खोजिने, नेपालमा भने केहीजस्तो नठानिने उपहासको पक्षपातपूर्ण ञञङव्यवहारका कारण नेपाललाई आफनो क्यारियरको सिंढी उक्लने ट्रान्जिट स्टेसन मात्र  बनाउन उद्यत यस्ता पात्रहरू योग्यता र निष्ठाच्युत भए पनि पटकपटक इन्जेक्टेड हुन पाएको विडम्बना देशले भोगिरहनु परेको छ।

९. छिमेकमा गएर कूटनीतिको निर्धारित सीमा उल्लंघन गरी नेपालको हित र स्वाभिमानविपरित वक्तव्यवाजी गरेका अर्थमन्त्री वाग्लेको कथन उनले सम्हालेको मन्त्रालयसँग शतप्रतिशत असम्बन्धित र मन्त्रिपरिषदको कार्यविभाजनको व्यवस्थाविपरित कार्यक्षेत्रभन्दा टाढै रहेको छ। यस्तो स्थितिमा उनलाई प्रधानमन्त्रीले यथासंभव छिटो बर्खास्त गरी देशबाट विदा दिन सक्नुपर्दछ।अन्यथा यिनले नेपाल राष्ट्रको हित, स्वाभिमान र गरिमाविरूद्दका कार्य र अनाडी हर्कत अझ बढाउदै जाने खतरा विद्यमान देखिन्छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस