चितवन क्षेत्र नम्बर ३ (२)का प्रदेशसभा उम्मेद्वार ठाकुर प्रसाद ढकालले प्रयोग गरेको गाडीमा आगजनीको प्रयास भएको छ।
चुनावी प्रचारप्रसारमा प्रयोग हुँदै आएको बागमती प्रदेश ०६ ००१ य ०००१ नम्बरको स्कोर्पियो गाडीमा आगोजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए।
उनका अनुसार, मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकले आज विहान ६ बजे पेट्रोल छर्किएर आगो लगाई भागेका थिए। आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको बताईएको छ। गाडीमा क्षती भने भएको छैन। तर, थप अनुसन्धान हुन बाँकी रहेको पण्डितले जानकारी दिए। प्रहरी घटनास्थलमा पुगेर अनुसधान गरिरहेको छ। दोषिलाई पत्ता लगाई कारबाही गरिने उनले बताए। ढकाल सत्ता गठबन्धनका साझा उम्मेद्वार हुन्। उनी माडी नगरपालिकाको निवर्तमान प्रमुख समेत हुन्।