मस्यौदा गाउँ पुर्‍याउन डेढ अर्ब
नागरिक
२४ असार २०७२
•
६ मिनेट पाठ
मस्यौदा गाउँ पुर्‍याउन डेढ अर्ब
काठमाडौं- नयाँ संविधानका लागि जनताको प्रत्यक्ष राय लिन प्रारिम्भक मस्यौदा बोकेर निर्वाचन क्षेत्र जान लागेका सभासदका लागि एक अर्ब ४० करोड रुपैयाँ बजेट माग गरिएको छ। सत्तारुढ पार्टी र अन्य दलका सभासदहरुका लागि मस्यौदा गाउँमा पुर्यायउने र अन्तर्क्रिया गर्ने कामका लागि संसद सचिवालयले बजेट माग गरेको हो।सभासदहरुले मस्यौदा निर्वाचन क्षेत्रमा लैजान हेलिकप्टरमार्फत जानुपर्ने र अन्तर्क्रियामा सहभागी हुने जनतालाई खाजानास्ता दिनुपर्ने भन्दै बजेट माग गरिएको हो।

'संसद सचिवालयले सभासदहरुलाई मस्यौदा जनतासमक्ष लैजान आवश्यक बजेट भन्दै एक अर्ब ४० करोड रुपैयाँ माग गरेको छ,' अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बिहीबार नागरिकसँग भने। उनका अनुसार सभासदलाई निर्वाचन क्षेत्र पठाउन हेलिकप्टर, हवाईजहाज र अन्य सवारीसाधनका लागि ठूलो रकम माग गरिएको छ। यस्तै अन्तर्क्रियामा सहभागी हुनेहरुका लागि खाजा नास्ता, पत्रपत्रिकामा सूचना प्रकाशन, मस्यौदाका कपी छपाइलगायत कामका लागि पनि बजेट मागिएको छ।

संसद सचिवालयका प्रवक्ता भरत गौतमले पनि सभासद र कर्मचारीका लागि बजेट माग गरिएको जानकारी दिए। उनले रकम भने खुलाउन चाहेनन्।

मस्यौदा गाउँ लैजान सभासदका लागि ठूलो रकम माग गरिएकाले आगामी वर्षको बजेट तर्जुमा गर्न लागेको अर्थ मन्त्रालय भने समस्यामा परेको छ। नियमित बजेटका अतिरिक्त भूकम्पले क्षति पुर्याुएका संरचना पुनर्निर्माणका लागि रकम अभाव झेलेको बेला सचिवालयले मागेको ठूलो रकमका कारण अर्थ समस्यामा परेको हो।

'मुलुकले संविधानका लागि आर्थिक पक्षबाट ठूलो मूल्य चुकाउनुपरेको छ,' अर्थका एक अधिकारीले भने, '८ वर्षसम्म संविधानका लागि राज्यले धेरै रकम लगानी गरिसक्यो। अझै पनि माग्ने काम रोकिएको छैन।'

उनले संविधान नबन्दाको राजनीतिक अस्थिरताले आर्थिक विकासमा पारेको हिसाव त हुनै नसकेको बताए। दुईपटकको संविधानसभा निर्वाचनमा करिब २० अर्ब रुपैयाँ खर्च भइसकेको छ। दुवै संविधानसभाका सभासदको तलबभत्ता एवं मस्यौदा गाउँ पुर्यामउन मागिएको डेढ अर्बसमेत गरी अहिलेसम्मको खर्च साढे २८ अर्बभन्दा बढी पुग्ने उनले बताए।

संविधानसभाको बिहीबार बैठकले संविधानको पहिलो मस्यौदामा जनताको राय सुझाव संकलन गर्न खटिएका सभासद, कर्मचारीलाई जिल्ला र निर्वाचनमा क्षेत्रमा जान आउन हवाईजहाज, हेलिकप्टर, सवारी साधन, जनशक्ति र अन्य आवश्यक सहयोगको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ। त्यसैअनुसार संसद सचिवालयले अर्थ मन्त्रालयसमक्ष बजेट माग गरेको हो।

२०४७ सालमा संविधान ल्याउँदा पनि कतिपय सांसदहरु हेलिकप्टर चढेर जिल्ला सदरमुकाममा मस्यौदा लिएर पुगेका थिए। त्यसबेला एक दिन मात्र अन्तर्क्रिया गरी धेरैजसो सांसद उसैदिन राजधानी फर्केका थिए।

सभासदहरुले समय छोटो भएको भन्दै केही हेलिकप्टर चढेर जाने कार्यक्रम राखेका छन्।

संविधान मस्यौदा जिल्ला र गाउँमा पुर्याेएर सभासदले प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको सहयोगमा अन्तर्क्रिया व्यवस्थापन गर्ने कार्यक्रम छ। यसमा गाविस र वडा प्रतिनिधि बोलाउने कार्यक्रम राखिएको छ। सभासदले दुई दिन वडा प्रतिनिधिसँग अन्तर्क्रिया गरेर मस्यौदामा राय संकलन गर्नेछन्।

उनीहरुले दिएको राय सुझावलाई नयाँ संविधानमा समावेश गर्ने तयारी छ। बिहीबारको बैठकले कार्ययोजना पारित गरेकाले शुक्रबारदेखि संसद सचिवालयका कर्मचारी जिल्ला सदरमुकाम र निर्वाचन क्षेत्रमा जानेछन्। एक निर्वाचन क्षेत्रमा सबैलाई पायक पर्नेगरी प्रत्येक गाविस र वडा तहबाट आएका प्रतिनिधिले संविधानको पहिलो मस्यौदामाथि सुझाव दिन सक्नेछन्।

दुई दिन निर्वाचन क्षेत्रमा अन्तर्त्रि्कया सकेर सभासदहरुसहितको टोली काठमाडौं फिर्ता हुनेछ। त्यसपछि प्रतिवेदन तयार गरेर साउन ७ गतेसम्म संविधानसभामा पेस गरिने कार्ययोजना तय गरिएको छ।

संविधानसभाको मंगलबार बैठकले संविधानको पहिलो मस्यौदालाई सैद्धान्तिक सहमति दिँदै जनताको प्रतिक्रिया लिन नेपाल राजपत्रमा प्रकाशित गरी सार्वजनिक गर्ने प्रस्ताव बहुमतले पारित गरेको थियो। यसपछि सभासदहरुलाई जनताको राय लिन बाटो खुला भएको हो। बैठकले त्यसका लागि १५ दिन समयावधि तोकेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस